कता जाँदै छ नेपाली समाज !
एक अपरिचित मानिसले पङ्क्तिकारसँग दुखेसो पोखे, ‘म यस्तो प्राणी हुँ, मैले वेदना पोख्ने उचित स्थान कतै फेला पारिनँ । माइतीघर जाऊँ भने मसँग कुनै अभियन्ता छैनन् । मेरो वेदना र विषयवस्तु उनीहरूको उद्देश्य र लक्ष्यसँग मेल खाँदैन, जसले नेपालको धर्म, परम्परा र संस्कृति कमजोर पार्न सहयोगी बनोस् ।’ उनको कुरा सुनेर मेरो उत्सुकता जागेर आयो ।
मैले भनेँ, ‘भूमिका लामो भयो, विषय प्रवेश गर्नुस् ।’
‘म एक पत्नीपीडित पुरुष हुँ । मेरो अवस्था अत्यन्त नाजुक छ । यसबाट मुक्ति त मैले कसरी पाउँला र ? मलाईजस्तै अन्य पुरुषलाई पनि यस्तै समस्या परेको होला । उनीहरूलाई समेत सहयोग पुगोस् भन्ने हेतुले तपाईंसँग वेदना पोख्दै छु ।’
‘म सामान्य किसानको छोरो हुँ । सुकुम्बासीको छोरीसँग मागीविवाह गरेँ । उनको तेज दिमाग र इच्छालाई मर्न दिइनँ । एसएलसीको नम्बरलाई हेर्दै विज्ञान विषय पढ्न हौसला दिएँ । १२ को नतिजापछि उनले भनिन्, ‘बुढा, मलाई थप पढ्ने रहर छ । मेरा सबै साथीहरू अङ्ग्रेजी भाषा परीक्षाको तयारी गर्दै छन् । म पनि साथीसँगै अस्ट्रेलिया जान चाहन्छु । म अस्ट्रेलिया गएपछि हजुरलाई पनि उतै बोलाउनेछु ।’
उनको बिन्ती र मिठासको अगाडि मेरो स्वार्थी मन पग्लियो । उनी जसोजसो भन्दै गइन् मैले त्यसैत्यसै गर्दै गएँ । आफ्नो भएको सबै जमिन बैंकमा राखेर उनलाई विदेश पठाएँ । अहिले उनी फोन पनि गर्दिनन् । मलाई उता लानु त परको कुरा, ऋण पनि तिर्दिनन् । साथीहरूसँग ‘त्यो आठ कक्षासँग कसरी जिन्दगी बिताउनु’ भन्छिन् रे । यसरी म लुटिएँ ।’
वर्तमान नेपालमा पछिल्लो समय पैसा मात्र हाबी भएको वास्तविकता या कटु सत्य उल्लेखित घटना–सन्दर्भले पनि उजागार गर्दछ । पुरुषप्रधान देश हो नेपाल । यहाँ सदियौँदेखि महिला पुरुषको सबैखाले हिंसा सहँदै आए । मुलुकभित्र भएका असंख्य आन्दोलनले अनेकौँ उपलब्धि स्थापित गर्दै गर्दा महिलाले आफ्नो हक–अधिकारलाई संविधानमै लेखाउन सफल भए । गत भदौ १ बाट लागू गरिएको मुलुकी ऐन संहितामा २०७२ पछि विवाहित महिलाले पनि माइतीसँग अंश पाउने व्यवस्थाले अंशमा दोहोरो हक स्थापित भएको छ । यति मात्र नभई महिलालाई न्याय दिलाउन कानुन मञ्च र महिला आयोगसमेत उपलब्ध छ । कानुन र समाजले महसुस गर्न नसकेको पछिल्ला समस्या पुरुष पत्नीबाट प्रताडित हुँदा बताउने ठाउँसमेत कहीँकतै भेटिँदैन । मुलुकभित्र रहेका सबै पुरुष सक्षम, शिक्षित र साहसी नहुन सक्छन् । पुरुषको कमजोरीको फाइदा उठाउँदै महिलाद्वारा पुरुषमाथि हुने अन्याय, अत्याचार रोक्न पुरुष आयोग बनाउन जरुरी देखिन्छ ।
मुलुक लोकतन्त्रमा रम्दै छ । पानी बेच्नेदेखि सुन बेच्नेसम्मले जनता ठग्न पाउनुपर्ने आन्दोलन सम्पन्न गरिसकेका छन् । एकल, समूह, संघ, संस्था, अभियन्ता, संगठन र पार्टीको सिको गर्दै भगवानको दर्जा पाएका डाक्टरसमेत विकृत अभ्यास गर्न हौसिँदै छन् । बेथिति, विकृति र विसंगतिको स्वर्गस्थल नेपालमा चर्चामा आउन गरिने कार्यले लोकतन्त्र रोगी बन्दै छ । सम्मानित सर्वोच्च अदालतको फैसलालाई लत्याउने तागत नेपालमा डाक्टर, वकिल, पत्रकार र नेताले उपभोग गर्दै छन् । जनताको जनादेशलाई चुनौती दिनेहरू लोकतान्त्रिक मानिने देशमा दुईतिहाइ, ‘मैनको बाघ’ बन्दै छ । कृषिप्रधान मुलुक ‘घडेरीप्रधान’ देश बन्दै छ । मुलुकभित्र मौलाएको एक मात्र उत्पादन ‘गाली’ पनि नबिक्ने अवस्था बन्दै छ । उद्योगधन्दा कलकारखाना बन्द हुँदै छन् । नयाँ खोल्ने प्रयास भाषणमा सीमित हुँदै छ । सेतो सुन (बिजुली) बगेको बग्यै छ । युवाशक्ति, शिथिल दिमाग र श्रमका हातहरू मुलुकमा बस्नु अपराध सम्झँदै छन् ।
२ सय ४० वर्ष राजतन्त्रले लुट्यो, खायो, भ्यायो भन्नेहरू ‘पूर्वविशिष्ट’ बन्दै जीवनभर लुट्न तम्सँदै छन् । साँचो अर्थमा राजनीति र नेताप्रति कसैको भरोसा, आस्था र सम्मान देखिँदैन । जसरी भए पनि पद प्राप्त गरेका पदाधिकारीलाई स्वार्थी झुन्डले समेत धमिरा मान्दै छन् । समाज दिन–प्रतिदिन विघटनतिर लम्कँदै छ । आस्था, विश्वास र सम्मान मुलुकबाट पलायन भइसकेको छ । यस्तो विषम परिस्थिति हेर्ने, बुझ्ने र समाधान गर्ने सिंहदरबार आफैँमा चर्को घेराबन्दीमा फसेको छ । देश, समाज र राजनीति बुझेका चिन्तकहरू ‘धृतराष्ट्र’ (सिंहदरबारको कुर्सी)सँग नाता तोड्दै महात्मा विदुरकै शैलीमा कुटी–जीवन जिउँदै छन् । जीवित भीष्महरू धृतराष्ट्रको नुनको सोझो गर्दै छन् । मुलुक नजानिँदो ढंगले नयाँ भासमा जाकिँदै गरेको बताउने सञ्जयहरू नेपाली समाज कता जाँदै छ भन्ने सवालले निराश र चिन्तित बन्दै छन् ।
धर्म, संस्कृति, परम्परा, नैतिकता, संस्कारको कुरा गर्ने मानिस वैश्ययुगमा घाँडो र पुरातनवादी बन्दै छन् । केवल पैसा र जसरी पनि पैसा भन्ने एक मात्र सिद्धान्तमा टिकेको वर्तमान युवायुवतीको सोच झनै विषाक्त बन्दै छ । संविधानमा अमूर्त समाजवादको कल्पना गर्दै जन्माइएको दलाल पुँजीवादभित्र मौलाएको उपभोक्तावादले गाँजेको नेपाली समाज वैश्ययुगको चपेटामा रसातल पुग्दै छ । दिमाग बेच्नुको सट्टा श्रम बेच्ने अवस्थामा पुगेका नेपाली युवायुवतीले गुमाएको धैर्य अनेकौँ नामको अपराध बनेर निस्कँदै छ । आदर, सत्कार, दया, माया, करुणा, कर्तव्य, धैर्य र विवेक हराएको नेपाली समाज केवल पैसाकै बलमा टिक्ने कोसिस गर्दै छ । बिचौलिया, दलाल र भ्रष्टाचारीको हातमा पुगेको राजनीति समाज परिवर्तनको बाधक बन्दै छ ।
०४६ को राजनीतिक परिवर्तनसँगै साम्यवादी रुसी सत्ताले खाएको राजनीतिक धक्कापछि तिलमिलाएका नेपाली वामहरूले स्वार्थवश समातेको बाटो आज मुलुकको निम्ति अभिशाप बन्दै छ । सत्ताको स्वाद कांग्रेस पार्टीको पोल्टामा एकलौटी पर्दा आफ्नो भविष्य अन्धकार देख्ने वामहरू ‘जसको पायो त्यसकै खाने, जहाँ पायो त्यहीँ खाने’ रणनीति समात्न पुग्दा असंख्य चर्च र एनजीओ मौलाउने कारण बन्दै छ । कम्युनिस्ट सिध्याउन नेपाल प्रवेश गरेको पुँजीवादी मिसिनरीले वाम सिध्याउन वाम नै समात्ने, हिन्दू सक्न हिन्दू नै समात्ने, मधेस सक्न मधेसी र नेपाल सक्न नेपाली नै प्रयोग गरेको प्रमाण वर्तमानको बेथितिले बताइरहेकै छ । देखासिखी र लहडबाजीमा मुलुक परिवर्तन गर्न नसकिने, क्वाप्प खाने र प्वाक्क बोल्ने बानीले सभ्य समाज, पार्टी र मुलुक नबन्ने प्रमाणित हुँदै छ ।
जब तपाईं आफ्नो स्वार्थ र अरूको गोटी बन्दै मुलुकको पहिचान, मूल्य र मान्यता भत्काउन थाल्नुहुन्छ, तपाईंले चाहेको जसरी उपलब्धि हात लाग्दैन भन्ने प्रमाण संविधानमा अंकित छन् । विगतमा सडक र जंगलमा गरेका अनुपयुक्त अभ्यासहरू दुर्दशाको कारण बनिरहेका छन् । हरेक क्षेत्र, तप्का, जाति, भाषा, लिंग र वर्गले शोषण गरेको नेपाल कहालीलाग्दो अवस्थाबाट गुज्रँदै छ । जनताको अभिमतलाई कुल्चन प्रेरित गर्ने अलोकतान्त्रिक शक्ति र निकायहरू मतपत्रबाट निर्माण गरिएको सरकारभन्दा शक्तिशाली बन्दै छन् । घोषणापत्र, नीति, कार्यक्रम, राजनीतिक सिद्धान्तलाई हात्तीको देखाउने दाँत बनाएको लोकतान्त्रिक पार्टी र सरकारको अविवेकी संगत, खानपान, उठबस र आदेशले सिंहदरबार जनताबाट टाढिँदै छ । सिंहदरबार र जनतालाई मिल्न नदिने नवएलिट र डलर–युरो अभियन्ताहरू लगामबिनाको घोडा बन्दै छन् ।
वैश्ययुगको भद्दा अनुशरण गर्न व्यस्त नेपाली समाज विकृतिमा आफ्नो भविष्य देख्दै छ । लोभ, घृणा, पापाचार र दुराचारको वृक्ष हुर्किसकेको छ । भाइचारा, मित्रता र एकता मुसाको सिङ बनाइएको छ । पाप र डरबाट समाज मुक्त भइसकेको छ । सामाजिक सञ्जाल र छापा अखबारमा जताततै देखिने, सुनिने यौनहिंसाका समाचारले अनिष्टको बखान गर्दै छ । आमाको दूध पिउने बच्चीदेखि ९२ वर्षकी वृद्धासम्म, आफैँलाई जन्म दिने आमा र आफ्नै छोरीलाई बलात्कार गर्ने पापिष्टसम्मको समाचार नेपाली समाजले पढ्न र भोग्न बाध्य हुँदा पनि नीति–निर्माता र सत्तालाई पोल्दैन । असंख्य आन्दोलन र विद्रोहपश्चात् मुलुकले सही बाटो पछ्याउनुको सट्टा झन्–झन् नकारात्मक तथ्यांकहरू थपिँदै छन् । डाक्टर, विज्ञ, राजनीतिज्ञ, सपनावादी, विकासवादी र राष्ट्रवादीहरू पटक–पटक सत्तामा पुगिसक्दा पनि मुलुकले परिवर्तनको क ख पढ्न र देख्न नपाँउदा मुलुक फेरि अनिष्टको भुमरीमा फस्दै छ ।