डाक्टर बाबुरामको चारधाम उपेन्द्र यादब !

“मानिसहरु यसकारण सत्य सुन्न चाहाँदैनन किन कि उनीहरु आफ्नो भ्रम टुटेको हेर्न सक्दैनन “। जर्मन दार्शनिक फ्रेडरिक नित्सेको भनाई आजकल हुबहु नयाँ शक्तीका नेता डाक्टर बाबुराम संग मेल खाँदैछ ।संबिधान जारी गर्ना साथ माओबादी नेता प्रचण्ड संगको २५ बर्षे राजनैतिक संबन्धलाई तिलाञ्जली दिंदै नयाँ शक्ती नामको पार्टी बनाउन देश दौडाहामा निस्कीए ।झुट यस कारण बिक्छ कि सत्यलाई किन्ने तागत र हिम्मत सबैसंग हुँदैन भन्ने मुलमन्त्र लिएर आफ्ना केही पुराना मित्र हरुका साथ युद्ध मैदानमा निस्कीएका डाक्टर बाबुराम नजानिदो ढंगले राजनैतिक चक्रब्युहमा फसेको अनुभब गर्दैछन ।

भारतको साथ लिने र ओलीको बिरोध गर्दै नेपाली राजनीतिमा सिक्का जमाउने उनको खेल सुरु नहुँदै समाप्ती तिर उन्मुख भैरहँदा आफ्नो राजनैतिक जिबनको निम्ती चारधामको खोजीमा निस्कीएका छन । पितृहरुको उद्धारको निम्ती एक पटक पुग्नै पर्ने स्थानहरुको निम्ती हिन्दू धर्मले स्वीकार गरेको चारधाम यात्राको आइडोलोजी आफ्नै उद्धारको खाँतिर उपेन्द्र यादबलाई चारधाम मान्दै पुज्नु पर्ने अबस्थामा पुगेका बाबुरामको बर्तमान बडो टिठ लाग्दो देखीदैछ ।

सम्बृद्धी हाम्रै पालामा सम्भब छ भन्ने डाक्टर बाबुराम कै सम्बृद्धी धरापमा पर्नुले नयाँ शक्ती र संघिय समाजबादी पार्टी एकिकारणको बाध्यात्मक अवस्था कही कतै बुनिएको केही दिन भित्र प्रष्ट भैसक्ने छ ।पुरा देशनै बिकाशको नारामा झुमी रहेको बेला डाक्टर बाबुरामको बिकाशे नारा किन नेपाली जनमानसमा प्रभाबकारी बन्न सकेन ? किन उनी नेपाली समाजको आबश्यक शक्ती बन्न सकेनन ? आँखिर चण्डीगढ र जेएनयूको रोडम्यापले थिच्दै उपेन्द्र यादबको शरणमा पुग्ने उनको दिब्यज्ञानलाई रिमोटको करामत किन देख्छन ? नेपाली जनताहरु ।बाबुराम चारधाम खोज्दै किन उपेन्द्रको शरणमा पुगे ? जान्न र बुझ्न उनको बिगत र बर्तमान एक पटक खोजी गरौं ।

खोप्लाङ देखी जेएनयू सम्म :

गजानन्द भट्टराईका सन्तान हुन बाबुराम भट्टराईको खलक ।गोरखा बेलबास , खोप्लाङ निबासी भोजप्रसाद भट्टराई र धर्म कुमारी भट्टराईको दोश्रो सन्तानको रुपमा ४ असार २०११ मा जन्मीएका बाबुराम एक मेधाबी बिद्धार्थी थिए । एसएलसी र आइएससीमा सर्बप्रथम हुँदै कोलम्बो प्लानमा इन्जिनियरिङ्ग पढन भारतको चण्डीगढ पुगे । २०३४ सालमा ग्र्याजुयट गरे पछी दिल्लीको जेएनयू बाट बाँकी अध्ययन पुरा गरे । द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गरेका भट्टराईलाई भारतबाट विद्यावारिधि गर्न भारतका लागि तत्कालिन् नेपाली राजदूत बेदानन्द झाको ठुलो योगदान थियो । झा तीनै ब्यक्ती हुन जसले सन १९५१ मा नेपाली काँग्रेसबाट अलग हुँदै’नेपाल तराइ काँग्रेस ‘ नामको दल खोलेका थिए । उनको लक्ष्य दक्षिणको इसारामा तराइको स्वायत्तता , हिन्दि भाषा र संघियता स्थापना गर्नु थियो ।

राजनीतिमा प्रबेश :

२०३३ सालमा भारतमा खुलेको नेपाली बिद्धार्थी संघ भन्ने एउटा संगठनलाई बाबुरामले २०३४ सालमा भारतब्यापी बनाउने काम गरे ।भारत अध्ययनको दौरान कुनैपनी राजनैतिक पार्टीको सदस्य नदेखीएका बाबुराम २०३७ सालमा मोहन बिक्रम सिह मार्फत पार्टी सदस्यता लिन राजी भए ।२०४२ सालमा काठमाण्डौ फर्के लगत्तै मसालको काठमाण्डौ जिल्ला सेक्रेटरी र बागमती ब्युरो सदस्य भएर काम सुरु गरे ।गणतन्त्र प्रती झुकाब राख्ने बाबुराम २०४६ सालमा मसाल , मशाल , सर्बहारा श्रमिक संगठन ( रुपलाल बिश्वकर्मा) , शम्भुराम समुह , कृष्ण दास समुह संग मिल्दै पञ्चायतको बिरुद्ध संयुक्त राष्ट्रीय जनआन्दोलन नामक मोर्चा बनाउँदै आन्दोलनमा सहभागी भए । २०४७ सालमा मोहन बिक्रम सिह संग बिद्रोह गर्दै “फोरम फर युनिटी ” बनाए । केही समय पश्चात एकता केन्द्र संग आबद्ध हुन पुगे । जुन पछी गएर नेकपा माओबादी बन्दै ध्वंसको राजनीति मार्फत राजनीतिमा स्थापित हुन पुग्यो । संबिधान निर्माण संगै एमाओबादी पार्टीलाई थोत्रो र भत्केको घरको संज्ञा दिदै नयाँ शक्ती नामको पार्टी निर्माण गर्दै राजनैतिक स्टण्टबाजी गर्दैछन ।

बाबुरामको दिल्ली कनेक्सन :

जे एन यू अध्ययनको दौरान भेटेरान भारतिय प्रोफेसरहरु मार्फत भारतिय सत्तासंग हिमचिम बढाउने मौका पाएका बाबुराम अन्तत माओबादी ध्वंसको समयमा दिल्लीको आशिर्बाद लिन सफल भएको खुलासा उनकै गुरु एसडी मुनीले छताछुल्ल बनाइ सकेका छन । माओबादी ध्वंसकै समयमा माओबादी सुप्रीमो प्रचण्ड मार्फत कारबाही भोग्दै श्रम शिबिर पुर्याइएका बाबुराम भारतको दबाबको कारण बच्न सफल भएको मान्न तयार छन ।

तात्कालिन एमाओबादी नेता प्रचण्डले ललितपुरको खन्ना गार्मेण्टमा बाबुरामलाई भारतिय कारिन्दा बताइ रहदा डाक्टर बाबुराम धोबीघाट काण्ड रच्दै भारतको निगाहमा नेपालको ३५ औं प्रधानमन्त्री सम्म बन्न सफल भएकोले उनको दिल्ली कनेक्सन मजबुत रहेको सबैले स्वीकार गर्ने गर्छन ।भारतिय सत्ताका बिश्वास प्राप्त बाबुराम प्रधानमन्त्रीको रुपमा भारतलाई लगाउन सक्ने गुन केवल बिप्पा संझौतामा सिमित हुँदा संबिधान निर्माण मार्फत भारतको सेवागर्न असफल हुनुले नयाँ भारतिय प्रयोगशालाको मोहरा बन्दै नयाँ शक्तीको जन्म गर्न बाध्य भएका हुन भन्ने आरोप उनकै पार्टीबाट निस्कासित निर्मल भट्टाराई मार्फत छापामा आउनुलाई बाबुरामको सहयोगी करीष्माले पुष्टी गरीदिएकी छिन ।

तनाबमा बाबुराम :

ठुलो तामझाम र हल्ली खल्ली बिच पूर्वप्रशासक र पूर्व एमाओबादी पार्टीका आफ्ना भक्तहरु लिएर निर्माण गरिएको नयाँ शक्ती पार्टी केवल मिडियाबाजीमा सिमित भएको महशुस बाबुरामले गर्न पुगेका छन ।राम्रो (टेलिभिजन) बक्ताको छबी बनाएका मुमाराम खनालको पार्टी त्यागलाई स्वभाबिक रुपले लिएका बाबुराम रामेश्वर खनालको राजनैतिक सन्यास पछी पार्टीमा आउने पहिरोको संकेत निर्मल भट्टराई , चन्द्रदेब ओझा , हरिराम दाहाल , मोहन बमलाई पार्टी कार्बाही गर्दै रोक्न चाहान्छन ।

डाक्टर बाबुरामको निरंकुस शैली र अपारदर्शी भारतिय कनेक्सन प्रती उठेका बाँकी औंलाहरु बेद लिम्बु (भर्खरै नयाँ शक्ती त्यागेका ) , मुनिन्द्र बस्नेत , अशोक ढुगेल , सहदेब न्यौपाने र युबी घिमीरेलाई रोकी राख्न दिन प्रतिदिन कठिन हुँदै गर्दा उनी तनाबमा डुबेका छन । प्रचण्ड सरकारले स्थानिय चुनाबको घोषणा संगै उनको मुखबाट निस्कीएको सर्बपक्षिय सरकार , संबिधान संसोधन बिना चुनाब असम्भब र चुनाब चिन्ह नपाए निर्बाचन नै हुन नदिने बहुलट्ठी भाषणले पार्टीको आन्तरिक क्षयीकरण हुँदैगर्दा थुप्रै नेता तथा कार्यकर्ताको धमाधम पार्टी त्यागले अकल्पनिय तनाबबाट गुज्रदैछन ।

उपेन्द्र यादबसंग एकीकरणको चर्चा :

संधै प्रत्यक्ष कार्यकारीको वकालत गर्ने डाक्टर बाबुराम आउँदो नयाँ साल संगै उपेन्द्र यादबको सेरेमोनियल अध्यक्ष बन्दै पार्टी एकिकरण गर्ने महाअभियानमा लाग्नुले उनको हैसियत के रहेछ भन्ने आम मानिसले जान्नेछन । स्वधिनता , समाजबाद , समतामुलक समाबेशी लोकतन्त्र , सदाचार र सम्बृद्धी ( पाँच “स” ) को बिचल्ली नहोस भन्न बाहेक केही गर्न नसक्ने स्थीतीमा कार्यकर्ता पुग्नुले भबिश्यमा कुन तागतले के के गराउने हो ? हेर्न आँतुर राजनीतिको चेपुवामा बाबुराम कहाँ पुग्ने हुन केही दिन कुर्नु पर्नेछ ।

संघियता भनेको नयाँ घर बनाउनु हैन । भएकै घर भित्र कोठा बनाउनु हो भन्ने बाबुरामको सिद्धान्तमा मुल ढोकाको महत्व र जिकिर कही कतै उल्लेख नगरिनुको असली मकसद पार्टी एकता मार्फत खुल्नेछ भन्न सकिन्छ । कुनै जमानाको मसालका कार्यकर्ता बाबुराम आज पनि यादबको चुनाब चिन्ह मसाल लिन पाउनुलाई ठुलो उपलब्धी देख्दै गर्दा उनले पढेको मार्क्सबाद आज रछान पुगेको मान्न सकिन्छ ।

ध्वंस र हिंसा मार्फत आफ्नो कथित चाहाना पुरा गर्ने उनको मार्क्सबादी शैली पछिल्लो समय गुलामी , धम्की, घुर्कीमा बदलिएको देखिन्थ्यो ।जनतामा बिकाशे भ्रम छर्ने र देशलाई अनाबश्यक अजेण्डामा धकेल्दै आफ्नो औचित्य अझै नसकिएको प्रमाणित गर्ने काइदा नबिक्ने स्थीतीमा पुग्नुले उपेन्द्र यादबको शरणमा पुग्न बाध्य भएका हुन भन्न सकिन्छ ।

माओबादी ध्वंस कालिन रत्नाकरहरु असिमित आर्थिक र भौतिक क्षती गर्दै नेपाली जनतासंग माफी समेत नमागीकन बाल्मिकी बन्ने काइदा नबिक्दा डाक्टर बाबुराम अकल्पनिय क्षतीबाट बच्ने उपाय खोज्दै जाँदा उपेन्द्र यादब “डुब्नेको निम्ती सिन्का सहारा” भनेजस्तो भैदिएका छन ।

डाक्टर बाबुरामको भबिश्य र चारधाम :

डाक्टर बाबुराम एक महत्वकाँक्षी ,तिब्र संबेदनसिल ,हठधर्मी ,प्रसिद्ध हुन जतीसुकै गिर्न तयार , सेलीब्रेटी जिबन शैलीका भोका मानिस हुन । बुर्जुवा शिक्षाको माध्यमबाट समाजबादी सत्तामा डेरा जमाउने उनको प्रयोग आँसिक रुपमा मात्र सफल हुनाले भित्र भित्रै आन्दोलित थिए । संधै सेलेब्रेटी बन्ने चाहानामा आफ्नै सहकर्मी बाधक हुंदैगर्दा प्राध्यापक डाक्टर सुरेन्द्र केसीले देखेको उनको चारधाम जेएनयू को प्रोफेसर हुनुमा नै थियो । अस्थायी रुपमा उपेन्द्र यादबलाई चारधाम मान्न तयार बाबुरामको भबिश्य एउटा निती कथा संग मिल्न जाँदा कथा पस्कने अनुमती माग्दछु ।

पानीमा बस्ने भ्यागुता र दूलोमा बस्ने मुसाको दोस्ती यती प्रगाढ भयो कि उनीहरु एकआपस बिना आफ्नो अस्तित्व नभएको महशुस गर्न पुगे । फलस्वरुप एकदिन भ्यागुता र मुसाले एउटा डोरी दुबैको एक एक खुट्टामा बाध्न राजी भए ।आफ्ना आफ्ना स्वार्थले जेलिएका भ्यागुता र मुसाको दोस्तीले निम्त्याएको सम्बन्ध डोरीको सहारामा अगाडी बढाउन दुबैको बाध्यता बनेको तब खुल्यो जब भ्यागुताले पानीमा हामफाल्यो ।

खुट्टामा बाँधिएको डोरीले लतारिदै मुसो पनि पानीमा डुब्न पुग्यो ।बडो सकस र कठिनाई पार गर्दै पाखा लागेको मुसो हेर्दै भ्यागुता खुशी हुँदैगर्दा एउटा ठुलो चिलले मुसालाई टिप्दै आकाशमा उडदा भ्यागुतापनी आकाश पुग्न बाध्य भयो । चिलको सिकार बन्दै मुसा पछी प्राण त्याग्ने भ्यागुताको कहाँनी उपेन्द्र यादबलाई चारधाम मान्न राजी हुँदा बाबुराम कै निम्ती बनेको (कथा) मान्नेहरु नयाँ शक्ती पार्टी भित्र प्रशस्त भेटिन्छन ।

नीति कथाका भ्यागुता र मुसाको हालतमा पुगेका डाक्टर बाबुराम र उपेन्द्र यादबको लक्ष्यको श्रोत र गुरु ( दक्षिण र बेदानन्द झा ) एकै रहेको सबैले बुझ्न पाउँदै गर्दा डाक्टर बाबुराम नामको प्रयोगशाला बन्द गरिने तयारी हो भन्न करै लाग्दछ । पुष्पलालको पूर्व चेला उपेन्द्र र मोहन बिक्रम सिंहका पूर्व चेला बाबुरामको मार्क्सबाद एउटै रहेको खुल्दै गर्दा बाबुराम संगै चारधाम जानेहरुको संख्या दिन प्रतिदिन घटदैछ । डाक्टर बाबुरामको बाँकी जिबन यादब आश्रममा बस्दै “गुरु बेदानन्द झा र म” नामक आत्मकथा लेख्नुमा हुनेछ भन्न सकिन्छ । - See more at: http://nepalpati.com/bichar/baburam-bhat…