बिहार राजनीतिको सन्देश : ओलीमाथी थपिंदैछ नयाँ दबाब !

भारतिय लोकतन्त्रको अँध्यारो अनुहार बिहार कुनै समय नेपाल र भारतमा नकारात्मक उदाहरणको निम्ती प्रख्यात बनेको थियो । सबै चुनौतीको डटेर सामना गदै एक कुशल इन्जीनियर र बिकाशबादी नेता नितिश कुमारको नेत्रीत्वमा बिहारले आफूमाथी लागेको दाग पखाल्न सफल हुँदै थियो । पहिलो पटक जन्मिँदा केवल ७ दिनको मुख्यमन्त्री बन्न सफल नितिश अनेकौं बाधा पन्छ्याउँदै ५औं पटक मुख्यमन्त्री बन्दैगर्दा बिहारले राजनैतिक स्थीरता र आर्थिक छलाङ एकैपटक मार्ने अडकल गरिएको थियो । सन २०१८ अन्त र २०१९ मा हुने लोकसभाको निर्बाचन लक्षित बिजेपी निर्मित कालोबादल बिहार राजनीतिमा मडारिदा जुलाई २६ तारिखको दिन महागठबन्धनका नेता नितिशले प्रचण्ड बहुमतका बिच मुख्यमन्त्री पदबाट राजीनामा दिए । आम मानिसले सोचेकै मुताबिक लालुको पार्टी आरजेडीलाई सडकमा ल्याउने रणनीति अनुरुप बिजेपी र शरद यादबको जनतादल युनाइटेडबाट नितिश कुमार छैटौंपटक २७ जुलाई २०१७ मा बिहार गभर्नर केशरीनाथ त्रीपाठीबाट मुख्यमन्त्री पदको सपथ लिन सफल भएका छन ।

कसरी भत्काईयो महागठबन्धन

दक्षिणपन्थी भारतिय जनता पार्टीसंग नाता तोडदै बिहारको राजनीतिमा स्थापित हुन पुगेका नितिश कुमार पछिल्लो कालखण्डमा प्रधानमन्त्री मोदीको बिकल्पमा हेरिदै थियो । सन २०१५ को बिहार एसेम्ब्लीको निर्बाचनमा भारतिय जनता पार्टीको अगुवाईमा बनेको एनडिएलाई माथदिन कंग्रेस , जेडियु र आरजेडी महागठबन्धनको नेत्रीत्व गर्दै बिहारमा भारी बहुमत दिलाउन सफल भए । बिहार एसेम्ब्लीको २४३ सिट मध्य महागठबन्धन आरजेडी ८० जेडियु ७१ र कंग्रेस २७ गरी कुल १७८ माथी कब्जा राख्दै मोदीको बिजेपीलाई केवल ५३ सिटमा सिमित गर्ने श्रेय तीनै नितिश कुमारले पाएका थिए । महागठबन्धनको अपार सफलता पछी बिहार राजनीतिमा केन्द्र सरकार र बिजेपीको प्रभाब दिन प्रतिदिन घटदै जाँदा प्रधानमन्त्री मोदी र बिजेपी प्रमुख अमित साह नयाँ रणनीति बुन्न बाध्य हुँदैथिए । निकट भबिश्यमा हुने लोकसभा निर्बाचनमा बिहार मुख्यमन्त्री नितिश कुमार मार्फत पुग्ने क्षतीलाई कसरी कम गर्ने ? भन्ने रणनीति अनुरुप महागठबन्धन टुटाउने खेल तिब्र बनाईयो । सोही रणनीति मुताबिक नितिश सरकारको अहम हिस्सा आरजेडी नेता लालु यादब , उनको श्रीमती र छोरा माथी सिबिआई मार्फत भ्रष्ट्राचारको चार्जसिट दर्ता गराइयो । बिगत लामो समय देखी भ्रष्ट्राचारको केसमा तानीएका लालु परिबार माथी मोदी सत्ताको मातहत रहेको सिबिआई द्वारा लादिएको नयाँ खेल अनुरुप भ्रष्ट्राचारको बिरुद्ध सुन्य सहनशिलता अप्नाउने नितिशले आफ्ना उप मुख्यमन्त्री लालु सुपुत्रलाई संगै बोक्न सक्ने स्थीती नै थिएन । सत्ताको प्रमुख घटक आरजेडी लालु पुत्रको बिकल्प दिन तयार नभएको बहानामा नितिश कुमारले आरजेडी संग पारपाचुके गर्दै बिजेपी संग नयाँ लगनगाँठो कस्दै प्रधानमन्त्री मोदी र अमित शाहको बिहार मिशन सफल बनाइ दिएका छन । सन २०१८ को अन्त्य र २०१९ को सुरुसंगै हुने लोकसभा निर्बाचनमा बिहारको ४० सिटमा अपूर्व बिजय हासिलगर्ने लक्ष्य अनुरुप हिडेको दक्षिणपन्थी मोदी सरकार नितिश कुमारको साथलिंदै महागठबन्धन भत्काउन सफल भएकोछ ।

असफलता उन्मुख काँग्रेस माओबादी केन्द्र गठबन्धन

नेपालको संबिधानलाई आफूले स्वागत नगरेको र अरुलाई पनि स्वागत गर्न नदिने कोशीश गरेको भारतिय सत्ता नेपालको संबिधानमा आफ्ना स्वार्थको सुनिस्चितता लिखीत रुपमा चाहान्छ भन्ने कसैबाट छिपेको बिषय नै रहेन । सोही शिलशिलामा नाकाबन्दी देखी सरकार परिवर्तन सम्म गर्न सफल भारतिय सत्ता आफ्ना मुल एजेण्डा स्थापित गर्न असफल हुँदा अनेकखेल एकसाथ जारी राख्दैछ । आफ्नै गुरुयोजना मुताबिक निर्मित सिहदरबारको सत्तालाई दबाब दिन निर्माण गरिएको राजपा नेपालको कमजोर प्रदर्शनबाट थकित भारतिय सत्ता बर्तमान माओबादी केन्द्र र काँग्रेस गठबन्धनबाट आफ्नो काम नबन्ने अनुभब गर्दैछ । स्थानिय तह निर्बाचनको पहिलो चरण अन्तर्गत काँग्रेस माओबादी केन्द्रको प्रभाब क्षेत्र ३ , ४ र ६ नम्बर प्रदेशमा जीत हासिल गर्दै दोश्रो चरणमा आफ्नो शक्ती बढाउँछौ भन्दै गराइएको स्थानिय निर्बाचनको नतिजा पश्चात भारतिय सत्ता नराम्रोसंग झस्किएको छ । नाकाबन्दी पछी नेपाली मतदातामा परेको भारत बिरोधी भाबना तराई मधेशमा कमजोर रहेपनी पहाड र शिक्षित मतदातामा गहिरो असर छोडन सफल भएको छ । अझ भारत निर्मित बर्तमान सत्ता गठबन्धन नरुचाएको अवस्थामा हुने प्रदेश र केन्द्र सरकारमा उनीहरुको उपस्थीती धेरै पातलो हुने जानाकारी भारत र प्रचण्डले पाइसकेको संकेत मिल्दैछ । जसको कारण बर्तमान गठबन्धनको दायरा फराकिलो गर्ने कि नयाँ ढंगको प्रयोग गर्ने दुबिधामा भारत पुगेको बिश्लेशकको धारणा छ ।

चर्चामा बाम गठबन्धन

स्थानिय तह निर्बाचनको नतिजा संगै एमाले नेता बामदेब गौतमबाट चलाईएको हल्ला र ओलीले चुनाब जित्न एमालेसंग मिल्नुपर्छ भनेको कथनले चर्चामा ल्याएको बाम गठबन्धनको असली डिजाईनर बिजेपी भित्रकै नेपाल डेस्क हेर्नेको नयाँ गुरुयोजना बुझ्न केही समय लाग्ने देखिन्छ । भारतिय सत्ताले काँग्रेस माओबादी केन्द्रलाई बोक्दा आगामी प्रदेश र केन्द्रीय संसदमा एमालेले बाम रुझानको एकलौटी शक्ती आर्जन गर्ने निश्चित छ । भारत बिरोधी भाबनालाई नगदमा रुपान्तरण गर्दै एमालेले बहुमत ल्याएको खण्डमा आफ्नो राजनैतिक प्रभाब नेपालमा झन घटने आँकलन पछी भारतिय सत्ताले सुनियोजित रुपमा बाम गठबन्धनको हल्ला चलाएको भन्नेहरुको तर्कमा वजन छ भन्न सकिन्छ । माओबादी केन्द्रको असली तागत तेश्रो शक्ती नभै तेश्रोदल हो भन्ने खुल्दै गर्दा बाम गठबन्धनको नाममा एमाले माओबादी केन्द्र एक बनाउँदै निर्बाचन लडाउने खेल भारतियहरु बाटै सम्पन्न गरिने सम्भाबना बढदो देखिन्छ । नेपालको माओबादी केन्द्र आफै चुनाब जित्न नसक्ने , अरुलाई हराउन सक्ने र केही सिमित ठाउँमा कसैको सहयोग पाएमा जित्न सक्ने आँकलन पछी बाम गठबन्धनको नाममा एमाले माओबादी केन्द्रको गठबन्धन गराउन एमालेका बामदेब गौतम र माओबादी केन्द्रका प्रचण्डको प्रयोग भारतिय सत्ता बाटै हुँनसक्ने तथ्य नेपालको राजनीतिको भित्री पाटो बुझ्नेहरुको निम्ती कुनै अनौठो मानीने छैन । गठबन्धन देखी निर्बाचनको खर्च समेत बेहोर्न तयार भारतिय सत्ता भबिश्यमा यसको प्रयोग आफ्नो प्रतिकुल हुने बित्तिकै कसरी तोडफोड गरिने छ भन्ने बुझ्न बिगतको माओबादी पार्टी , एमाले पार्टी र काँग्रेस पार्टीको बिग्रह हेरे काफी भैहाल्छ । एमाले र माओबादी केन्द्रको गठबन्धनको डर देखाउँदै काँग्रेस , मधेश केन्द्रीत दल र राप्रपा नेपाललाई एकबनाई निर्बाचनमा जाने र बाम गठबन्धन भित्र एमालेको एकल बहुमत रोक्ने खेल योजनाबद्ध रुपले सम्पन्न गर्नसक्ने सम्भाबना प्रबल देखिन्छ ।

निर्बाचन पश्चात तात्कालिन शक्ती सन्तुलनको आधारमा एमाले र माओबादी केन्द्रको झगडा बढाउने आधार बिभिन्न शक्ती केन्द्रले जानाजान अल्झाई राखेको शान्ती प्रकृया अन्तर्गतका हत्या , लुटपाटको घटना साथै नक्कली लडाकु आर्थिक हिनामिना क्यान्टोनमेण्ट काण्ड कुनैपनि समय तरबार बनाउँदै प्रचण्डको गर्दनमा तेर्स्याउँदै बाम गठबन्धन भत्काउने खेल उनीहरु बाटै सम्पन्न गरिने छ भन्ने आधार बुझ्न बिहार राजनीति काफी छ भन्न सकिन्छ । ओलीको बाटो : जितेर हार्ने कि हारेर जित्ने ?

बर्तमान राजनीतिको शक्ती सन्तुलनमा भारतिय सत्तामा दक्षिणपन्थी बिजेपी मजबुत स्थीतीमा उपस्थीत हुनु , भारतिय बामपन्थी आन्दोलन रक्षात्मक अवस्थामा हुनु , देशभित्र एमाले बिरुद्ध ब्यापक मोर्चाबन्दी हुँदै गैरहेको बस्तु स्थीतीलाई बाम गठबन्धनको अनिबार्यता देखाउँदै सतही रुपमा गरीने माओबादी एमाले गठबन्धनको फाइदा माओबादी केन्द्र मार्फत फेरीपनि भारतिय सत्ताले लिने बस्तुगत परिस्थीती निर्माण हुनजाँदा अन्तत नेपालको बामपन्थी आन्दोलनले ठुलो नोक्सानी बेहोर्ने खतरा बढदैछ । नेपाली राजनीतिको सबैभन्दा ठुलो अबसरबादी अनुहार प्रचण्डको बुई चढेर बामदेब वा ओलीले बैतर्णी पारगर्ने खेल मुंगेरी लालको हसिन सपना सिबाय केही नहुने यथार्थता बुझ्न बिहार राजनीति एकपटक नियाल्न उनीहरुको निम्ती अत्याबश्यक भैसकेको छ । काँग्रेसलाई हराउने नाममा प्रचण्ड बोक्ने खेल भबिश्यमा जितेको युद्ध हार्ने कारण बन्नेछ भन्ने आधार बिहार घटनाबाट बुझ्न, जान्न र सिक्न सकिन्छ ।

ओली माथी दबाब

आगामी कार्यकालको निम्ती आईलाग्ने तमाम अबरोधलाई पाखा लगाउँदै अगाडी बढीरहेको प्रधानमन्त्री मोदी र उनको दक्षिणपन्थी पार्टी बिजेपीले बिहार राजनीतिमा प्राप्त गरेको पछिल्लो सफलता पछी एकसाथ देशभित्र र बाहिरका बिरोधी शक्तीलाई नयाँ सन्देश प्रबाह गर्न सफल भएकोछ । बिहार राजनीतिको बाछिटा ओलीको आँगनसम्म आइपुग्दा आगामी दिन थप चुनौतीपुर्ण हुनजाने देखीदैछ । मोदी सत्ताको नाकाबन्दी बिरुद्ध लिएको अडानले गुमाएको प्रधानमन्त्री पद जनताको मत मार्फत प्राप्तगर्ने ओली अभियान बिहार महागठबन्धन टुटाएको घटनाबाट माओबादी केन्द्रसंग गरिने सहकार्य नजन्मदै धरापमा परेको महशुस गरिदै छ ।माओबादी केन्द्रको अबशरबादी चरित्र र मोदी सत्ताको नेपाल नीति खुलेर प्रकट हुँदैगर्दा आगामी निर्बाचन अघी वा पछी माओबादी केन्द्र संगको सहकार्य ओलीको निम्ती नयाँ चुनौती बनेर प्रकट हुँदा थप दबाब महशुस गर्दैछन ।

बिहार राजनीतिको कुप्रभाबलाई कमगर्न आगामी निर्बाचनमा प्रधानमन्त्री कसलाई बनाउने तोकेर निर्बाचनमा जाँदा एमालेलाई फाइदा हुने निश्चित छ । भारतिय घेराबन्दीलाई साँघुरो बनाउँन माओबादी केन्द्रसंग गठबन्धन बनाउँने कि साना बामदल नेमकिपा , नेकपा संयुक्त , नेकपा माले , राजमो नेपाल लगायत राष्ट्रबादी गठबन्धन बनाउँने बिकल्प उनको सामु उपस्थीत छन । प्रस्ताबित गठबन्धन , माधब , झलनाथ र बामदेबको ब्यबस्थापन एकैपटक गर्नु ओलीको निम्ती फलामको च्युरा चपाय सरह हुनेछ भने गठबन्धन बिना निर्बाचनमा होमिंदा ठुलो घेराबन्दीमा पर्ने निश्चित नै छ । बिहार राजनीतिको भित्री पाटो आगामी निर्बाचन मार्फत बिजेपीले भारतिय सत्तामा निरन्तरता मिलाउँदै गर्दा मोदी अझै शक्तीशाली बन्दैछन भन्ने निर्बिबाद सत्य ओली जस्ता चतुर नेताबाट छिप्ने कुरै भएन । नेपालको राजनीतिमा घटेको मोदी प्रभाब ओली उदयले झन घटने हुँदा आगामी दिन ओलीका निम्ती नयाँ नयाँ चुनौती थपिने निश्चित नै छ । निर्बाचन अघी वा पछी मोदी मार्फत खडा गरिने बामदेब , प्रचण्ड , काँग्रेस र मधेशी मोर्चाको घेराबन्दीमा ओली पर्ने निश्चित नै छ । बर्तमान सन्दर्भमा बिहार राजनीतिको सन्देश ओलीको निम्ती चुनौती र अबशर बनेर आइलागेको छ । तमाम चुनौती र अबशरको सामना ओलीले कसरी गर्नेछन ? नेपाली राजनीति आँतुरता पूर्वक पर्खीरहेको छ ।