नबराजलाई बली चढाउनेहरु लोकतन्त्रका धमिरा !

सर्बोच्व अदालतको बाध्यात्मक आदेशले बाँधिएको लम्पसारबादी प्रचण्ड सरकारले फेरी एकपटक आफ्नो औचित्य समाप्त भएको पुष्टी गरीदिएको छ । जेष्टता, कार्यक्षमता र कार्यकुशलता जस्ता भाषालाई नबुझ्ने केवल नगद नारायण र गुलामीको भाषा मात्र बुझ्ने बर्तमान प्रचण्ड सरकारले आँखिर गर्न सक्ने अधिकतम काम भनेकै अलोकतान्त्रीक निर्णय हुन भन्ने सबैले जान्ने मौका नयाँ आइजिपी घोषणा संगै थाहा पाए ।

भारत सरकारको इच्छा ,चाहाना र उदेश्य बमोजिम उनीहरुकै राजधानी दिल्लीमा डाक्टर बाबुराम द्वारा बनाइएको नक्सामा ब्राह्बुँदे सम्झौताको जगमा निर्माण सम्पन्न गरिएको लोकतान्त्रीक घरमा बस्ने सौभाग्य कस्ता मानिसहरुले पाए र पाउँदैछन भन्ने तथ्यहरु आममानिसको जानाकारी भित्र पर्दैछन ।नेपाली लोकतन्त्रले केवल इमान्दार मानिसलाई दुख दिने तर बेइमानहरुलाई पुरष्कृत गर्ने कामको सबैभन्दा ठुलो उदाहरण लोकमानसिह कार्की जस्ता पात्रलाई अख्तीयार प्रमुख बनाएको घटना नै काफी छ ।

आफूलाई लोकतन्त्रका मसिहा हुँ भन्ने राजनैतिक नेत्रीत्वले गरेका गल्ती कमजोरी (लोकमान देखी जयबहादुर चन्द सम्मको) सच्याउँदै लोकतन्त्र प्रती अलिकती आषा र भरोषा जगाइ दिने सर्बोच्व अदालतलाई समेत बिबादको घेरामा हाल्न तम्सिने बर्तमान सरकार र काँग्रेस पार्टीको कारण नेपाल प्रहरी संगठनको प्रमुख चुन्ने काम जाना जान बिबादित बनाइयो ।

आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्दै नेपाल प्रहरीको डिआइजी बनेका पात्रहरु नबराज सिलवाल , प्रकाश अर्याल , बमबहादुर भण्डारी र जय बाहादुर चन्दको छबीलाई समेत धुमिल बनाइदिने बर्तमान सरकारको नालायकीको कारण नेपाल प्रहरी संगठन दिशा हिनता र अराजकताको अवस्थामा पुर्याइएको छ । सरकारले आफ्नो सुबिधाको निम्ती उचित लागेको ब्यक्तीलाई उचित स्थानमा राख्न पाउनु पर्ने सर्बमान्य सिद्धान्तलाई लोकतन्त्रको बिधी , परम्परा , मुल्य र मान्यता भन्दा बाहिर गएर गरिने काम लोकतान्त्रीक ब्यबस्थामा स्वीकार योग्य हुँदैन भन्ने मान्यता सर्बोच्व अदालतबाट स्थापित गराइनु पर्ने अवस्था आफैमा लाज लाग्दो देखिएको छ ।

बिश्वब्यापी चलन अनुसार सुरक्षा निकाय र निजामती सेवामा काम गर्ने कर्मचारी हरुको निम्ती चाहिने ब्यबस्थापन कौशल , चरित्र ,कार्यक्षमता , योग्यता , अनुभब , बिशिष्टता ,बरीयता र जेष्टतालाई आधार मानेर पदोनन्ती गर्ने बिश्वब्यापी मान्यता र परम्परा रहिआएको छ । यिनै मेरिटका आधारमा नेपाल प्रहरीका बर्तमान डिआइजीहरु मध्यबाट एकजना आइजी चुनिनु पर्ने अवस्थामा बिधी र परिधी बाहिर गएर खेलिएका अभद्र र अमर्यादित खेलको कारण बर्तमान बिबाद सर्बोच्व अदालत सम्म पुग्न गएको थियो ।

पञ्चायतको पतनसंगै सत्तामा पुगेको काँग्रेस सरकारले सुरु गरेको राजनैतिक हस्तक्षेपलाई ०४८ सालमा गृहमन्त्री रहँदा शेर बाहादुर देउवाले रत्न सम्सेर जबरालाई हटाउँदै सुदुर पश्चिम अछामका मोतीलाल बोहरा आइजीपी बनाइए । देउवा हस्तक्षेपको अनुशरण गर्दै लोकेन्द्र बहादुर चन्द सरकारको गृहमन्त्री बामदेब गौतमले अच्युत कृष्ण खरेललाई बली चढाउँदै ध्रुब बहादुर प्रधानलाई आइजीपी बनाएको रोग बढदै जाँदा प्रचण्ड सरकारले नबराज सिलवाललाई बली चढाएको देख्ने अबसर मिल्दैछ ।

किन चढाइयो नबराजलाई बली ?

नेपाल बलीप्रदान देश हो । हिन्दू धर्मले हुर्कीएको नेपालमा असख्य देबी देबतालाई खुसी राख्न बली दिने प्रथा युगौं पुरानो रही आएको बुझ्न सकिन्छ । बली प्रथा धर्मबाट हामफाल्दै राजनीतिमा प्रबेश गर्दा देशले होनहार प्रतिभाशाली सपुतहरुको बली लिएको इतिहास फेला पर्दछ ।त्यसैको उपज सतीले सरापेको देश भन्ने उखान जनजिब्रोमा झुण्डिन पुगेको पछिल्लो पात्र नबराज सिलवाल हुन भन्न सकिन्छ ।

१७ हजार नेपालीको बली लिने र दिने प्रचण्ड र देउवाको मिलीजुली सरकार भएको बर्तमान नेपालमा सत्ता , शक्ती र नगदको निम्ती आफ्नै सिद्धान्त र चरित्रलाई बली दिन तयार दाहाल देउवाले देशका तमाम राम्रा चिजको बली दिनु आफैमा जायज देखिन्छ ।संबैधानिक निकायका पदाधीकारी ,महाप्रबन्धक , सचिब , राजदूत लगायत उच्च प्रहरी अधिकृत हरुको सरुवा , बढुवा र नियुक्ती नै बोलकबोलमा हुँदै गरेको सबैले सुन्दै आएका हुन ।

अपबादमा बाहेक बढुवामा परेका मानिसहरु तत तत समयमा तात्कालिन सरकारलाई खुशी बनाउँदै पुरस्कृत हुँदै आएको र भैरहेको तथ्यलाई अनदेखा गर्ने सिलवाल आफु कुन देश र परिबेशमा जन्मीएको भुल्नु नै उनको जीबनको लक्ष्यमा ठेस लाग्ने कारण हुन पुगेको छ ।प्रहरी संगठनमा रोलक्रममा पहिलो हुनेलाई प्रमुख नियुक्ती गर्ने आमचलन तोडने ब्यक्ती देउवा नै सत्ताको निर्णायक पात्र भएको अवस्थामा उनले प्रमुखको दाबी गर्नु आफैमा अनुचित थियो ।

कसैको एस म्यान नबन्ने , नेताको ढोकामा सलाम हान्न नपुग्ने, नगदमा बिश्वास नगर्ने , निती, नियम , प्रकृया र कानुनलाई मात्र बिश्वास गर्ने , कार्यक्षमता , कार्यकुशलता बढाउन अधिक समय खर्च गर्ने र आफ्ना प्रतिस्प्रधी हरुलाई सामान्य ढंगले लिने कारण उनी प्रचण्ड र देउवाको नजरमा खतरनाक पात्र बने , बनाइए ।

आफू जन्मीएको देश नेपाललाई लाबण्य देश सम्झ्ने नबराज हात्तीले माला लगाएर राजा चुनेको कथामा बिश्वास गर्ने कारण नगदको निम्ती जे पनि गर्न तयार लम्पसारबादीहरुलाई लोकतान्त्रीक , आदर्शबादी नेता देख्दै लोकतान्त्रीक युगको कल्पना गर्दै आफ्नै क्षमतामा प्रहरी प्रमुख बन्ने उनको निर्णय आफैमा बली योग्य थियो भन्न सकिन्छ ।

सरकारको पहिलो निर्णयमा (जय बहादुर चन्दलाई आइजीपी बनाउने )चित्त नबुझाउँदै सर्बोच्व अदालतको ढोका पुगेका सिलवाल अदालतको परमादेश पछी पनि प्रहरी नियमाबली ,बर्णानुक्रम ,परम्परा ,योग्यता , क्षमता , अनुभब , कार्यकुशलतालाई मध्य नजर गर्दै नयाँ परम्परा बसालीने कल्पना गर्दै थिए । सरकारले चुनाबको मुखमा आइजीपी नियुक्ती गर्न आफ्नो मानिस खोज्नु नेपाली लोकतन्त्रको अहम हिस्सा नै मान्नु पर्छ ।

यस्तो समयमा नबराज न त काँग्रेस बन्न सके , न माओबादी केन्द्र ।अझ उनलाई अलीकती साथ दिने गृहमन्त्री समेत देउवाको कोपभाजनमा पर्दै उनलाई भिराइएको एमाले बिल्ला पछी आइजीपी हुने सम्भाबना कोसौं टाढा पुगेको बुझ्नै सकेनन । उनी एक बिशुद्ध कर्तब्य प्रेमी प्रहरी थिए ।उच्च अबसर प्राप्त गर्न उच्च नेतालाई उच्च किसिमको भेट (नगद ) चढाउनु पर्ने नबस्थापित लोकतान्त्रीक सौन्दर्य लाई नबुझ्नेपन धेरै महगो भएको बिस्तारै बुझ्दैछन ।

आम मानिसहरु प्रकाश अर्याल किन आइ जी पी बनाइए ? प्रश्न गर्दैनन । यहाँ सबाल यो छ कि नबराज सिलवाल किन आइ जी पी बन्नबाट रोकिए ।प्रहरी संगठनको दुरुपयोग गर्दै आफ्नो दुनो सोझ्याउने अलोकतान्त्रीक धमिराहरुबाट नचल्ने ,आफ्नै बुद्धी ,बिबेक र कानून अनुसार चल्ने खोट बिहिन सिलवाल देउवा एण्ड प्रचण्ड कम्पनीको निम्ती कुनै पनि हालतमा उपयुक्त पात्र हुन नसक्नुले प्रकाश अर्याललाई आइ जी पी नियुक्त गर्दै दोश्रो पटक बली चढाइएको हो भन्न सकिन्छ ।

देश , जनता र लोकतन्त्रलाई सखाप पार्ने अलोकतान्त्रीक धमिराहरुको सत्तामा हाली मुहाली चलेको बर्तमान समयमा शुशिला कार्की जस्ता न्याय मुर्तीको फैसलालाई बिभिन्न बहानामा मिल्काइनु , दुरुपयोग गर्नु वा अनदेखा गर्नुले नेपालमा राम्रा , सक्षम , इमान्दार ,योग्य , देशभक्त मानिसहरु कि त बली चढुन कि देश मै नबसुन भन्ने सन्देश जबर्जस्त रुपमा स्थापित गरिदैछ । जब सम्म अलोकतान्त्रीक धमिरा हरु सत्तामा पुग्ने छन तब सम्म नबराजहरु बली चढन बाध्य हुनेछन ।