फ्युचर छैन !
dipendra pandey
एक हुल युवायुवती बसभित्र गफिँदै थिए । उनीहरूको विषयवस्तु नितान्त व्यक्तिगतजस्तो देखिए पनि देशको र खुद उनीहरूको फ्युचरसँग जोडिएको प्रस्ट थियो । उनीहरू एक–आपसमा भन्दै थिए– एक, दुई, तीन नेपाल बसिँदैन । पासपोर्ट बनाइसकेको छु । अब आइएल्सको डेट लिन मात्र बाँकी छ । रिजल्ट आउना साथ एप्लाई गर्ने हो । यहाँ बसेर के गर्ने ? फ्युचर नै छैन !
माथिको घटना कुनै फिल्मको कथावस्तु थिएन÷होइन । पङ्क्तिकारले यात्राको दौरान सुन्न बाध्य भएको तीतो यथार्थ हो । नेपालमा फ्युचर छैन । फ्युचर केवल विदेशमा मात्र छ भन्ने वर्तमान नेपालका युवायुवतीको सोचभित्र जागेको वा जगाइएको चिन्तनले के नेपाल र नेपाली युवायुवतीको फ्युचर समाप्त भइसकेको हो त ? अथवा फ्युचर विदेश बसाइँ सरेकै हो त ? वर्तमान युवायुवतीको नजरमा फ्युचर भनेको के हो ? के–के हुँदा फ्युचर बन्ने हो ? यिनै अनुत्तरित सवालहरू नै लेख लेखिने आधार हुन् ।
२०४७ सालको संविधान जारी हुँदै गर्दा नेपालको संविधानका विशेषताहरू जान्ने र बुझ्ने रहरले नेपाल ल क्याम्पसको स्ववियु कोठासम्म पङ्क्तिकार दौडियो । नयाँ संविधानको प्रति लिँदै कानुनका विद्यार्थी सकारात्मक र नकारात्मक बुँदाहरू केलाउँदै थिए । आफू कानुनको विद्यार्थी नभएको कारण उनीहरूको तर्कहरू आफैँमा दमदार लाग्दथ्यो । छलफलको दौरान एक क्रान्तिकारी विद्यार्थीले भनिदिए– अब नेपालको फ्युचर छैन । तत्कालको निम्ति उनी अल्पमतमा परे । संविधानको कारण कसरी फ्युचर छैन ? उनी यति मात्र भनिरहे । हेर्दै जानुस्– यही संविधान नै कालान्तरमा नेपाललाई सिध्याउने साधन बन्नेछ । आखिर उनको भनाइलाई माओवादी नामको ध्वंसमार्फत प्रयोग गरिएको भनिरहनु परेन ।
बहुमत प्राप्त सरकार गिराउँदै गिरिजाद्वारा अनावश्यक रूपले थोपरिएको संसदीय निर्वाचनपछि सुनियोजित रूपमा सुरु गराइएको माओवादी ध्वंसले सर्वसाधारण त के सभासद्समेत आफ्नो परिवारसहित सहर बस्न बाध्य हुँदै गर्दा फ्युचर नदेख्नेहरू बढ्दै थिए भन्न सकिन्थ्यो । संविधानकै कारण देखाउँदै सुरु गराइएको माओवादी ध्वंसले नेपालको फ्युचर के हुने भन्दा पनि आफ्नो युवा अवस्था कस्तो हुने चिन्ता जाग्दा फ्युचर बनाउन विदेश जाने लहर नै सुरु भयो, नेपालमा ।
जसरी भए पनि फ्युचर बनाएर छाडने एकसूत्रीय नारामा सबैखाले मानिस विदेश ताक्ने फेसन सुरु हुना साथ आ–आफ्नो औकातअनुसार अमेरिका, अस्ट्रेलिया, युरोप हुँदै बाँकीले जता सकिन्छ त्यतै जाने परिणाम नै आजको एनआरएनजस्तो संगठन बन्ने कारण थियो भन्न सकिन्छ । फलस्वरूप आफूले प्राप्त गरेका सम्पूर्ण ज्ञानले आफ्नै देशमा फ्युचर नदेख्ने युवायुवतीहरू विदेशी भूमिमा फ्युचर बनाउन जाने निर्णय आफैँमा अप्रिय र कठिन हुँदाहुँदै सबै मानिस त्यही मार्गमा हिँड्न राजी भए ।
२०४६ को परिवर्तनले केही मानिसको फ्युचर स्वदेशमै बनायो भने बहुसङ्ख्यक युवायुवतीलाई विदेश जानैपर्ने बाध्यता सिर्जना गरियो । पङ्क्तिकार लेखमार्फत नेपाली समाजले देखेका फ्युचरसम्बन्धी केही उदाहरण पस्कने अनुमति माग्दै छु । सुरक्षालाई बहाना बनाउँदै सभासद्पत्नीले भनिन्– बच्चालाई जसरी भए पनि काठमाडौं लाने वातावरण मिलाउनुस् । बच्चाको फ्युचर जसरी पनि बनाउनुपर्छ । पत्नीको भिटो काट्न सक्ने तागत सभासद्सँग थिएन । सरकारी स्कुलको उत्पादन सभासद्पुत्र अङ्ग्रेजीमा कमजोर हुँदा क्लास डिमोसन हुँदै राजधानीको नामचिन बोर्डिङ स्कुल आइपुग्ने कारण त्यही भिटो नै थियो ।
मिहिनेती सभासद्पुत्र शिक्षाकै माध्यमबाट विदेशी भूमिमा स्थापित हुन पुग्दा छोराको फ्युचर बन्यो भन्दै सभासद्पत्नी मख्ख थिइन् । अङ्ग्रेजी र आर्थिक सम्पन्नतालाई फ्युचर मान्ने सभासद्पत्नी त्यतिबेला झसङ्ग भइन् जब बिरामी हुँदै ओछ्यान पर्दा औषधि र पानी दिने मानिस फेला पार्न सकिनन् । विदेशी पीआरले ल्याएको आर्थिक सम्पन्नतामा गुमाएका तमाम भावनात्मक पलहरूको क्षतिपूर्ति पीआर, पैसा र अवसर होइन भन्ने बुझ्नासाथ फ्युचर के हो ? भन्ने सवालले सभासद्पत्नी र पुत्र मर्माहत हुन पुगेको कहानी रोचक लाग्छ नै ।
नेपालको संविधान २०७२ पछि फ्युचर बनाउन कोही विदेश जान पर्दैन भन्ने सोचमा ग्रहण लगाइदिने सातमहिने नाकाबन्दीपछि फेरि पनि संविधानको कारण देखाउँदै देशको फ्युचर बिगार्ने खेल जोडतोडले चलिरहँदा देशको राजनीतिक बेथितिले पिरोलिएका र विरक्तिएका युवायुवती फ्युचर छैन भन्दै हरेक दिन बिदेसिँदै गरेको प्रमाण हेर्न नो अब्जेक्सन लेटर लिने र श्रम स्वीकृति लिनेको भीड हेरे थाहा लाग्छ ।
अनेकौँ हण्डर र ठक्कर खाँदै फ्युचर बनाउन विदेश पुगेका नेपाली युवायुवतीहरू जब सम्बन्धित मुलुक पुग्छन् । २० लाख रुपैयाको जोहो गर्दै अङ्ग्रेजी भाषा परीक्षामा पाँचभन्दा बढी अङ्क ल्याउँदै विदेश पुगेका युवायुवती फ्युचर बनाउन दिनरात खटिन पुग्छन् । नेपालबाट आफ्ना बाबाआमाले के छ खबर ? भन्दा रेडिमेड उत्तर काम नपाउनेहरू भन्छन् । काम खोज्न जान लागेको, काम खोज्दै छु वा काम खोजिरहेको छु । अर्कोतर्फ काम सुरु गरिसकेकाहरू भन्छन्– काममा जान लागेको, काम गर्दै छु कामबाट फर्कंदै छु । तब थाहा लाग्छ । फ्युचर त त्यहाँ पनि छैन ।
दलालमार्फत कामदार भिसामा विदेश पुग्नेहरूको कथा झन् कहालीलाग्दो छ । बेरोजगारी र सोझोपनको फाइदा उठाउँदै दलालमार्फत देखाइएको सपनामा विदेश पुग्ने युवायुवती तब बिउँझिन्छन् जब धेरै ढिला भइसकेको हुन्छ । परिबन्धले पुगेको स्थानमा अपवादमा बाहेक सबै मानिस आँसु पिएर फ्युचर बनाउन लागिपर्दा अनेकौँ समस्यासँग जुध्दै गरेका समाचार दिन प्रतिदिन मूलधारका छापाहरूले पस्किरहेको सिंहदरबारलाई हेर्ने, सुन्ने र बुझ्ने फुर्सत नै छैन । दैनिकजसो काठको बाकसमा आउने युवायुवतीको मृत शरीरमार्फत प्राप्त रकमलाई समेत जीडीपीमा गणना गर्दै राष्ट्रिय आम्दानी बढेको घोषणा गर्ने नेपाल सरकारको असली औकात र हैसियत थाहा पाउँदा बाँकी युजायुवतीले फ्युचर छैन भन्नुलाई जायज मान्नुपर्ने अवस्था देशका लागि कहालीलाग्दो बनिरहेको छ ।
त्यस्तै, दलालमार्फत युरोप पुग्न सफल नेपालीको कहानी पनि कम रोचक छैन । छिर्नु मात्र पर्छ । पुगेपछि कामको कुनै कमी छैन । एक लाख त कहीँ नजा भनेको पत्याउँदै युरोप पुग्नेहरू त्यतिबेला होस खुल्छ जतिबेला सबै डुबिसकेको हुन्छ । युरोप पुग्दा पनि तिनै भारतीय, पाकिस्तानी, बङ्गाली अनि अफगानीको काम पाउन पनि मुस्किल हालत व्यहोर्दा फ्युचर के हो ? बुझ्न नै सक्दैनन् । अनेकौँ जुक्ति बुद्धि लगाएर वा सम्बन्धित देशको परिवर्तित कानुनको फाइदा लुट्दै प्राप्त पीआरपछिको फ्युचर झन् पीडादायी देख्दै, भोग्दै गर्दा फ्युचर छैन भन्ने त थेगो नै भइदिन्छ । हिजो देशमा फ्युचर नदेख्दा युरोप पलायन भएकाहरू नेपालमा मात्र होइन विदेशमा समेत चेपुवामा परिरहेको जताततै सुनिन्छ,देखिन्छ ।
स्वदेशको तमाम विकृति र विसङ्गतिको दलदलबाट उम्केकाहरू आज स्वदेशमा भन्दा विदेशमा चर्को राजनीतिको चेपुवामा परेको अवस्था झन् टीठलाग्दो देखिन्छ । स्वदेशमा फ्युचर नदेख्दै विदेश पलायन भएकाहरू नितान्त निजी स्वार्थका निम्ति खडा गरिएका सङ्गठनमार्फत स्वदेशलाई केवल सर्भिस प्रोभाइडर मात्र बनाउने खेलमा बाँकी सोझा पेपरवालाहरू प्रयोग भइरहँदा उनीहरूको फ्युचर (स्वदेशको) पेपर पाउनुमा होला कि पाएको (विदेशको) पेपर छोड्नुमा होला ? फ्युचर नै दिग्भ्रमित बन्दै छ ।
वर्तमान नेपालका युवायुवती फ्युचर केलाई भन्छन् ? बुझ्नै गाह्रो छ । प्लस टु गर्दै विदेश जान मरिहत्ते गर्ने युवायुवतीहरूले फ्युचर कसरी बनाउँछन् ? प्राध्यापक चैतन्य मिश्र पनि दिग्भ्रमित हुने अवस्था सिर्जना भइसकेको वर्तमान नेपालको फ्युचर युवायुवतीको फ्युचर बन्दाखेरि बन्ने कि देशको फ्युचर बन्दा युवायुवतीको बन्ने ? पेचिलो सवालले जन्म लिइसकेको छ । प्लस टु पास गरेका होनहार युवालाई विदेश नजाऊ भन्नासाथ उनीहरूको बाबुहरू हजार तर्कको झटारो सुन्न बाध्य हुन्छन् । आज देशको हालत गोली सिद्धिएको बन्दुकको जस्तो छ । प्रहरी सङ्गठन छ, प्रमुख छैन । अख्तियार छ, प्रमुख छैन । सरकार छ, अधिकार छैन । अदालती फैसला छ, कार्यान्वयन छैन । उपप्रधानमन्त्री छन्, वरीयता छैन । बजेट छ, खर्च छैन । नेता छ, नैतिकता छैन । काङ्ग्रेस छ, लोकतन्त्र छैन । कम्युनिस्ट छ, समाजवाद छैन । राप्रपा छ, राजतन्त्र छैन । अनि युवायुवतीहरू भन्छन्– हामी छौँ, फ्युचर छैन ।
औपचारिक रूपमा फ्युचर छैन भन्न सुरु गरिएको कहिलेदेखि हो पङ्क्तिकार यकिन साथ तिथिमिति तोक्न सक्दैन । तर, सुरुवात सायद २०१७ सालको ‘कु’पछि भयो होला भन्ने अनुमान लगाउन सकिन्छ । जब युवायुवतीहरू राज्यबाट प्राप्त गर्ने न्यूनतम सुखसुविधाहरू, सुरक्षा, विकास र अवसरहरू देख्दैनन् तब संविधानबाहिरबाट वा देशबाहिरबाट फ्युचर खोज्न विवश हुन्छन् । केवल भौतिक सुखसुविधा मात्रलाई फ्युचर मान्ने वर्तमान वैश्य युगमा आफ्नो स्थान कहीँ–कतै नदेख्दा अवसरहरूको खानी केवल विदेशमा मात्र छ भन्ने सोचको जिम्मेवार को हो ? लम्पसारवादी सरकारसँग सोध्ने जाँगर कसैसँग छैन ।
२०१७ सालमा घाइते बनाइएको नेपालीको फ्युचर ०४८ पछि गिरिजाको हातमा पुग्दा बीपी चेलाहरू गणेशमान र भट्टराईले फ्युचर नदेख्दा काङ्ग्रेस पार्टी नै त्याग्ने स्थिति बन्नुसँगै युवायुवतीको फ्युचर नेपालबाट गायव पारियो भन्दा असहमत हुनुपर्ने कुनै कारण देखिँदैन । वर्तमान अवस्थामा कुर्सीको निम्ति गिरिजापथमा सवार प्रधानमन्त्री प्रचण्ड र कुर्सी कुरुवा देउवाको लम्पसारवादी हर्कतपछि आफ्नो फ्युचर बनाउन देशका एकतिहाइ जनताले डीभी भरेको तथ्यले नेपाली फ्युचरको नाङ्गो रूप प्रस्टै देखिन्छ ।
अन्त्यमा, पूर्वीय दर्शनको अनुभवले भन्छ– फ्युचर न भौतिक वस्तु हो न आध्यात्मिक ! समाजशास्त्रीहरूले देख्ने फ्युचर अध्यात्ममा आधारित भौतिक जीवन हो जसलाई राज्यका सेवा र सुविधामार्फत जीवन्त राखिन्छ । पङ्क्तिकार यो मान्न तयार छ– फ्युचर नेपाल र नेपालीको निम्ति केवल एउटा शब्द मात्र हो । राजनीतिले जब फ्युचरलाई बलात्कार गर्छ । तब फ्युचर बनाउन देशबाट विदेश, विदेशबाट देश फन्को मार्नेहरूले भन्नैपर्छ वर्तमान बनाउन नसक्नेको फ्युचर छैन !