प्रचण्डको दुई बिकल्प : तेश्रो मै रमाउने कि भरत समसेर बन्ने ?!
प्रथम चरण स्थानिय निर्बाचनको नतिजा पश्चात तात्कालिन प्रधानमन्त्री प्रचण्ड आफ्ना भक्तसंग चुनाबी नतिजा प्रती बाध्यात्मक खुशी ब्यक्त गर्दैथिए । दोश्रो चरणको निर्बाचनमा आम कार्यकर्तामा पर्नजाने असरलाई रोक्ने हैसियतले माओबादी केन्द्र तेश्रो शक्तीमा स्थापित भएको हल्लासंगै दोश्रो चरणमा पहिलो पार्टी हुनेदाबी पार्टी प्रबक्ता पम्फा भुसाल मार्फत चलाउन लगाए । सामान्य जनताले पनि बिश्वास नगर्ने माओबादी दाबीलाई चुनाबी नतिजा मार्फत जनताले दिएको झटकापछी तिल्मीलाएका प्रचण्डले जान अन्जानमै खोली दिएको खतरनाक रहस्यले उनीहरुले चुनाब जित्न के मात्र गरेनन भन्ने खुल्दैछ । ११ करोड खर्च गर्दापनि टिकापुरमा एमालेले कसरी जित्यो भन्ने प्रचण्ड सवालले एकैपटक खोली दिएको प्रचण्ड गठबन्धनको असली अनुहार जनताले एकसाथ देख्न र बुझ्न पाएका छन ।
निर्बाचनलाई आफ्नो पक्षमा पार्न कुनैकसर बाँकी नराखेको बर्तमान सत्ता गठबन्धनको सम्पुर्ण कृयाकलाप पछी प्राप्त ६१७ स्थानको चुनाबी नतिजा अनुसार एमाले २७६ , काँग्रेस २२६ र माओबादी केन्द्र ८२ स्थानले बर्तमान राजनैतिक दलहरुको हैसियत प्रष्ट देखिएको छ । समकालिन राजनीतिमा माओबादी केन्द्रको हैसियत एमाले भन्दा करीब १९४ स्थान तल र काँग्रेस भन्दा १४४ स्थान पछी पर्नुले उसको तेश्रो शक्तीको दावा भन्दा तेस्रो दलको दावा उचित हुने देखिन्छ ।मार्क्सबाद , लेनिनबाद र माओबादको आइडोलोजीमा हुर्कीएको माओबादी केन्द्र सत्ता राजनीतिको निम्ती जोसुकै संग मिल्न सक्ने खुबी भित्र जेसुकै गर्नसक्ने नयाँ आईडोलोजीको कारण जनताको नजरमा गिर्नपुग्दा उसको असली हैसियत करीब तीन जिल्लामा खुम्चिएको छ । ६७ जिल्लामा सम्पन्न निर्बाचन पछी एमाले ३० , काँग्रेस ९ जिल्लामा एकल उपस्थीती कायमगर्न सफल भएको छ भने माओबादी केन्द्रको दयनिय अवस्था आमजनता र माओबादी कार्यकर्ताको नजरसम्म पुगी सकेकोछ । पार्टी माथी आईलागेको बिषम परिस्थीती पछी देशभरका माओबादी नेताहरु निर्बाचनमा हारको समिक्षा गर्न काठमाण्डौ आईपुगेको माओबादी बाध्यताले उनीहरुको राजनैतिक भबिष्य तरल छ भन्नेकुरा लुकाएर लुक्ने बिषय रहेन । यी सबै घटनाक्रमलाई मिहिन ढंगले केलाउँदा सही निस्कर्षमा पुग्न माओबादी केन्द्रको असली तागत के थियो र हो भन्ने बुझ्न र जान्न बिगत निर्बाचनका नतिजा सहयोगी हुन्छन भन्ने देखिन्छ ।
औचित्य गुमाएको माओबादी ध्वसं पञ्चायत समाप्ती संगै २०४८ सालमा सम्पन्न प्रथम निर्बाचनमा संयुक्त जनमोर्चा नेपालको नामले डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा चुनाबमा सहभागी भयो , बर्तमानको माओबादी केन्द्र । २०५ प्रतीनीधी सभा सदस्यको निम्ती भएको निर्बाचनमा केवल ७० स्थानमा उम्मेदवारी दिएको प्रचण्डको पार्टीले ३५१९०४ मतका साथ ९ स्थानमा बिजयी हुँदै काँग्रेस ११० एमाले ६९ पछी तेश्रो स्थान सुरक्षितगर्न सफल भयो । राज्यसत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने आईडोलोजीमा पुर्ण बिश्वस्त प्रचण्डहरु संसदिय ब्यबस्थालाई ध्वस्त नगरी जनबाद आउँदैन भन्ने ठान्दथे । संसद भनेको खसीको टाउको देखाउँदै बाख्रीको मासु बेच्ने ठाँउ हो भन्दै आफ्ना कार्यकर्तालाई बन्दुकको महिमा पढाउँथे । फलस्वरुप उग्र क्रान्तीको नसाले चुर माओबादीहरु २०५१ को मध्याबधी निर्बाचन बहिस्कार गर्नपुगे । प्रचण्डको क्रान्तीकारी नारासंग सहमत नहुनेहरु निर्मल लामाको नेत्रीत्वमा निर्बाचनमा भागलिन पुगे । केवल ४९ ठाँउमा उम्मेदवारी दिएको संयुक्त जनमोर्चा नेपालले १००२८५ मत प्राप्त गर्दै सुन्य सिटमा चित्त बुझायो । यी सबै घटना पश्चात पार्टीको नाम माओबादी राख्दै २०५२ साल फाल्गुण १ देखी प्रचण्ड नेत्रीत्वमा अनिश्चित कालिन ध्वसंको सुरुवात गरियो । तात्कालिन समयमा दरबार , काँग्रेस र एमालेभित्र खेल्दै भारतको आँगन पुग्न सफल प्रचण्ड ध्वसंको बिसर्जन १२ बुँदे मार्फत गरिएको इतिहास खुला किताब नै भैसकेको छ । देशका भौतिक संरचनालाई ध्वसं गर्दै , पश्चिमा धर्मलाई सहर्ष स्वीकार गर्दै देशका सबै कुना काप्चामा चर्च निर्माणगर्न सफल माओबादी ध्वसं जातिय घृणा फैलाउन समेत सफल भयो । नेपालको सार्बभौम सत्ता नारायणहिटी बाट दिल्ली दरबार पुर्याउन अनबरत सकृय माओबादी ध्वसं २०६४ को संबिधानसभा निर्बाचनमा उनीहरुले प्राप्त गरेको अनुपयुक्त शक्तीको कारण भारतिय सत्ताको कोपभाजनमा पर्न पुग्यो । माओबादी ध्वसंको रापतापमा नेपाली जनताको त्रास र आस समेत एकमुष्ट मतपेटिकामा पोखिन पुग्दा २०६४ को संबिधानसभा निर्बाचनमा ३१४५५१९ मत प्राप्तगर्न सफल भयो । अकल्पनिय सफलतापछी हौसिएको माओबादी भारत , काँग्रेस र एमालेको घेराबन्दीमा पर्दै असली साइज २०७० को निर्बाचन मार्फत दिलाईयो । २०६४ मा २२९ सिटको धनी माओबादी २०७० सालमा पुग्दा ८२ सिटमा खुम्चन बाध्य बनाईयो । ०४८ सालको तेश्रो शक्ती २०६४ मा पहिलो बन्दैगर्दा उ बाट खेलिएको तमाम कालाकर्तुत आमजनता सामु खुल्न पुग्यो । २०७० मा तेश्रो शक्ती मै सिमित हुँनपुगेको बिर्सदै ओली सरकारले सिधा बनाएको भारत बेष्टित तराजु भारततिर ढल्काउन पुग्दा स्थानिय निर्बाचन मार्फत तेश्रो दल त हुँन सफल भयो तर तेश्रो शक्तीको हैसियत गुमाउँन पुग्यो । चुनाबी हारको असली कारण कार्यकर्तालाई बताउँदा पार्टी संगठनमा पहिरोजाने हुँनाले काँग्रेससंग सहकार्यको कारण पराजय भन्दै उम्कने काइदा माओबादी ध्वसंले औचित्य गुमाएको मान्न उनीहरु नै तयार छन । संबिधान जारी पश्चात सैनिक मञ्चमा गरिएको नाटकिय प्रस्तुती पछी ओली सरकारको निर्माण गर्दै जनता माझ बनाएको प्रचण्ड छबी प्रधानमन्त्रीको कुर्षीसंग साटनासाथ माओबादी ध्वसंको असली मकसद के थियो ? भन्ने सम्पुर्ण जनताले थाहा पाए । दरबारले जन्माएको भारतले हुर्काएको माओबादी ध्वसं आफ्नो औचित्य गुमाउँदै जन्मदाको अवस्थामा आईपुगेको छ । प्रयोगबादमा माहिर पश्चिमा र भारतले आफ्नो अनुपयुक्त एजेण्डालाई प्रचण्ड मार्फत नेपालमा स्थापित गराउन आँशिक सफलता पाउँदैगर्दा खुद माओबादी आफ्नो सिद्धान्तबाट च्युत हुन पुगेकोछ । हामीले हारे पनि हाम्रो एजेण्डाले जितेको छ भन्ने माओबादी स्वीकारोक्तीले उनीहरुको असलीयत पुर्णरुपमा खुलीसकेको छ । फलस्वरुप भारत द्वारा प्रयोग हुँदै सत्ताको निम्ती काँग्रेससंग सहकार्य गर्ने र राष्ट्रीय आत्मनिर्भरताको वकालत गर्ने एमालेलाई एक्ल्याउने रणनीतिमा पुग्नुले उसको राजनैतिक दर्शन टिठलाग्दो अवस्थामा पुगेको भेटिन्छ ।
भरत समसेर र प्रचण्ड
मलाई सिद्धान्तसंग मतलब छैन । काँग्रेस जन्मनु भन्दा अगाडीनै मैले मातृका प्रसादलाई चिट्ठी लेखेको थिए भन्ने भरत समसेर जबरा सन १९५२ सम्म गोरखा दलको नेता थिए । सन १९५१ मा बिद्रोही सेना तयार गर्ने षडयन्त्र गरेको आरोपमा पक्राउ परे । राजा त्रीभुबन फाल्गुण ४ गते दिल्लीबाट फर्कीएर ७ गते नयाँ मन्त्री मण्डल घोषणा गरे । राणाका मतियारहरुले चैत्र २४ गते सदरजेल पुगी भरत समसेर र रणधिर सुब्बालाई बेलबाट छुटाई खुकुरी बोक्दै एक जत्था भरत समसेर जिन्दाबाद भन्दै बिपी कँहा पुगे । बिपीले पेस्तोल हानेर त्यस मध्यको एउटा सुबेदार कुलध्वजलाई मारिदिए । त्याँहा देखी नामै खुकुरीदल रहन गयो । शान्ती सुरक्षा एन अन्तर्गत जेल परेका भरत समसेरले तात्कालिन समयमा जनताले बिर्ता र रैकर निर्मुल गर्नुपर्ने भन्दै भूमी आन्दोलन चलाएका थिए । सात महिना सम्म जेल बसेका भरत समसेरलाई बिपीले जेलमुक्त गरिदिए । ततपश्चात गोर्खा परिषदबाट राजनीति गरेका उनी २०१७ सालको काण्डपछी बिपीभक्त बन्दै काँग्रेसमा बिलय भए ।
२०५२ सालमा काँग्रेसको बिरुद्ध हतियार उठाएका प्रचण्ड नियतीले भरत समसेरकै बाटो हिडी रहेको आभाष आम नेपालीले गर्दैछन । गाँउमा बस्ने सर्बसाधारण काँग्रेसको हत्या गर्ने तर जमिन्दार काँग्रेसको पैसा खाने माओबादी प्रचण्ड भरत समसेर जस्तै कुनै सिद्धान्तसंग सरोकार नराख्ने तथ्य ध्वसंकालमा भारतकै खाने भारतकै बिरुद्ध सुरुङयुद्ध गर्ने नाटकसंग हुबहु मिल्दछ । बिपीको घोर बिरोधी भरत समसेर बिपीकै निगाहमा २०१५ साल पछीको संसद छीरे भने माओबादी प्रचण्ड निर्बाचन नै नलडी गिरिजाको निगाहमा माओबादी पार्टीलाई संसद छिराउन सफल भए । तात्कालिन दरबार , देउवा , पश्चिमा र दिल्लीको दानापानी खाँदै सतहमा तीनै शक्तीको धुँवाधार बिरोधगर्दै हुर्किएको माओबादी ध्वसंभित्र लुकेको प्रचण्ड नियत भनेको नेपाललाई भूतपूर्व देश बनाउँने थियो र छ भन्ने प्रमाणित हुँदैगर्दा जनताले उनीहरुलाई दिएको पुरानोशक्ती फिर्तालिएका छन ।
सिद्धान्तलाई तिलाञ्जली दिएर भरत समसेरको बाटोमा हिडेको प्रचण्ड नामको धुन्धुकारीले क्रान्तीपछी प्राप्त हुने उपलब्धीले देश र जनता बलियो हुन्छ कि हुँदैन ? भन्ने सोच्ने कुरै थिएन । केवल पैसा र सत्ताको निम्ती माओबादीको नाममा मच्चाईएको ध्वसंले केहीक्षेत्रमा सामान्य उपलब्धी लिएर आएपनि समग्रमा देश कमजोर बन्न पुगेको तथ्यलाई अन्देखा गर्नु महाभूल हुनेछ । हो , माओबादी ध्वसंको प्रतिफल केही सिमित नेताले भोगेको बैभबलाई क्रान्तीको उपलब्धी मान्ने प्रचण्ड दृष्टीदोष भित्र लुकेको कपट भनेको प्रायोजित युद्धको कुकर्मलाई ढाकछोप गर्ने चालबाजी सिबाय केही होईन भन्ने नेपाली लोकतन्त्रले बुझ्दैगर्दा प्रचण्ड भरत समसेरको दोश्रोरुप बन्दै खुकुरीदल र माओबादी ध्वसंको फ्युजन गर्दै काँग्रेस प्रबेश गरे कुनै अनौठो मानीने छैन । जसको आधारभूमी स्थानिय निर्बाचन मार्फत नेपाली जनताले बनाई दिएकाछन ।शक्तीहिन भएर तेश्रोमा रमाई बस्ने कि काँग्रेस मार्फत दक्षिण र पश्चिमको सेवा मृत्युपर्यन्त गरीरहने रोज्ने उचित समय प्रचण्डको दैलोमा आइपुगेकोछ ।