प्रस्ताबित मनमोहन अस्पतालले गर्भमै मर्नुपर्ने के अपराध गर्‍यो कमरेड ?

डाक्टर गोबिन्द केसीको अनशनको राप तापको असर नेकपा एमालेका सचिब प्रदिप ज्ञवाली सम्म पुगेको प्रमाण सेतोपाटीमा प्रकाशित बिचार पढदा थाहा लाग्यो । नेपाली शब्दसंग अत्यन्तै प्रेमपूर्वक खेल्न सक्ने , मिठा र राम्रा शब्द भण्डारले भरिपुर्ण ,जस्तो सुकै कठिन परिस्थीतीको सामना शब्दको सहारा मार्फत गर्न माहिर कमरेड प्रदिप तीनै मार्मिक शब्दहरु मार्फत झुल्किए । डाक्टर केसीको जिबन बचाउन मनमोहन अस्पताल राज्यलाई बेचिदिउँ भन्ने भाबुक आलेख मार्फत फेरी एकपटक लोकप्रियताको खेती लाउन तम्सिएको अनुभब आम एमाले कार्यकर्ताहरु गर्दैछन ।

नेकपा एमालेको प्रतिष्ठा, राष्ट्रियता लगायत विषयमा उसले लिएका अडान र स्थानीय निर्वाचनमा उसले प्राप्त गरेको अग्रताको प्रतिशोध साँध्दै प्रस्ताबित मनमोहन अस्पतालको संबन्धनलाई लिएर सुनियोजीत रुपमा एमाले पार्टीलाई लाञ्छित गरिएको कार्यप्रती सजग रहेको पाइयो । डाक्टर केसीको आन्दोलनको बहानामा एमाले पार्टीलाई पखाल्ने हेतुले रणनीतिक ढंगबाट माफिया शब्दले सिगार्ने कार्यले चिन्तीत र सजग कमरेड ज्ञवालीको आसय र अभिप्रायलाई धन्यबाद दिंदै उनको लेख संगै अगाडी बढदैछु ।

‘मलाई ठूलो मान्छे होइन असल मान्छे थियो भनेर सम्झिदिए पुग्छ’भन्ने जीवन आदर्श बोकेका सादगी र नैतिकताका उच्च धरोहर स्वर्गिय मनमोहन अधिकारीका नामलाई कसैले विवादित बनाउन नसक्ने बुझ्दा बुझ्दै छेउ कुनाबाट हिलो छ्याप्ने कोशीस गर्ने हरुको कारण चिन्तित प्रदिप कमरेड खुद मान्न तयार हुनु हुन्छ । नेपालमा मेडिकल शिक्षामा निजी क्षेत्र प्रवेश गराइएको आज होइन। उदारीकरण, निजीकरण र खुल्ला बजार अर्थतन्त्रको विश्वव्यापी हावाबीच विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्देशनमा नेपालमा पनि निजीकरणलाई सबै रोगको रामवाण औषधिका रुपमा प्रस्तुत गरिएको थियो। हुँदै जाँदा खानेपानीजस्तो विषयलाई समेत निजीकरण र विदेशी प्रबन्धमा हस्तान्तरण गरिएको थियो।



निजीकरणको यस अन्धवेगमा नेपालका दर्जनौं सार्वजनिक प्रतिष्ठान कौडीको मोलमा बेचिएका थिए। हजारौंलाई रोजगारी दिइरहेका ती उद्योग बन्द हुँदा त्यसको आर्थिक मूल्यका अतिरिक्त सामाजिक मूल्य कति महङ्गो पर्यो, गम्भीर बहस भएकै छैन। सामाजिक क्षेत्रमा राज्यको लगानी कटौती, शिक्षा–स्वास्थ्य–खानेपानी लगायत क्षेत्रमा निजी क्षेत्रको प्रवेश, किसानहरुलाई मल–बीउ–सिँचाइ आदिमा दिइँदै आएको सीमित अनुदान पनि हटाउने र निजीकरणलाई नै सबै समस्याको अचूक समाधान ठान्ने मान्यता गलत थियो भनेर सम्बन्धित नीतिनिर्माताहरुले आज पर्यन्त आत्मसमीक्षा गरेका छैनन्।

यसै मेसोमा हो, नेपालमा निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सुरु गरिएको र निजी अस्पतालहरु खुल्न थालेको बताउन सक्ने प्रदिप कमरेडले नियोजीत रुपमा जन्माइएका नबसमाजबादीहरुको एमाले बिरोधलाई समाप्त गर्न प्रस्ताबित मनमोहन अस्पतालले गर्भ मै मरेर दिनुपर्ने तर्कले नीजि , सरकारी र सहकारीको फरक नदेख्ने गल्ती कसरी गर्न पुग्नु भयो ? बडो रह्स्यमय र रोचक मान्दैछन , एमाले समर्थक र शुभचिन्तकहरु ।

काँग्रेस , माओबादी , राजाबादी , मेडिकल शिक्षामा एकलौटी आधिपत्य जमाएका लगानीकर्ताहरु र डाक्टर केसीको आन्दोलनको ब्यापारीकरण गर्दै राजनैतिक भबिश्य निर्माण गर्न तम्सिएका नब अबशरबादीहरुले एमालेलाई माफियाको आरोप लगाए भन्ने नाममा मनमोहन बेचीदिउँ भन्ने ? हो भने आरोप त एमाले पार्टीलाई पनि कती छ कती । के त्यसो भए एमाले पनि सरकारलाई बेचीदिउँ ? अझ एककदम अगाडी बढदा कमरेड तपाँई सभासद र मन्त्री भैसकेको मानिस पक्कै पनि प्रचलित कानुनको अधिनमा रही दुईचार पैसा कतै लगानी गरीसक्नु भएको होला ।

सामाजिक सञ्जालमा बिरोध हुनासाथ तपाँई आफ्नो लगानी राज्यलाई बेच्न तयार हुनुहुन्छ ? राणाशासनको समयमा जस्तो अरुकसैको राम्री छोरी बुहारी देख्ने बित्तिकै आफ्नो बनाउँने संस्कारको रिमेक सुरुगर्दै लोकतन्त्रमा कसैले लाञ्छित गर्नासाथ बिना अपराध राज्यलाई बेच्ने नयाँ प्रचलन सुरु गर्ने नै हो त प्रदिप कमरेड ?

सारा दुनिया र खुद तपाँईलाई राम्रो थाहा छ, मनमोहन अस्पताल एमाले पार्टीको हैन । यद्धपी यसमा एमालेलाई समर्थन गर्ने अधिकांश मानिसको लगानी छ । केवल प्रतीब्यक्ती एकलाख लगानी गर्दै सहकारी मार्फत स्थापित सो कलेजको अपराध एमाले हुँनु वा काँग्रेस नहुँनु नै हो त ? एमाले माथी संधै लाग्ने र लगाईने आरोप एमाले समस्या समाधान गर्दैन । समस्याबाट भाग्ने मात्र गर्छ । अहिले बिरोधीबाट सडकमा लगाईएका कपोलकल्पित आरोपलाई स्वीकार गर्दै डाकटर केसीका अभियन्ता संगै एकाकार हुँने बेला हो प्रदिप कमरेड ? संबिधान संसोधन देखी मनमोहन सम्म एमालेले पुरा गरीदिनु पर्ने तमाम समस्या एमाले सिर्जित हो ? दाहाल देउवाको पखालिएको छबी संगै ओलीको छबी पखाल्ने सिंहदरबार नाटकबाट उम्केको एमालेलाई पाँसोमा पार्ने उनीहरुको खेलमा तँपाईको प्रस्ताब सहयोगी बन्छ कि बन्दैन प्रदिप कमरेड ? एमालेको लोकप्रियता संग डराएका तमाम प्रतिकृयाबादीहरुको हौसला बढाउन तपाँई जस्तो चतुर नेता किन आतुर हुनुहुन्छ ? कमरेडबाट जबाफ पाउन एमाले कार्यकर्ता ब्यग्र प्रतिक्षामा रहेको जानकारी गराउँछु ।

डा.गोबिन्द के.सीका केही बिरोधाभास

अबिबाहित डाक्टर केसीलाई गरीब जनताको स्वास्थ्य प्रती अत्यन्त संबेदनशिल मान्ने उनको बिद्धार्थीहरुको भनाईलाई पुष्टी गर्ने आधार उनीबाट सम्पन्न भईसकेको ११ वटा अनशन हेर्दा थाहा लाग्छ भन्ने ठुलो जमात हाम्रो सामु उपलब्ध छन । देशका दुरदराजमा बसोबास गर्ने गरीब नेपालीको स्वास्थ्य प्रती चिन्तीत हुँदै सात प्रदेशमा कम्तीमा एक मेडिकल अस्पताल सरकारबाट खोल्नु पर्छ भन्दा बिरोध गर्ने सायद कुनै नेपाली भेटिएलान ।

काठमाण्डौ उपत्यकामा आगामी दशबर्ष सम्म नयाँ मेडिकल कलेज खोल्न इजाजत दिनु हुँदैन भन्ने डाक्टर केसीको माग बर्तमान समयमा बहुतै चर्चित बनाईएको छ । राजधानी केन्द्रीत मेडिकल कलेजको कारण देशका दुर्गम इलाकामा डाक्टरको अभाब भएको उनको तर्कसंग असहमती राख्नु पर्ने कारण देखीदैन । बर्तमान समयमा उपलब्ध कलेजलाई आबश्यक पर्ने दक्ष जनशक्ती नरहेको समयमा नेपाल सरकारको कलेज निरिक्षण , अनुगमन र नियन्त्रण गर्ने निकायले फेला पार्ने खडेबाबा डाक्टर र नक्कली बिरामीको हवाला अनुसार मेडिकल शिक्षाको बेथीती प्रष्ट झल्किन्छ ।



नेपाल सरकारसंग नपुग जनशक्तीको कारण अहिले भईरहेको कलेजलाई समेत रेखदेख गर्न नसकेको अवस्थामा थप कलेजलाई अनुमती दिनु उचित हुँदैन भन्ने डाक्टर केसीको तर्क रहिआएको छ । आफ्नो भनाईलाई आफ्नै कुराले काटदै डाक्टर केसी देशका दुरदराजमा मेडीकल कलेज खोल्न सरकार र निजी क्षेत्रलाई अनुरोध गर्दै हुनुहुन्छ । काठमाण्डौमा अनुगमन , निरिक्षण र नियन्त्रण गर्न अपुग जनशक्ती राजधानी बाहिर कलेज खोल्दा त्यही काम गर्न कसरी सक्षम हुन्छन ? अझ ठुलो बिरोधाभास डक्टर केसीको कहाँ रहँदै आएको छ भने प्रस्ताबित मनमोहन कलेज नेपाल सरकारले किन्नु पर्छ र बिर अस्पताल अन्तर्गत न्याम्सले चलाउनु पर्छ ।

सोही मनमोहन अस्पताल उपत्यकामा दशबर्ष खुल्न हुँदैन भन्ने मान्यतालाई काटदै न्याम्सले तुरुन्तै काठमाण्डौमा कसरी कलेज सञ्चालन गर्न सक्छ ? सहकारी अन्तर्गत चल्ने मनमोहन मेडिकलको परिक्षा लिन , अनुगमन गर्न , निरिक्षण गर्न र नियन्त्रण गर्न अपुग जनशक्ती न्याम्स अनुसार चल्ने बित्तिकै रातारात कसरी उपलब्ध हुन्छ ? अझ भेदभाब पुर्ण डाक्टर साहेबको बिरोधाभासमा लेटर अफ इन्टेण्ट लिएर उपत्यका भित्र रहेका अरु प्रस्ताबित कलेज राज्यले किन्न नपर्ने केवल मनमोहन मात्र किन किन्नु पर्ने ? के अरु कलेजको लगानी डुबाउने खेलमा डाक्टर साहेब फसेको हो ? सम्पुर्ण नेपाली जनताको स्वास्थ्य र मेडिकल शिक्षाप्रती चिन्तित केसी सरको मनमोहन प्रतीको अगाध स्नेह अली बढी नै भएन र ?

केसी र माथेमा सरको मुलमन्त्र थोरैभए पुगीसरी !

मेडिकल शिक्षाको बिकृती र बिसंगती रोक्न चिकित्सा शिक्षा एेन चाहिन्छ भन्ने डाक्टर केसीको मागमा सम्पुर्ण देशबाशीको अपुर्ब समर्थन रहिआएको छ । मेडिकल शिक्षा र स्वास्थ्यमा सर्बसाधारण मानिसको पहुँच पुग्नुपर्ने असल मनसायलाई पुरा गराउँन सरकारलाई दबाब दिने माध्यम अनशन रोजेका डाक्टर केसीको मागलाई सरकारले समर्थन गर्दै हरेक पटकको अनशन तोडाउन सम्झौता गर्ने र माग पुरा नगर्ने गर्दै राष्ट्रीय सेलीब्रेटी नै बनाउँन सफलता पायो । केसीको मागलाई संबोधन गर्न सरकारबाट बनाएको माथेमा आयोगको प्रतिबेदन अनुसार नेपालमा मेडिकल कलेज थोरै भए पुगी सरीको सिद्धान्तमा आधारित भएको कारण सरकार फस्न पुगेको पाइन्छ ।

समग्र देशको शिक्षामा करीब १४ प्रतिशत रकम बिनियोजन गर्ने सरकार निजी र सहकारी लगानीलाई निरुत्साहित गर्दा नेपालको चिकित्सा शिक्षा र क्षेत्र अपाङ्ग हुन जाने निस्चित छ । माथेमा प्रतिबेदन अनुसार डाक्टर केसीको माग संबोधन गर्दा हालभैरहेका मेडिकल कलेजको एकाधिकार बढने छ भने मेडिकल शिक्षाको नियोजन हुन गई करोडौं रुपैया बिदेश पलायन हुन जानेछ । आफ्नो एकल बलबुतामा सरकारले देशको सबै क्षेत्र धान्न नसकेको कारण संबिधान मै तीन खम्बे अर्थनीति सरकारी , निजी र सहकारी मार्फत देशको बिकाश गर्ने लक्ष्यमा डाक्टर केसीको अबरोधको कारण सरकार नराम्रोसंग फस्न पुगेको छ ।

सिमित श्रोत र साधन भएको नेपाली अर्थतन्त्रले नेपाली जनसंख्याको आधारमा भबिश्यमा स्वास्थ्य क्षेत्रमा कती दक्ष जनशक्ती चाहिन्छ भन्ने कुनै लेखाजोखा बिना थोरै भए पुगी सरीको नयाँ सिद्धान्तलाई जबर्जस्ती स्वीकार गर्न बाध्य बनाउँने खेल जोडतोड साथ चल्दैछ । सरकार समेत जान नचाहेको दुर्गम स्थानमा केवल भाबनामा आधारित भई निजी र सहकारीलाई लगानी गर भन्ने केसी चाहानाको मतलब थप कलेजको जन्म हुँन नदिने खेलकै हिस्सा हो भन्न सकिन्छ ।

मेडिकल शिक्षालाई मर्यादित बनाउँने र दशबर्ष सम्म काठमाण्डौमा नयाँ कलेज नखोल्ने डाक्टर केसीको आन्दोलनले अगाडी नै पाँचबर्ष पार गरीसकेको छ । आजको मितीबाट कुनै कलेजले सम्बन्धन प्राप्त गर्दा पनि डाक्टर उत्पादन हुन कम्तीमा पाँचबर्ष अरु लाग्ने लाटो हिसाब हेर्दापनि उनको प्रमुख माग आजै पुरा भएको देखिन्छ । डाक्टर केसीको माग अनुसार बन्ने चिकित्सा ऐन पछी दशबर्ष गणना गर्नुको अर्थ चिकित्सा शिक्षाको ढाड भाँच्ने खेलसंग कमरेड प्रदिपको समर्थन रहेको मानिनेछ ।

सीताको नियतीमा किन पुर्याइदैछ मनमोहन अस्पताल ?

प्रिय सचिब कमरेड ,

नेपाली भाषामा अब्बल दख्खल राख्ने तँपाईबाट हिन्दू धर्मको कथा रामायणको ज्ञान छैन भनेर म कसरी माँनु ? निर्दोष सीता केवल भगवान रामको श्रीमती भएको कारण राबणबाट हरिदै लंका पुर्याइएको तँपाई हामी सबैले पढेकै हो । सीताको निम्ती लंका बिजयी भगवान रामको अग्नीपरिक्षा पास गर्दै अयोध्या आउन सफल सीता धोबीको कारण त्याज्य हुँनुपर्ने नियती मनमोहन अस्पतालले बैश्य युगमा पनि स्वीकार गर्नै पर्ने हो र ? एमालेका धेरै मानिसको लगानी भएकै कारण नजन्मदै मर्नु पर्ने अपराधको जानकारी २६०० लगानी कर्ताले पाउनु पर्ने हैन र ? नेपाल सरकारको हरेक मापदण्ड पुरा गर्दै जन्मने सकसमा रहेको अस्पताललाई सीता कै हालतमा पुर्याउन पर्ने के त्यस्तो बाध्यता आइलाग्यो ?

सारा एमालेजन र सम्पुर्ण देशबाशीले तपाँईबाट थाहा पाउन पाए भबिश्यमा अरु निर्दोष लगानी कर्ताले नयाँ सीता बन्नु पर्ने थिएन कि ? कमरेडहरुको पार्टीले स्वीकार गरेको आर्थिक पद्धती अनुसार हिजोका पुँजीबादीहरु नयाँ समाजबादी चेलामा रुपान्तरण हुँदै रामराज्य निर्माणको आधार मनमोहन अस्पतालको मृत्युसंगै सुरु गरिने हो त ? गोहीको आँसु झारेर लोकप्रिय बन्ने गगन पथमा सवार हुने तपाँईको बाध्यता भाबनात्मक हो कि सैद्धान्तिक हो ? यीनै अहम सवालको जवाफ कुरीरहेका लगानी कर्ताको चित्त बुझाई दिनु भए कमरेडलाई साधुबाद ।