प्रधानमन्त्री देउवाको दशा !

निश्चित लक्ष्यको साथ तेश्रो पक्षको रणनितिक स्वार्थ अनुरुप बनाइएको गठबन्धनले करीब ४५०४ दिन पछी गत जेठ २३ गते मंगलबार शेरबहादुर देउवालाई चौथोपटक प्रधानमन्त्री बनाइदिए । अनेकौं शक्ती केन्द्रसंग गरिएको बाचा कसमले पिरोलिएका प्रधानमन्त्री देउवा आफ्नो सत्ताको आयु बढाउन अन्धबिश्वासको साथलिंदै गरेको समाचार छापाहरुले पस्कीरहेका छन । सबैकाम छोडदै केवल सिंहदरबार छिर्न मरिहत्ते गरेका देउवा बुढानिलकण्ठ बाट बालुवाटार छिर्ने उचित साइतको निम्ती ज्योतिषको शरणमा पुगेको तथ्य बडो टिठ लाग्दो देखीदैछ । लोकतन्त्रको आयु बढाउन एक छिन समय खर्च नगर्ने देउवा आफ्नो सत्ताको आयु बढाउन करीब १४ दिनको कहाँली लाग्दो दशा पारगर्दै गत सोमबार एकाबिहान बालुवाटार छिर्न सफल प्रम देउवाको दयनिय सोच नेपाली मिडियाको हेडलाईन नै बन्न सफल भयो ।

यहाँ शेरबहादुर देउवाले एक घर छोडेर अर्को घर बसाई सरेको भय यो उनको नितान्त निजी मामिला हुन्थ्यो । जसको बारेमा सर्बसाधारण मानिसले टाउको दुखाउनु पर्ने कारण नै थिएन । तर बर्तमान समयमा शेरबहादुर कुनै ब्यक्ती होईनन । उनी नेपालको प्रधानमन्त्री हुन । देशको सम्पुर्ण अधिकारको प्रयोग संबिधानको दायराभित्र बस्दै नेपाल र नेपालीको उन्नती र प्रगतीको निम्ती अधिकतम योगदान दिनु उनको कर्तब्य हो । यस्तो महत्वपुर्ण जिम्मेदारी र स्थानमा पुगेको ब्यक्ती फगत आफ्नो कुर्षीको आयु लम्ब्याउन ज्योतिषको सहारामा रुमल्लिनु ले उनीबाट के आष गर्ने ? अहम सबाल खडा भैसकेकोछ । देउवाले ज्योतिष मार्फत घटाएका मानसिक दशाहरु उनको आफ्नै कृयाकलापबाट बढ्दै गैरहेको नदेख्ने काइदा बिचित्रको रहेको हुँदा देउवाले देखेर पनि अन्देखा गरेका दशाको बारेमा केही पस्कने अनुमती माग्दछु ।

१) माओबादी नेता प्रचण्ड

नेपाली राजनीतिमा सबैभन्दा बढी प्रयोगबादको सिकार भएका नेता हुँन प्रचण्ड । सत्ता र सक्तीको निम्ती गिरिजालाई चक्मा दिन सक्ने अस्थीर प्रचण्ड बर्तमान समयमा देउवाको मेरुदण्ड बनाइएका छन । सत्ता र शक्तीबाट प्राप्त दिब्यज्ञान सन्तानमोह तिर सार्न सफल प्रचण्ड त्यती बेला सम्म देउवालाई बोक्न तयार हुनेछन जबसम्म आफ्ना स्वार्थको रक्षा देउवाले गर्न सफ्ल हुनेछन ।

२ ) आफ्नै पार्टी नेपाली काँग्रेस

२६ से र ७४ रे को घटनापछी नेपाली काँग्रेसमा खुलेर प्रकट भएको गुटबन्दी अन्तत नेपाली काँग्रेस बिभाजन गर्ने नेतामा स्थापित भए , शेरबहादुर देउवा । आम मानिसमा छरिएका भ्रम जे जस्ता भएपनि भित्री कुरा भनेको उही सत्ता र सक्तीको बाँडफाँड नै थियो भन्ने प्रष्ट नै छ । बाँडीचुडी खाने सिद्धान्त अनुरुप ६० र ४० को अनुपातमा बाँचेको काँग्रेस आज फेरी अनुपातबाट बिमुख हुने संकेत मिल्दै गर्दा देउवालाई आफ्नै पार्टी दशा बन्ने निश्चित नै छ ।

३) प्रमुख प्रतिपक्षी नेता ओली

सबैलाई थाहा छ , बर्तमान गठबन्धनको जन्म देउवा डक्ट्रीनको आधारमा भएको थियो । संसदिय ब्यबस्थामा ठुला दुई दल मिलेर सरकार बनाउनु हुँदैन भन्ने सिद्धान्तलाई आफ्नो ब्यक्तीगत फाइदाको निम्ती अधिकतम प्रयोग गर्ने सोचका साथ अन्त कतै निर्देशित बचनको प्रबक्ता बन्दै थिए देउवा । ओलीको गोठमा प्राप्त मालदार मन्त्रालय साथ प्रचण्ड सहभागितालाई देउवा गोठमा प्रधानमन्त्रीको हरियो घाँसहाल्दै प्रमुख प्रतीपक्षी नेतामा सिमित बनाइएका ओली बर्तमानमा देउवाको निम्ती बिकराल दशा हुँन भन्ने सबैभन्दा ठुलो प्रमाण प्रम चुनिन दुई दिन बढी कुर्न बाध्य हुँदा थाहा पाइसकेका छन ।

४) राजपा नेपाल

सबैलाई थाहा छ मधेष केन्द्रीत दलको नाम हो राजपा नेपाल । जिबनमा सँधै फुटन मात्र जानेका मधेषी नेताहरु टाउको जोडेर म्याथम्याटिक मिलाईएको तर केमेष्ट्री मिल्न बाँकी रहेको राजपाको जन्म भारतिय दुताबासको प्रत्यक्ष लगानीमा भएको हो भन्ने तथ्य उपेन्द्र यादबले खोली सकेकाछन । भारतिय सत्ताले रणनितिक रुपमा जन्माएको राजपाको असली मकसद भनेको हिंसाको बलमा काटामाण्डौंलाई कमजोर बनाउने हो भन्ने तथ्य उसका गतीबिधीबाट खुली सकेका छन । भारत निर्मित पूर्वबर्ती प्रचण्ड सरकारको बाटो पछ्याउँदै प्रदेश नम्बर २ को निर्बाचन सार्ने देउवा सरकारको अप्रिय निर्णयले उनको बिगतको असक्षमको फुली सान्दर्भिक थियो भन्ने पुष्टी भैसक्दा भबिश्यमा संबिधान संसोधनको नाममा राजपा मार्फत उनको दशा झन बढाइने निश्चित नै छ ।

५) आफ्नै काम गर्ने शैली

प्रम देउवा पारदर्शी र चमत्कारिक कामको निम्ती अल्छी छन । सत्ता र शक्तीको निम्ती बिगत , बर्तमान , भबिष्य , सिद्धान्त र आफैलाई समेत बिर्सन सक्ने खुबीले भरीपुर्ण देउवा लोकतान्त्रीक कम सत्तातान्त्रीक ज्यादा भैसकेका छन । जस्तोसुकै आलोचना पनि पचाउन सक्ने देउवा जनता , पार्टीलाई रिझाएर भन्दा शक्ती केन्द्रलाई रिझाउँदा मात्र असली शक्ती प्राप्त हुने तथ्य संग सहमत छन । राजनैतिक जिबनको पहिलो इनिङ देखी बदलिएको उनको कामगर्ने शैली नेपाली लोकतन्त्रको निम्ती धेरै महंगो परेको तथ्य जान्ने बुझ्नेहरु त्यसको असर घटनुको साटो झन बढेको महशुस गर्दैछन , चौथो इनिङमा पनि । उचित समयमा कुनै निर्णय लिन नसक्ने देउवा शैली बदनामी कमाउने निर्णय समय भन्दा अगाडी गर्न तम्सने कारणले आजित उनका हितैषी खुद देउवाबाट टाढै बस्ने संकेतले उनको सत्ता लम्बिने सम्भाबना कमै देखिन्छ ।

६) अदृष्य शक्तीसंग उनले गरेका बाचाहरु

माओबादी प्रचण्डको लक्ष्य अर्कै भए पनि ओली सरकारको जन्मदाता उनै थिए । ओलीलाई देखाउँदै आफ्नो लक्ष्य प्राप्त गर्ने चाहाना स्वरुप शेरबहादुर देउवा मार्फत अनेकौं शक्ती केन्द्रसंग गरिएका अनुपयुक्त बाचा कसमले सबैभन्दा बढी सताइने पात्र बन्दैछन , प्रम देउवा । भाषा , धर्म र जाती मार्फत फसाउने भारतिय खेल शुसिल सरकारको पालामा प्रचण्ड र देउवालाई भारतले पाहुँना बनाउँदै सुनाइ सकेको थियो ।तात्कालिन समयमा भारत सामु ब्यक्त उनीहरुको निजी बिचार आज सत्ता आयुसंग दशा बनेर जोडिएका छन । भारतको भित्री चाल बुझ्नासाथ ओली बोक्न तयार प्रचण्डले बाहिर ओली उचाल्ने भित्र भित्र भारत संग सेटिङ मिलाएको खेल देउवाले बल्ल बुझ्नेछन । ओलीले सिधा बनाएको तराजुले दिएको दुख प्रचण्ड मार्फत अनुपयुक्त दूत पठाउँदै गरिएको बदमासी चिन मार्फत देउवाको हिस्सामा पर्ने असन्तुलित बिदेश नीति सत्ता आयू संग जोडिन पुग्ने निश्चित नै छ । चिनिया दबाब थेग्न नसकी कार्यकालको अन्तीममा गरिएको चिनिया महत्वकाँक्षी आयोजनाको प्रचण्ड हस्ताक्षर देउवाको निम्ती बरदान हैन अभिसाप नै बन्नेछ । सत्तामा पुग्ने भर्याङ बनाइएको बिगत सरकारले संसदमा दर्ता गराएको संबिधान संसोधन प्रस्ताबले नेपाली जनताको हितमा भन्दा भारतिय स्वार्थको संबोधन बढी गर्ने निश्चित हुँदा प्रमुख प्रतिपक्षी मार्फत प्राप्त काँडाले उनको सत्ता सुख धर्मराउने छ भन्ने आधार देखिन्छन ।

७) संबैधानिक सिमाहरु

प्रधानमन्त्री देउवाको चार कार्यकाल मध्य सबैभन्दा बढी सम्भाबना र चुनौतीले भरीपुर्ण बर्तमान समय संक्रमण कालको अन्त्य वा लोकतन्त्रको बिजयी सुरुवात भन्नेसंग ठुलो सरोकार राख्दछ । बर्तमान संबिधान कार्यान्बयनको महत्वपुर्ण घडीमा संबिधानले किटानी गरेको समय सिमा २०७४ साल माघ ७ भित्र सम्पन्न भैसक्नु पर्ने तीन तहको निर्बाचन सम्पन्न गर्नुपर्ने दायित्वले थिचिएका प्रम देउवाका संबैधानिक आयु माघ ७ सम्म मात्र हो । जन्मदै आफ्नो सत्ताको आयु थाहा पाएका देउवा फेरी पनि ज्योतिषको सहारामा पुग्नुको अर्थ नेपाली लोकतन्त्रको निम्ती शुभसंकेत कदापी मान्न सकिन्न ।आफ्ना संबैधानिक सिमा भित्रबाट ननीस्कने निकास कोही कसैलाई खुसी पार्न देउवा द्वारा चालिन सक्ने कदम नै ज्योतिषको नजरमा प्रधानमन्त्री देउवाको दशा बनेर निस्कने कल्पनालाई नेपाली राजनीतिले भोग्न बाध्य पारिने कामले नेपाली लोकतन्त्रको भबिष्य फेरी पनि अनिश्चित बन्दैछ । अन्तमा , राजनैतिक भाषामा चुनौती ज्योतिष भाषामा दशा भनिने तमाम समस्या माथी दृष्टी फेक्दा प्रधानमन्त्री देउवाको बालुवाटार बसाई ज्योतिष कै भरमा लम्ब्याउन हम्मे पर्ने देखिन्छ । प्रमुख प्रतिपक्षी एमालेलाई घेराबन्दीमा पार्ने भारतिय गाँठोलाई जबसम्म देउवाले खुकुलो बनाउन सफल हुने छैनन तब सम्म उनको दशा ज्योतिषबाट पखालिन असम्भब छ । प्रचण्डको महत्वकाँक्षा , ओलीको चट्टानी अडान ,राजपा नेपालको बढदो बार्गेनिङ र आफ्नै पार्टीको शक्ती सन्तुलनले थिलथिलो बन्दै भारतिय सत्ताले दिलाई दिएको बालुवाटारको साँचो बुझाउन बाध्य हुनेछन ।