निर्बाचनको नतिजा र माओबादी केन्द्रको हैसियत !

अस्थीर र ढुलमुले चरित्रको कारण आफ्नो राजनैतिक उचाई घटाएका माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डले अकल्पनिय नतिजा पस्कदै स्थानिय तह पहिलो चरणको निर्बाचन सम्पन्न गर्न सफल भएकाछन । दोश्रो संबिधान सभाको निर्बाचन पछी प्राप्त नतिजा अनुसार उनले गुमाएका राजनैतिक जनाधारलाई सत्ता मार्फत प्राप्त गर्ने अबशरलाई काँग्रेस पार्टी संग गरिएको गठबन्धन अनुसार केही सफलता हात लाग्ना साथ नेपाली छापाहरुमा प्रचण्डको जीत भन्ने नयाँ हौवा जोडतोडले चलाईदैछ । अझ रोचक कुरा त के पाइन्छ भने काँग्रेस हारेको भन्दा एमालेले नजितेकोमा खुशी हुँदै प्रचण्ड अब सत्ताको किङमेकर बन्ने जस्ता हवाई कल्पनामा रमाएको भेटिदैछ । आँखीर यी सबै हल्ला कसले र किन चलाउँदैछ ? के साँच्चीकै प्रचण्डले जीत हासिल गरे कै हुन त ? एमालेले हारेको हो की उसले सोचेको सफलता प्राप्त गर्न नसकेको हो ? जस्ता तमाम बिषय बस्तु माथी प्रकाश पार्ने उपयुक्त तरिका हामीसंग उपलब्ध २०७० सालको संबिधानसभाको नतिजा र भर्खरै सम्पन्न पहिलो चरण स्थानिय तह निर्बाचनको नतिजालाई लिनु सान्दर्भिक हुन्छ भन्ने पङतीकारको मान्यता रहेको छ । २०७० साल संबिधानसभा निर्बाचनको नतिजा: प्रदेश न; ३ जिल्ला एमाले काँग्रेस माओबादी केन्द्र १) दोलखा २ २) सिन्धुली १ १ १ ३) रसुवा १ ४) धादिङ्ग ३ ५) नुवाकोट ३ ६) काठमाण्डौ २ ८ ७) भक्तपुर १ ८)ललितपुर ३ ९)काभ्रेपलाञ्चोक २ २ १०) सिन्धुपाल्चोक १ १ १ ११) मकवानपुर ३ १ १२) चितवन २ २ १३ ) रामेछाप १ १ तीन नम्बर प्रदेशको जम्मा संख्या ४५ मा एमाले १७ काँग्रेस २३ माओबादी ३ नेमकिपा भक्तपुरमा एक स्थान र राप्रपा चितवानमा एक स्थान बिजयी भएका थिए ।

२०७० साल संबिधानसभा निर्बाचनको नतिजा:

प्रदेश न; ४ जिल्ला एमाले काँग्रेस माओबादी केन्द्र १) बाग्लुङ्ग - ३ २)गोर्खा - - ३ ३)कास्की २ २ - ४)लमजुङ १ १ ५)मनाङ - १ ६)मुस्ताङ - १ ७)म्याग्दी १ ८) नवलपरासी ३ ३ ९)पर्बत १ १ १०) स्याङ्जा १ २ ११) तनहुँँ १ २ जम्मा १० १६ ३ २०७० साल संबिधानसभा निर्बाचनको नतिजा: प्रदेश न; 6 जिल्ला एमाले काँग्रेस माओबादी केन्द्र १) दैलेख २ २)डोल्पा १ ३)हुम्ला - १ ४)जाजरकोट - १ १ ५)जुम्ला - १ ६)कालीकोट - - १ ७)मुगू १ - - ८)रुकुम - - २ ९) सल्यान १ - १ १०) सुर्खेत - ३ - जम्मा ५ ६ ५

स्थानिय तह २०७४ को नतिजा प्रदेश न; ३

जिल्ला एमाले काँग्रेस माओबादी केन्द्र गापा नगर गापा नगर गापा नगर

१) दोलखा ५ २ - - - - २) सिन्धुली १ २ ३ - ३ - ३) रसुवा २ - २ - - - ४) धादिङ्ग ७ १ २ १ १ - ५) नुवाकोट १ २ ७ - २ - ६) काठमाण्डौ - ७ - ४ - - ७) भक्तपुर - २ ८)ललितपुर १ १ १ २ ३ ९)काभ्रेपलाञ्चोक २ ४ ३ १ - - १०) सिन्धुपाल्चोक ५ २ ३ - २ - ११)मकवानपुर ५ १ २ - १ १ १२) चितवन - ४ १ - १ - १३) रामेछाप ४ १ - १ २ - जम्मा ३३ २९ २६ ९ १४ २



स्थानिय तह २०७४ को नतिजा प्रदेश न; ४ जिल्ला एमाले काँग्रेस माओबादी केन्द्र गापा नगर गापा नगर गापा नगर १)बाग्लुङ्ग २ २ २ २ १ २)गोर्खा - - ७ २ २ ३)कास्की ३ १ १ - - - ४)लमजुङ २ ३ १ १ १ ५)मनाङ २ - २ - - - ६)मुस्ताङ १ - ३ ७)म्याग्दी २ - ३ १ ८) नवलपरासी- २ २ ४ ९)पर्बत ३ १ २ १ १०)स्याङ्जा ५ २ २ २ ११) तनहुँँ २ १ ३ ३ १ जम्मा २२ १२ २८ १६ ५ स्थानिय तह २०७४ को नतिजा प्रदेश न; ६ जिल्ला एमाले काँग्रेस माओबादी केन्द्र गापा नगर गापा नगर गापा नगर १) दैलेख ४ ३ ३ १ २)डोल्पा २ २ - - २ ३)हुम्ला १ - १ १ ४ ४)जाजरकोट १ २ २ - १ १ ५)जुम्ला १ - ३ १ ३ ६)कालीकोट २ १ १ - ३ २ ७)मुगू १ - २ १ ८)रुकुम - - - - ३ ३ ९) सल्यान ३ १ २ १ २ १ १०) सुर्खेत २ १ ३ ३ - - जम्मा १७ १० १७ ८ १८ ७ हामी संग उपलब्ध नतिजाहरु (२०७० सालको संबिधान सभा र २०७४ सालको स्थानिय तह ) को तुलनागर्दा प्रष्टसंग के देखिन्छ भने प्रदेश नं ३ , ४ र ६ नम्बर प्रदेशमा संबिधानसभा निर्बाचनमा नेपाली काँग्रेस पहिलो एमाले दोश्रो र माओबादी केन्द्र तेश्रो शक्ती रहेको पाइन्छ । माओबादी ध्वंसको उर्बरभूमी ६ नम्बर प्रदेश र काँग्रेसको पकड क्षेत्र ३ र ४ नम्बर प्रदेशलाई समेटदै संबिधानले तोकेको स्थानिय तहको नयाँ संरचना ७४४ अनुसार प्रथम चरणमा गराइएको २८३ स्थानको प्राप्त नतिजा अनुसार नेपाली काँग्रेस र माओबादी केन्द्रको राजनैतिक हैसियत र जनाधार खस्केको प्रमाण प्रष्ट रुपमा देखिन्छ ।प्रदेश ३ मा ३३ गाउँपालिका र २९ नगर पालिका एमालेको पोल्टामा परेको छ भने २६ गाँउपालिका र ९ नगर पालिकामा काँग्रेसले चित्त बुझाउनु परेको छ । त्यसैगरी २२ गाउँपालिका र १२ नगरपालिका जित्दै कडा टक्कर साथ एमाले उपस्थीत हुँदा काँग्रेस गढको रुपम रहेको ४ नम्बरमा २८ गाउँपालिका र १६ नगरपालिका जित्दै माओबादी केन्द्रको ५ गाउँपालिका जितको लाचार उपस्थीतीले काँग्रेस चिन्तित देखिन्छ । ६ नम्बर प्रदेशमा १७ गाउँपालिका र १० नगरपालिका जित्दै काँग्रेस ( १७ गापा , ८ नगर ) र माओबादी केन्द्र ( १८ गापा र ७ नगर ) बराबरीमा राख्दै आफ्नो उपस्थीतीलाई पहिलो बनाउँन सफल भएको छ । तमाम हथकण्डा र सत्ताको चरम दुरुपयोगका बाबजुद ६ नम्बर प्रदेशमा एमालेको पहिलो उपस्थीतीले आगामी राजनीतिमा काँग्रेस र माओबादी केन्द्र धर्मसंकटमा परेको खुद उनीहरु नै स्वीकार गर्दैछन ।

स्थानिय तहको निर्बाचन करीब बीस बर्षपछी सम्पन्न हुँदै गर्दा प्राप्त केवल तीन प्रदेशको नतिजालाई २०७० सालको संबिधानसभा निर्बाचनमा प्रत्यक्ष तर्फ निर्बाचित काँग्रेस ४३(५१ प्रतिशत ) एमाले ३१ (३७ प्रतिशत ) र माओबादी केन्द्र १० (१२ प्रतिशत ) प्राप्त स्थानमा हालको नतिजा तुलना गर्दा नेपाली काँग्रेसले आफ्नो स्थीतीमा ठुलो झटका महशुस गर्नुपर्ने देखिन्छ । मकवानपुर , धादिङ्ग , चितवन , कास्की , काभेपलाञ्चोक , दोलखा , सिन्धुपाल्चोकमा गरिएको काँग्रेस माओबादी गठबन्धनको बाबजुद प्राप्त निराषाजनक उपलब्धीले रन्थनिएको काँग्रेस २८३ स्थानिय तहको पुरा नतिजा आउँदै गर्दा एमाले भन्दा करीब ८ प्रतिशतले तल पर्नजाने निश्चित देखिन्छ । हालसम्मको नतिजा २८० स्थानमा एमाले १२३ जित्दै ४४ प्रतिशत काँग्रेस १०४ जित्दै ३७ प्रतिशत र माओबादी ४६ जित्दै १६ प्रतिशतमा रहनुले ७० सालको चुनाबले दिएको स्थान माओबादी र काँग्रेस दुबैले गुमाउने निस्चित देखिन्छ । बाबुरामको बहिर्गमनले आगामी प्रदेश र केन्द्रको निर्बाचन प्रदेश नम्बर ४ मा उपस्थीती मुस्किल देखिन्छ भने ३ नम्बर प्रदेशमा सिन्धुली , रामेछाप र सिन्धुपाल्चोक सिट जोगाउन हम्मे हम्मे पर्न जाँदा माओबादीको तेश्रो स्थान सन्देहको घेरामा परी सकेको खुद माओबादी केन्द्रका नेताहरु स्वीकार्न बाध्य भएका छन ।

कसले र किन बनाउँदैछ माओबादी केन्द्रलाई किङमेकर ? नेपाललाई अस्थीर राजनीतिको सिकार बनाउँदै आफ्नो स्वार्थ पुरा गर्ने शक्तीको कारण नेपालका ठुला राजनैतिक शक्ती नेपाली काँग्रेस र नेकपा एमालेलाई कमजोर बनाउँने खेल निरन्तर चलीरहेको सर्बबिदितै छ ।बहुमतको सरकार गिराउन काँग्रेसलाई प्रयोग गर्ने एमालेको लोकप्रिय सरकार गिराउन दरबार , काँग्रेस र अदालत प्रयोग गर्ने राजनीतिको कुरुप रुप नेपाललाई कमजोर बनाउँन माओबादी प्रयोग गरिएको कही कतै छिपेको कुरै रहेन । माओबादी केन्द्रलाई शिखण्डीको रुपमा प्रयोग गर्दै भारतिय डिजाइनको १० बर्षे माओबादी ध्वंसपछी नेपालको तीनशक्ती दरबार , नेपाली काँग्रेस र बामपन्थी मध्य दरबारको ठाउँ भारतले लिन सफल भयो । ततपश्चात एमालेलाई कमजोर पार्ने रणनीति अनुरुप गिरिजालाई प्रयोग गर्दै एमाले कै हाराहारीमा माओबादीको उपस्थीती संसदमा गराउने रणनीति गिरिजाको दिमाग छदै थिएन भन्ने तथ्य ओली सरकार गिराउँदै दाहाल देउवा गठबन्धन बनाउने भारतिय खेलको भाग दुई हाम्रो सामु प्रकट भैसकेको छ । सतहमा देखिएको दाहाल देउवा गठबन्धनको योजनाकार भारतको भित्री स्वार्थ भनेको एमाले कमजोर बनाउन माओबादी केन्द्र र नेपाली काँग्रेस कमजोर बनाउँन मधेषी मोर्चा प्रयोग गर्दै मुल रुपमा नेपाललाई आफ्नो अधिनमा राख्ने र स्वाधिन मुलुक बन्न रोक्ने खेल हो भन्ने बुझ्न सजिलै सकिन्छ । स्थानिय तहको प्रथम चरणको नतिजा प्राप्त हुनासाथ माओबादी केन्द्रलाई भबिश्यमा सत्ताको किङमेकर बन्ने प्रचार बाजी कसले र किन ? गर्दैछन् , बुझ्नु जरुरी भैसकेको छ । काँग्रेस हार्दा कुनै चिन्ता नगर्ने पुँजीबादी मिडिया र बिष्लेषकहरुले माओबादी केन्द्रको हैसियत नजिकबाट नियाल्न पुग्दा उनीहरु प्रचण्डले ओबिआरमा सही गरेको ,फास्टट्रयाक आफै बनाउने निर्णय गरेको , निर्बाचन सम्पन्न गरेको जस्ता कुराले लम्पसारबादी नारा भुत्ते भएको भन्ने भनाई भित्र लुकेको रहस्य भनेको उनीहरुलाई राष्ट्रबादी देखाउनु र माओबादी केन्द्रका कार्यकर्तालाई एमालेमा जान रोक्ने रणनीति अनुरुप चलाईएको सुनियोजीत चालबाजी हो भन्नेमा कुनै संका रहेन । बर्तमान संबिधान अनुसार ०७४ साल माघ ७ भित्र सम्पन्न गरिने संसदको निर्बाचनमा प्रत्यक्ष तर्फ १६५ स्थान र समानुपातिक तर्फ ११० स्थानको निर्बाचनबाट माओबादी केन्द्र तेश्रो शक्ती बन्ने कुनै आधार पहिलो चरणको नतिजाबाट नदेखिदा दोश्रो चरणमा माओबादी केन्द्रका कार्यकर्तामा पार्न चाहेको मनोबैज्ञानिक प्रभाब नै माओबादी केन्द्र भबिश्यमा सत्ताको किङमेकर बन्ने बनाउने शाब्दिक खेती चलाईएको हो भन्ने बिश्लेसकहरुको राय छ । साथै यो हल्लाको असर एमाले कार्यकतामा पार्ने र काँग्रेसको चुनाबी क्षतीलाई रोक्ने उदेश्य अनुरुप गरिएको हो भन्ने खुली सकेको छ ।

संबिधान सभा दोश्रो निर्बाचन पछी ओरालो लागेको माओबादी केन्द्रको राजनैतिक स्थीतीलाई तत्काल नरोक्दा देशमा दुई धुर्बिय राजनीति हाबी हुने र नेपाली लोकतन्त्र बलियो बन्न जाने आँकलन भारतिय सत्ताले नबुझ्ने कुरै भएन । फलस्वरुप नेपाली राजनीतिलाई अस्थीर बनाइ राख्न तेश्रो राजनैतिक शक्तीको उपस्थीती बनाउन बाध्यात्मक अवस्था आइलाग्दा माओबादी केन्द्रलाई जिबनदान दिने कार्य काँग्रेस माओबादी गठबन्धन मार्फत गरिदैछ । उचित समयमा माओबादी केन्द्रलाई तेश्रो शक्ती बनाउँदै जिबनदान नदिने हो भने माओबादी भित्रका बामपन्थी कार्यकताहरु आफ्नो भबिश्य सुनिस्चित गर्न एमाले तिर आकर्षित हुन जाने खतरालाई रोक्न काँग्रेसले माओबादी केन्द्रलाई रणनैतिक रुपमा बोकेको प्रष्टै बुझिन्छ ।बर्तमान समयमा देशका केही मिडिया र काँग्रेस कार्यकर्ताहरु माओबादी केन्द्रलाई जबर्जस्ती जितको प्रचारबाजी भित्र लुकेको चाल भनेको आफ्नो हारलाई लुकाउने र माओबादी केन्द्रको पहिरोलाई रोक्ने नाकामयाब कोशीस हुन भन्ने बुझ्नु अत्याबश्यक भैसकेको छ ।