बेथीती र बिकृतिको बिश्वबिद्धालय प्रधानमन्त्री देउवा

ओली सरकार बिस्थापन गर्न बनाइएको पटकथा अनुसार मध्यान्तर पछी देउवाको पर्दापण गराइयो । उनको आगमनलाई आसेपासेहरुले बाहेक बाँकी दुनियाले खासै महत्व दिएनन । बिगत कार्यकालको गतिबिधीले अघाएका सचेत बर्गहरु १२ बर्षपछी सिंहदरबार फर्किएको देउवा खोलोको नयाँ रुप हेर्न ब्यग्र प्रतिक्षा गर्दैथियो । नेपाली राजनीतिको सुक्ष्म अध्ययन गर्ने हरुको भनाई अनुसार उनको आगमन नेपाली राजनीतिको रहर नभएको र भू- राजनीतिको बाध्यता स्वरुप हुँन गएको मान्न करै लाग्दथ्यो । देउवालाई नजिकबाट चिन्ने असली मित्रहरुको सोच भने अली फरक रहेको पाइन्थ्यो । उनले जिबनमा कमाउँन केही बाँकी नरहेको र पुराना दाग पखाल्ने सुबर्ण अबशर प्राप्त गरेको कारण राम्रो काम गर्न नसके पनि कम्तीमा नराम्रो नगर्ने संकाको लाभ दिन तयार भए । आँखिर आफ्ना तमाम शुभचिन्तकहरुलाई निराष बनाउँदै बिरोधीहरुको आरोपलाई सहजै सत्यमा परिणत गरिदिने देउवा रुपी १२ बर्षे खोलोको करामत देख्ने बित्तिकै उनी अब ब्यक्ती नरहेको र प्रबृती बनी सकेको बिश्लेषणलाई सजिलै मान्न बाध्य पारिदिए । नेपालको हरेक राजनैतिक परिवर्तनमा काँग्रेसको अतुलनिय योगदान रहेको बीपी चेलाहरुको दाबीमा देउवाको कारण अनुपयुक्त र अनाबश्यक नकारात्मक सुचकाङ्क थपिदा काँग्रेसको शिर नराम्रो संग झुकेको पछिल्लो प्रमाण उनको सय दिने उपलब्धी हेर्दा थप बोली रहनु परेन ।

राजनैतिक बिश्लेषकहरु भन्ने गर्थे , देउवाको बिशेष गुण भनेको लोकप्रिय हुने हैन । लोकप्रियतालाई बेवास्ता गर्ने हो । ०४८ सालमा सत्ता यात्राको सुरुवात संगै गृहमन्त्रीको रुपमा आफ्नो असली योग्यता र क्षमताको प्रदर्शन गरीसकेका देउवा ०५२ सालमा सर्बोच्व अदालतको अकल्पनिय फैसला पश्चात प्रधानमन्त्री बन्न पुगे । नितान्त प्रयोगबाद र उपयोगिता बादलाई मुलमन्त्र मान्दै संसदिय ब्यबस्थालाई लुटतन्त्रमा परिणत गर्दै आयाराम गयाराम प्रबृती ,पजेरो प्राडो संस्कृती , सुरा सुन्दरी मात्र हैन मुसा प्रबृतीको जन्मदाता बन्दै भीमकाय मन्त्रीपरिषदको पिता बन्न राजी भए । बीपी संगत र काँग्रेसी सिद्धान्तलाई केवल सत्ता , शक्ती र अर्थ संग साटन कुनै कसर बाँकी नराख्दा कमाएको देउवा अनुभब र पुँजी काँग्रेस सभापती बन्ने बित्तिकै ओली सरकार गिराउन प्रयोग गरीहाले । गुमनाम भन्दा बदनाम नै सही भन्ने सिद्धान्त अनुरुप प्रचण्डको बैशाखी बन्न राजी देउवा मिसनले देखेको लक्ष्यको निम्ती आफ्नै रेकर्ड तोडन पछी नपर्ने सन्देश सय दिने उपलब्धी मार्फत दिन सफल भैसकेका छन ।

नीति , नियम , नैतिकता जस्ता कुरासंग कुनै नाता साइनो नपर्ने देउवालाई संबिधानको आशय बुझ्ने बुझाउने झण्झट उनको सहयोगीले गर्दैनन । फलस्वरुप कर्मकाण्डको रुपमा ल्याउन बाध्य देउवा कार्यकालको उपलब्धी प्रस्तुत भइरहदा परराष्ट्रमन्त्रीको अनुहार हेरे पुग्दछ । सय दिनमा राजनीतिक दलहरुबिच छलफल भई सहमतिको बाताबरण बनेको, निर्धारित समयमा चुनाव हुने भएको, जनताका लागि सेवा प्रवाहमा सुधार आएको, आर्थिक बृद्धिदर बढेको, छिमेकी देशहरुसँग कुटनीतिक सम्बन्ध सुधार भएको, संविधान कार्यान्वयनका लागि कानुन निमार्णले तीब्रता पाएको जस्ता आधारमा सरकारको सय दिन उपलब्धीमूलक रहेको सरकारको दावीले नेपाली जनताको दुर्भाग्य अझै लम्बिने देखिन्छ । अनुचित समयमा अनुपयुक्त जम्बो मन्त्रीपरिषद बिस्तार , सदाचारको समाप्ती , सुस्त कार्यशैली , आबश्यक सहयोगीको खोजी जारी , आर्थिक अपचलनको नयाँ रेकर्ड जस्ता बेथीतीको पहाड आम जनताले देख्दै गर्दा संबिधानमा तोकिएको निर्बाचन गराउनुलाई , आफ्ना मन्त्रीलाई भारत र चीन भ्रमण गराउनुलाई , आफै भारत जानुलाई उपलब्धी मान्ने देउवा सरकारको कार्यले ०४८ सालमा गृहमन्त्रीको रुपमा शिक्षक नियुक्त प्रधानमन्त्री देउवा बर्तमानमा बेथीतीको हेडमास्टर नै बनी सकेको प्रमाणित हुँदैछ । देउवा कार्यकालको चौथो कालखण्डमा पाँचौं पटक थपिएको मन्त्रीको संख्या र अझ थपिने हुँकार भित्र लुकेको अदृष्य बाध्यताले प्रधानमन्त्री देउवालाई सबैखाले बेथीतीको पेटेण्ट राइटको एकाधिकार र अग्राधिकार मिल्ने मिलाईने मान्न बीपीभक्त काँग्रेसहरु राजी भैसकेका छन । चुस्त , दुरुस्त जस्ता शब्दको अर्थ नबुझ्ने देउवा फगत कुर्षीको निम्ती लोकतन्त्र , राष्ट्रीयता र समाजबादको नारा फलाक्दै हिडने आफ्नै सहकर्मी साथीहरुको भबिश्य धुमिल र अनिश्चित बनाउँने मार्ग कोर्दैछन । कार्यकुशलता , बिषयगत दक्षता र कार्यक्षमता भएका मानिस देख्ने बित्तिकै धारे हात लगाउने शेर बहादुर आफू भन्दा भिन्न देखीने इज्जतदार मानिसको बिरुद्ध जेहाद छेडदै छन । देउवा कुनै चमत्कारिक छबी भएका नेता होईनन भन्ने मानिसलाई झुटो साबित गर्दै अनुशासन , बिकाश , दृष्टी , अठोट , कौशल , योजना ,सिद्धान्त र देशभक्तीको कुरागर्ने मानिसलाई कसरी पखाल्ने ? बहुतै कुशलता पूर्वक आफू जस्तै बनाउँन सफल भएको सन्देश प्रचण्डलाई आफूमा समाहित गर्दै दिइसकेका छन ।

कार्यकारी अधिकारको दुरुपयोग कसरी गर्न सकिन्छ ? भन्ने ज्ञानले अनुभबी प्रधानमन्त्री देउवा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै कार्यकारी अधिकारको दुरुपयोगको भद्धा नमुना पस्कीसकेका छन । एउटा ब्यक्तीको बिरुद्ध सम्पुर्ण राज्य शक्ती कसरी परिचालन गरिन्छ ? भन्ने उदाहरण हेर्न देबी ज्ञवाली र नबराज सिलवाल काण्ड काफी देखिन्छ । प्रचण्डलाई आफूमा समाहित गर्दै कार्यकारी अधिकारको दुरुपयोग म्यानपावरवाली राजदूत नियुक्ती , अदालतमा राजनैतिक भागबण्डा अनि लहड र सनकको भरमा दर्ता गरिने महाभियोग प्रस्ताब मार्फत तयार गरिएको निराषाले लोकतन्त्रको आडमा ल्याउन आँटिएको बेथीती भनेको तानाशाहीको पूर्वअभ्यास हो भन्न सकिन्छ । निजामती प्रशासन , अड्डा अदालत , पुलिस प्रशासन , निर्बाचन आयोग , बिभिन्न संघ संस्थाको पदाधिकारीहरुको काम देउवा मिसनको निम्ती लाग्नु पर्ने बाध्यताले लोकतन्त्रको आधारभूत सिद्धान्त समाप्त पारिएको छ ।

बिगतमा तीन पटक र हाल समेत गर्दा चार पटक प्रधानमन्त्री कुर्षीको अनुभब समालेको ब्यक्ती बिदेश भ्रमण किन गर्ने ? बिदेशमा देशको कुन कुरा उठाउँने ? देश र जनताको हित र इज्जतको कसरी राख्ने ? भन्ने कुरा खुद हेक्का राख्नु पर्नेमा अरुले सवाल उठाउँने बित्तिकै उल्टो मैले कसलाई सोधेर जानु पर्ने ? के के बोल्ने इजाजत लिनु पर्ने ? जस्ता प्रती प्रश्न गर्दै प्रधानमन्त्री पदको मानमर्दन गर्दैछन । ९० प्रतिशत सभासदले केवल नेपालको निम्ती बनाएको संबिधानको संसोधन भारतको निम्ती गरी दिने बाचा कबुलले उनी एकैपटक देश , जनता , संबिधान र संसदको अपमान गर्दैछन ।

नचाहिने कुरामा हजार जिब्रा भएका शेषनाग जस्तै जिब्रो चलाउने काँग्रेसी कार्यकर्ताहरु देउवा कार्यकालमा जिब्रो बिहिन हुने वा बनाउँने कला बडो बिचित्रको पाइन्छ । पेटभरी साग खान धौ धौ पर्ने नेपाली जनताको आर्थिक हैसियत हुँदै गइरहेको बर्तमान अवस्थामा राज्य संरक्षित सुन ब्यापारीहरु दिन प्रतिदिन सयौं केजी सुन ओसार्न सरकारनै लागेको प्रमाण मिडियामा आउनुलाई अनौठो मान्दैनन ।पाँचौ पटक प्रधानमन्त्री बन्ने लोभमा राप्रपा पार्टी नै फुटाउन सफल देउवा राष्ट्र लुटाउँदै मन्त्रीपद बिक्री गर्ने कार्यले काँग्रेस पार्टीको राजनैतिक औचित्य समाप्त भएको प्रमाणित हुँदैछ ।

एमाले नेता ओलीको भनाईलाई ध्यान दिएर हेर्ने हो भने यो सरकारको जन्म नै अरु कसैको स्वार्थ पुरा गर्न गरिएको हो भन्ने आधार सरकारको सय दिने कार्य प्रगतीले पुष्टी गरी रहेको छ । भ्रष्टाचार, अनियमिता, स्वेच्छाचारितामा डिस्टिन्सन ल्याउन सफल देउवा सरकारको लक्ष्य दिल्ली सत्ताको सेवा गर्दै नेपाली लोकतन्त्रको अस्तित्व समाप्त गर्न हो भन्ने संकेत मिल्दैछन । दिपक बोहरा , गोपाल खडका , चुडामणी शर्मा जस्ता पात्र र प्रबृतीको प्रसाद स्वीकार गर्दै आफ्नो सम्पती बिबरण समेत जनता माझ नल्याउनुको असली मकसद भष्ट्राचार मार्फत अथाह नगद संकलन गर्दै काँग्रेस पार्टीलाई खरिद गर्ने र श्रीमती देउवालाई हस्तान्तरण गर्ने खेल अनुरुप चालीएको कदम हुँन भन्ने मान्न राजनैतिक बिष्लेशकहरु आँतुर छन ।

सरकार नै भ्रष्टाचारी भएपछि राज्यका कुनै अंग र निकायले प्रभावकारी ढंगले काम गर्न नपर्ने सन्देश जोडतोडले दिंदै भारत पुगेको देउवा हैदराबाद हाउसमा प्रभु सेवामा गिडगिडाउनुको अर्थ निकट भबिश्यमा सम्पन्न हुन गइरहेको निर्बाचनमा सबैखाले सहयोगको अपेक्षाको निम्ती थियो भन्ने सबैले बुझी सकेकै कुरा हुँन । नेपालको पानी सित्तैमा लाने मोदी नीतिको सहयोगी प्रधानमन्त्री देउवा तराईबाशी नेपालीलाई सुख्खा र बाढी उपहार दिन निर्माण गरिने सप्तकोशी उच्चबाँध निर्माणको डिपिआर तयार गर्न राजी हुनुले उनको जन्म भारतिय सत्ताले किन गरायो ? नबुझ्ने मानिस सायदै भेटिएलान । देउवा मार्फत तराईबाशी जनतालाई दिएको उपहारले गगन थापा हरुको भरिलो राष्ट्रबाद नेपाल छिर्न सफल देउवा कार्यकाल जती लामो हुन्छ त्यती नेपाल र नेपालीको निम्ती पिडादायी हुने निश्चित भैसकेको पाइन्छ ।

१२ बर्षको कहाली लाग्दो पर्खाइ पछी मिलेको प्रधानमन्त्री पदको गुन तिर्न भारत प्रस्थान गर्नु अघी संबिधान संसोधन प्रस्ताब फेल खाएको पिडा एमालेलाई गाली गर्दै दिने देउवा प्राबिधिक रुपमा मात्र नेपाली नागरिक रहेको मानिदैछ ।पहाड र मधेषलाई एमालेले बिभाजन गर्यो भन्दै प्रभुको गुरुयोजना अनुसार बोल्ने देउवा आफूलाई बिदेशीले बिश्वास गरेको छ । त्यसको बदला स्वरुप जे गर्नु पर्छ गर्दछु भन्दै बाचा कबुल गरी सकेको प्रमाण संबिधान संसोधन गर्न नसकेको पिडा जाहेर गर्दै बहुमत प्राप्त हुना साथ फेरी गर्ने छु भन्दै दिइरहेका छन ।

प्रभु सेवा सफल नभएको रिस ओली र एमाले बिरुद्ध पोख्दै हिडने देउवा संबिधान संसोधन फेल खाँदा देशलाई के नोक्सान र बेफाईदा भयो ? कतै केही बताउँन सक्दैनन । मधेश बिरोधी एमाले र ओली भन्दै दुई नम्बर प्रदेश झरेका देउवा संबिधान संसोधन हुँदा तराईबाशी जनताले कुन कुन अधिकार प्राप्त गर्थे ? अथवा एमालेको कारण कुन कुन अधिकार बाट बञ्चित हुँन पुगे ? के प्रभु सेवा सफल हुँना साथ शान्ती , स्थिरता , बिकाश तराई मधेशमा ओइरो लाग्थ्यो ? हिन्दी भाषा मार्फत तराईबाशी जनता मालामाल हुन्थे ? जस्ता कुनै सवालको जवाफ दिन आबश्यक ठान्दैनन ।

उनी राम्रो संग जान्दछन कि उनको राजनैतिक उदयको जग के थियो । जुलिया चाङ मार्फत सत्तामा पुर्याइएका देउवाको काम इसाई मिसनलाई बिना रोकतोक देशभर फैलिन सहयोग गर्नु थियो । बीपी संगतले खारिएका देउवा बेलायत बसाईको दौरान बनाएको इसाई संम्बन्धको साकार रुप उनकै कार्यकालमा सुरु गराइएको प्रचण्ड ध्वसं एकै शक्तीको काम थियो भन्ने कुनै संका रहेन । माओबादी ध्वसंकालमा सत्तामा बसेर संसदिय राजनीतिलाई बदनाम गर्ने र संघिय गणतन्त्रमा माओबादीलाई बोक्दै फेरी पनि बर्तमान ब्यबस्थालाई सखाप पार्ने खेल प्रभु र इसाईको आदेश अनुसार भएको हो भनी रहनु परेन । प्रधानमन्त्रीको रुपमा बेथीती र बिकृतीको पहाड खडा गर्न सफल भए पाँचौ कार्यकाल पनि दिलाईने आषामा गरिएको छैटौं पटक मन्त्री परिषद बिस्तार संगै प्रधानमन्त्री देउवा बेथीती र बिकृतिको बिश्वबिद्धालय बन्ने बनाइने खेल अन्तिम चरणमा पुगेको देखिदैछ ।