‘द बोइल्ड फ्रग’ प्रधानमन्त्री प्रचण्ड !

एउटा भ्यागुतालाई चिसो पानीले भरिएको भाँडोमा राखौं । पानीले भरिएको भाँडोलाई बिस्तारै तताउन सुरु गरौं ।भ्यागुता बढदै गरेको तापमान संग आफ्नो शरिरको तापमान समायोजन गर्न सुरु गर्दछ । निरन्तर तात्दै गरेको भाँडोको तातो पानीमा रहेको भ्यागुता एकसमय यस्तो अवस्थामा पुग्छ कि उसले तातो पानीसंग आफूलाई एडजस्ट गर्न असमर्थ हुन्छ । जसको कारण भ्यागुता पानीबाट बाहिर निस्कन कोशीस गर्छ तर असमर्थ हुँदै तातो पानीको भाँडोमा बस्न बाध्य हुन्छ । भ्यागुता यस कारण भाँडाबाट उफ्रन सक्दैन कि उसले आफ्नो शरिरको तमाम शक्ती र उर्जा बढदै गरेको तापमान संगै मिलाउनमा खेर फाली सकेको हुन्छ । फलस्वरुप भ्यागुताले बढदै गरेको तापमान युक्त पानीमा तडपी तडपी मर्नु पर्दछ ।

आँखिर भ्यागुता किन मर्छ ?

धेरैजसो मानिसलाई लाग्न सक्छ कि भ्यागुताको मृत्यु गरम पानीको कारण भएको हो । तर वास्तबिक सत्य यो हो कि भ्यागुताको मृत्यु सही समयमा पानीबाट बाहिर ननीस्केको कारण हो ।यदी भ्यागुता सुरुमा नै भाँडो बाट बाहिर निस्कने प्रयास गर्थ्यो भने सजीलो संग निस्कन सक्थ्यो ।

माथीको बोइल्ड फ्रगको कथा नेपाली राजनीतिका धुर्त खेलाडी बर्तमान प्रधानमन्त्री प्रचण्ड संग ठयाक्कै मेल खान्छ । सत्ता राजनीतिको चरम प्रभाबमा बिदेशी द्वारा भरमार प्रयोग गरिएका प्रचण्डको पछिल्लो अबधी तातो पानीको भाँडोमा बसेको भ्यागुताको भन्दा केही फरक देखीदैन ।

मधेषसंग लभ गर्ने प्रचण्ड ओली संग पारपाचुके गर्दै किन बोइल्ड फ्रग हुन राजी भए ? आँखिर कुन त्यस्तो तिलस्मी शक्ती थियो ,जसले उनलाई यो हालतमा ल्याइ पुर्यायो ? सबै कुरा जान्दा जान्दै ,भारतिय कुटिल चाल बुझ्दा बुझ्दै किन भ्यागुता बन्न राजी भए ? प्रचण्डलाई राम्रो संग बुझ्न एक पटक केही बिषयमा ध्यान दिनु जरुरी ठान्दछु ।

प्रचण्डको बिगत :

धेरै मानिसलाई लाग्न सक्छ , प्रचण्ड महान क्रान्तीकारी नेता थिए । भारतको संगतको कारण बरबाद भए । वास्तबमा प्रचण्ड एक खुँखार अबसर बादी थिए । आफ्नो स्वार्थको लागी जे गर्न र जोसंग पनि मिल्न सक्ने गुणका कारण बाबुरामको पछी लाग्दै दिल्ली दरबारको नुन खान तयार उनको बिगत हेर्दा प्रष्ट झल्किन्छ । सत्ता र सक्तीको निम्ती पैसा चाहिन्छ भन्ने गुरुमन्त्र प्रचण्डको सिद्धान्त थियो र हो भन्ने प्रमाण लोकमान संग सेटिङ मिलाउँदै क्यान्टोनमेन्ट काण्डको अनुसन्धान टाल्न सफल हुनुले खुली सकेकै छ । दिल्लीको "नुन" खाँदै नेपालमा १७ हजार नेपालीको "खुन " बगाउँदै जोडेको "सुन" ले पोल्दा प्रचण्ड भारतिय पानीको भाँडोमा बस्न तयार भएका हुन भन्ने हरुको तर्कमा वजन देखिन्छ ।

नेपाली इतिहासबाट अत्यन्त प्रभाबित :

नेपाली इतिहासको अनेकौं काल खण्डमा घटेको ठुला ठुला अपराध , हत्या र भष्ट्राचारका घटनाहरुलाई मिहिन ढंगले अध्ययन गरेका प्रचण्ड इतिहासबाट बहुतै प्रभाबित थिए । साना साना घटनामा निर्दोषलाई सजाय दिने ठुला र जघन्य अपराधीलाई पुरस्कृत गर्ने नेपाली राजनैतिक इतिहास धोका , षडयन्त्र , जालझेल , तिकडम बाट चल्दै आएको र चली रहेको कुरा फ्रचण्डले नजान्ने , नबुझ्ने र नपढने कुरै भएन ।

नेपाली इतिहासको कमजोरीबाट अत्यन्त उत्साहित प्रचण्ड इतिहासले कोरेको गोरेटो पछ्याउँदै प्रधानमन्त्रीको कुर्षी सम्म पुग्न कती घाटका पानी पिए, कस्ता कस्ता अपराध गर्न तयार भए भन्ने पछिल्लो कार्यकाल हेरे घाम जत्तिकै छर्लङ भैसकेको छ । उनलाई महान क्रान्तीकारी मान्नेहरुले के कुरा बुझ्न चाहेनन भने उनी साँच्चीकै क्रान्तीकारी र जनताको निम्ती लडने योद्धा हुन्थे भने न त दिल्लीले बास दिन्थ्यो , न जिबित नै हुन्थे । सामान्य ढंगले नेपाली जनताको पक्षमा लाग्ने राजा बिरेन्द्र र मदन भण्डारी समेत अकाल र अनाहकमा मारिएको नियतीबाट उनी कसरी अछुतो रहन सक्थे ? त्यसैले पुरा पुर भन्न सकिन्छ, इतिहासबाट फाइदा लिन माहिर प्रचण्ड बोइल्ड फ्रग बन्न राजी हुनुको अर्थ बिरेन्द , मदन को बाटोमा नपुग्नु नै हो ।

इगो समस्या :

सोह्रबुँदेको जगमा जारी गरीएको संबिधान लाई अलपत्र छाडदै तीनबुँदे गर्न र गराउन त्यस्तो कुन दिब्य ज्ञान प्राप्त भयो ? एस जय शंकरसंग लडने र भिडने तागत कोबाट कसरी गायब पारियो ? भन्नेकुरा जबसम्म नेपाली जनताले थाहा पाँउदैन तबसम्म नेपाली राजनीति देश देशको र ब्यक्ती ब्यक्ती बिचको इगोमा चल्ने र चली रहने निश्चित छ । संबिधान जारीहुँदै गर्दा भएको भद्र सहमतीलाई लत्याउँदै अगाडी बढेको वा बढाइएको राजनीतिको इगो ब्यबस्थापन पनि भारतिय सत्ताको हातमा पुगेको तितो सत्य प्रचण्ड र ओलीको बिगत र बर्तमानको केमेष्ट्री हेरे बुझ्न सकिन्छ । समकालिन राजनीतिमा एकले अर्कालाई मान्न नसक्ने वा स्वीकार गर्न अन्तकतै मुख ताक्नु पर्ने स्थीतीको कारण प्रचण्ड बरु चारधाम तीरै जाने पशुपतीको मात्र भर नपर्ने कारण बोइल्ड फ्रग बन्न राजी भए भन्न सकिन्छ ।

जनता किन प्रचण्डलाई बोइल्ड फ्रग मान्न तयार छन ?

वास्तबमा ओली सरकार, प्रचण्ड कै जोडबलमा बनेको थियो । भारतिय नाकाबन्दीको बिच बनेको ओली सरकार भारतको अनुचित मागलाई संबिधानमा समाबेस गर्न राजी भएन । संबिधान जारीगर्ने बेलातिर र संबिधान जारी पछी सैनिक मञ्चबाट भारतको बिरुद्ध कुर्लदा प्रचण्ड पनि लोकप्रिय बन्दै थिए । सुगौली सन्धी पछी एकतर्फी भारत तिर ढल्किएको नेपाली सत्ताको तराजु नाकाबन्दी कै बिच ओली सरकारले चिनसंग पारबहन सन्धी गर्दै (तराजु ) सिधा गरेको कुरा पछी ओलीलाई बिदादिने तयारी तिब्र पारेको जग जाहेर छ ।

फास्ट ट्रयाक आफै बनाउने , चिनसंग रेल सञ्जालमा जोडिने , देशभित्र बिभिन्न खानीको अनुसन्धान गर्ने ,लगायत लोकप्रिय बजेट ल्याउँदै संबिधान कार्यन्बयनको मार्गमा अग्रसर भैरहेको समयमा नितान्त कपोल कल्पित आरोप लगाउँदै आफ्नै नेतृत्वमा सरकार बनाउन तयार प्रचण्ड चौतर्फी रुपमा असफल भैसकेका छन ।

आफू र आफ्ना साथी हरुलाई युद्ध अपराधमा हेग पुर्याउने काम ओलीका सहयोगी मार्फत अगाडी बढाइयो । भूकम्प पिडितलाई रकम बितरणमा सरकार चुक्यो र मधेषी मोर्चालाई मुलधारमा ल्याउँछु भन्दै सत्तायात्रा सुरु गरेका प्रचण्डले न त भूकम्प पिडितको उद्धार गर्न सके न आफू र आफ्ना साथीका युद्ध अपराधका घटना मिलान गर्ने कोशीस नै गरे । मधेषी मोर्चाको माग त केवल सत्तामा पुग्ने भर्याङ मात्र बनाए ।

फास्ट ट्रयाकको काम शुन्य स्थीतीमा पुर्याउने , चिनिया राष्ट्रपतीलाई नेपाल आउन नदिने केवल कागजमा मात्र बिदा दिने , ओली सरकारले सुरु गरेका खानी अनुसन्धान काम बन्द गर्ने ,देशलाई पुन : भारत बेष्टित बनाउने खेललाई सफलता पूर्वक सम्पन्न गर्दै गर्दा उनको राजनैतिक जिबन बोइल्ड भ्यागुता बनाइएको मान्न सबै तयार छन ।

दुबिधामा भारत :

वास्तबमा भारत नेपाली संबिधान रुचाउँदैन । संबिधान कै कारण नाकाबन्दी जस्तो अप्रीय निर्णय लिन तयार भारतिय सत्ता आफ्नो स्वार्थ प्रती प्रष्ट छ । प्रचण्ड सरकारको जन्म आफ्नो स्वार्थ पुर्तीको निम्ती थियो र छ भन्ने जगजाहेर नै छ । संबिधान संसोधन बिना नेपालमा चुनाब सम्पन्न हुन दिंदा बर्तमान संबिधान कार्यान्बयनमा जाने निश्चित छ ।

त्यस्तो अवस्थामा प्रचण्ड बोइल्ड फ्रग हुन बच्लान तर भारतिय लगानी र प्रतिष्टा डुब्ने निश्चित छ ।प्रचण्ड बचाउँदा नेपाली संबिधान कार्यान्बयनमा जाने , संबिधान मर्दा प्रचण्डको राजनैतिक जिबन समाप्त हुने स्थीती खडा भएकोले भारत ठुलो दुबिधाबाट गुज्रीएको पाइन्छ । आफ्नो निम्ती हरतरहले काम गर्ने लम्पसारबादी प्रचण्ड गुमाउन नचाहेको भारत अर्को लम्पसारबादी तत्काल नमिल्दा पर्ख र हेर को स्थीतीमा रहेको छ भन्ने बिश्लेषकको धारणा छ ।

प्रचण्डको चिन मोह :

प्रधानमन्त्रीको रुपमा पहिलो पटक चिन जाँदा भारत रिसाएको घटना पछी कटुवाल काण्ड रचियो भन्ने प्रचण्ड भारत कै सहयोगले प्रधानमन्त्री बन्न सफल भए । जिबन भर कमाएको सबै मिथहरु बोइल्ड भ्यागुता बन्दै सखाप भएको बुझ्दै गर्दा आफ्नो कार्यकालको करीब करीब अन्तीम समयमा चिनिया राष्ट्रपतीको दर्शन गर्न लालायित छन । भारतिय स्वार्थ अनुरुप चिनिया राष्ट्रपती सि लाई नेपाल आउने बाताबरण बनाउन नसकेको अपराध बोधले भित्र भित्रै पिल्सिएका प्रचण्ड राष्ट्रपती सि संग माफी माग्दै राजनैतिक जिबन लम्ब्याउन चाहान्छन । राष्ट्रपती सि संग भेटघाट गर्दै आफ्ना पार्टी कार्यकर्ता र नेपाली जनतालाई भ्रामक सन्देश दिंदै आफ्नो औचित्य अझै नसकिएको देखाउन चाहान्छन । समय अभाबका कारण सि नेपाल आउन नसकेकोले म आफै चिन जाँदै सि लाई भेटन सफल भएको छु भन्दै आत्मरतीमा रमाउने प्रचण्डको सि मोह गजबको छ भन्ने देखीदैछ । चिनिया राष्ट्रपती सि संग भेटन मरीहत्ते गर्ने प्रचण्ड भारतको चुक्ली काटदै फेरी पनि चिनिया पक्षको सहानुभूती प्राप्त गर्ने र चिनिया स्वार्थको खाँतिर आफू दृढ भएको जानाकारी दिदै चिनको समर्थन पाउने आषामा लोभीएका छन ।

असफल मानिसहरु बच्नको निम्ती समस्या आउना साथ लक्ष्य बदल्न तयार हुन्छन भन्ने नेपालको राजनीतिको निम्ती कुनै नयाँ र नौलो कुरा हुँदै होइन । भारतले नचाहेको काम निर्बाचन घोषणा पछी मधेशी मोर्चाको समर्थन गुमाएका प्रधानमन्त्री प्रचण्ड भारतिय तातो पानीको भाँडोबाट उफ्रीन सक्ने सामर्थ्य गुमाउँदा कमल थापाको शरण परेको कसैबाट छीपेको छैन ।

गच्छेदारले समेत सरकारमा जान खुट्टा उचालेको समयमा गृहमन्त्री निधीले बरियता बिबाद झिक्दै सरकार छोडने धम्की पछी प्रचण्डको चिन मोह जाग्नुले " बिच बाटोबाट फर्कनुको कुनै फाइदा छैन किन की फर्कदा पनी उत्तिकै दूरी तय गर्नुपर्छ भन्ने मन्त्र" लाई बुझेका प्रचण्ड चिन जान मरीहत्ते गर्नुले चिनको साथ लिदै भारतिय बोइल्ड भ्यागुता बन्नबाट जोगीने अन्तीम कोशीस हो भन्ने हरुको तर्कलाई मान्नु पर्ने देखिन्छ ।