ओली राष्ट्रवादको दोश्रो इनिङ्ग !
यात्राको क्रममा दुई बृद्धहरुको रोचक संवाद पङ्तीकारले सुन्यो । ए तपाँई पनि ओली भक्त ! एक बृद्धले अर्को बृद्धलाई जवाफ दिए । म ओली भक्त हैन । बिजय कुमार र सौरभ समेत ओली भक्त भैसकेको देशमा तपाँई अझै बाँकी ? अर्को बृद्धको रोचक जवाफले पङ्तीकार उनीहरुकै नजिक उभिन पुग्यो । त्यसो भए, महाकाली सन्धीमा ओलीको डिजाइन र भूमिकालाई आँखा चिम्लेका हुन त ? बिजय कुमार र सौरभले । बृद्धहरु मस्तसंग गफिदै थिए । वास्तवमा ओली भूतपूर्व भारतीय भक्त हुन । भारतीय नाकाबन्दीको डटेर सामाना गर्ने ओलीको बिरोध पुरानै पाराले गर्नु उनलाई भारतीय कित्तामा धकेल्नु हो ।
आफ्नो जीवनको दोश्रो इनिङमा सवार बृद्धले ओली भक्त नहुँदा पनि ओलीको कदमलाई बचाउ गर्नुलाई अझ प्रष्ट पार्दै थिए । म चाहान्छु, भारतीय कित्तामा उभिएका भुतपूर्व भारत भक्तहरु नेपाल भक्त बनुन । हामीले ओलीलाई महाकाली कै सेरोफेरोमा राखिरहँदा उनी माथी अन्याय हुनेछ । त्यसैले उनलाई ‘पारी बाट वारी’ ल्याउन गरिएका काम नै ओली भक्त देखिनुका कारण हुन । अझ प्रष्ट भाषामा ओलीलाई भारत भक्त वा मोदी भक्त हुन नदिने चाल नै ओली भक्त हुनुको असली कारण हो भनेर तँपाईले बुझ्नु भयो भने हाम्रो कामले सफलता पाउने छ ।
एमाले नेता ओलीको पहिलो इनिङ धेरै उतार चढाबबाट गुज्रेको जान्ने बुझ्ने मानिसहरु भन्छन । करीब १४ बर्षको जेल जिबन पश्चात २०४४ साल पुषबाट माले पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुँदै पञ्चायत फाल्न कस्सिए । पञ्चायतको पतनपछी सम्पन्न ०४८ को निर्बाचन पश्चात सांसद भए । प्रजातन्त्र प्राप्ती पछीको पहिलो जननिर्वाचित गृहमन्त्री शेरबहादुर देउवाले ८ बर्षे बच्चा अनिस शक्य देखी ७० बर्षिय बसिर मियाँ अन्सारी सम्मको हत्या गर्दै पुलिस प्रशासनलाई पञ्चायत कै जस्तो बनाई दिए । ०५१ सालमा बनेको एमाले सरकारको सफल गृहमन्त्री बन्दै आफ्नो कार्यकालमा हत्या हिंसा बिना पनि सरकार चल्न सक्छ भन्ने प्रमाणित गरी दिए ।
मदन भण्डारीको मृत्युले राजनीतिको अग्रभागमा आउन सफल ओली भारत भक्त बन्दै प्रधानमन्त्री बन्ने चाहानाको उपज महाकाली सन्धीमा चुकेको कुरा जानकारहरु बताउँछन । प्रधानमन्त्रीको कुर्सीमा पुग्दा भारतिय सत्ताको अनुपयुक्त दवाबको सामु नझुक्दै नेपाल र नेपाली जनताको शीर उचो राख्न सफल ओली कार्यकालको बारेमा गत माघ १४ गते विमोचन गरिएको पुस्तक ‘म प्रधानमन्त्री हुँदा’ को समारोहमा ब्यक्त विचार संग अपरिचित बृद्धको भलाकुसारी मिल्न पुग्नु नै लेख लेखिने आधार हुन ।
एमाले महासचिवलाई दर्शक दीर्घामा राख्दै नयाँ ढंगबाट पुस्तक बिमोचन कार्यक्रममा उपस्थीत अनुहारहरु अश्विन पुडासैनी, चरण प्रसाई, कृष्णमुरारी भण्डारी, श्रीकृष्ण अनिरुद्र गौतम, बिजय कुमार पाण्डे र सौरभको सारगर्भित भनाई सुन्दा रोमाञ्चित मन भन्दा बसमा सुनेको बृद्धको राजनैतिक चेतना कम छैन भन्ने पङ्तीकारको धारणा छ । पूर्वप्रधानमन्त्री ओलीको पहिलो इनिङ्गलाई निष्पक्ष ढंगबाट केलाउने कृष्णमुरारी भण्डारीले ओली दक्षिण एसियाका राजनेता समेत भन्न भ्याए । उनकै पदचापलाई पछ्याउँदै श्री कृष्ण अनिरुद्र गौतमले ओली देशको आत्मविश्वास फर्काउने नेता भन्नुको आधार प्रधानमन्त्रीको कार्यकालमा भारतसंग निडर रुपमा प्रस्तुत हुनुलाई मानेको देखिन्छ । साथै जस्तै प्रतिकुलताको बाबजुद पनि जनतामा उत्साहको रक्त सञ्चार जगाउन सकिन्छ भन्ने देखाउनु नै हो भन्ने मान्न सकिन्छ ।
जीन्दगीमा हतपती कसैलाई प्रशंसा नगर्ने सौरभले ओलीको राष्ट्रवादी अडानसंग नतमस्तक हुँदै भने । आफू जन्मीएको तेह्रथुमको पुरानो घर किन्ने ओली कदमलाई माटोको माया देख्न पुगे । जसलाई आफू जन्मेको माटोको माया लाग्छ, उसले देशलाई माया गर्छ । प्रचण्डको वाइसिएलसंग बदला लिन निर्माण गरिएको युथ फोर्सका गतीबिधीको जन्मदाता, युवा संघको पाखुरे संस्कृतीको संरक्षक र महाकाली सन्धीको बिगत बिर्सनुको मतलब सौरभले ओलीमा जागेको माटो भक्तीलाई मानेको हुनु पर्दछ ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई संगको संगतको असरले होला एमाले अध्यक्ष ओलीको बिगतलाई (१४ बर्षे जेल जीवन) सम्झदै बिजय कुमारको मनले हाँसो भित्र पनि पीडा फेला पार्न सक्यो । बालुवाटारको कोठा कोठामा रक्सी पीएर वान्ता गरेका बिजय कुमारलाई ओलीले न रक्सी पिलाए न वान्ता नै गराउन सके । कृष्ण प्रसाद हुँदै देउवा सम्मले सफलता पाइसकेको मार्गमा ओली असफल हुनुको कारण स्वंयम बिजयकुमार नै हुन । किन कि उनी अहिले रक्सीबाट अघाई सकेका छन । ओलीलाई जीवन भर माननिय भन्न तयार पाण्डेले मन नलागी नलागी ओलीका तात्कालिन राजनैतिक सल्लाहकार बिष्णु रिमा संग उपहार स्वरुप चिया लिन तयार भए ।
बालुवाटारमा पाण्डे प्रबेश गर्दा रुख रोपेर मात्र ओलीसंग भेट गराइएको किस्सा सुनाउदै पाण्डेले भने,‘ कुनै दिन बिजयकुमार आएको थियो । पछी पछी वालुवाटार आउँदा जाँदा किन आएको भनी कसैले प्रश्न गर्दा आफूले रोपेको बृक्ष हेर्न भन्न पाइन्छ भन्नेतर्क आफैमा रोचक र मिठास पुर्ण हुने नै भैहाल्यो ।’ रसिक स्वाभावका ओलीतर्क बिजयकुमारले पुरस्कार स्वरुप ग्रहण गरिदिए ।
ओली पैँचो तिर्न पुस्तक विमोचन कार्यक्रममा पुगेका बिजयकुमारले भने, ‘सपना, महत्वकांक्षा र उदेश्य फरक कुरा हुन । सपना, महत्वकाक्षा र उदेश्यको फरकपन केलाउने खुबीले भरिपुर्ण पाण्डेले नेपाली उखान ‘बोल्नेले गर्दैन गर्नेले बोल्दैन’ भन्नेलाई ओलीप्रती लक्षित गर्दा स्वयम् ओलीले पनि अब नबोल्ने केवल गर्नेतिर मात्र ध्यान दिएको बुझ्न सकिन्छ । बिजयकुमार द्वारा सुनाईएको नेपाली उखानलाई सम्मान गर्दै कार्यक्रमको अन्तीममा प्राप्त समयलाई केवल तीन मिनेटको मन्तव्यले बिट मार्नुको संकेत बिजयपथमा लम्कने सुरुवात हो भन्ने मान्न सकिन्छ ।
आफ्ना विचारसंग असहमतलाई समेटन बालुवाटारमा बृक्ष रोप्न लगाउने, तेह्राथुमको माटो किन्ने, अब कम बोल्ने काम गर्ने मार्गमा अग्रसर हुँदै गर्दा एमाले अध्यक्ष ओली जीवनको दोश्रो इनिङ्ग सुरुवात गर्न मेची महाकाली अभियानका साथ देश दौडाहामा झापा पुगेका छन । मेची महाकाली अभियान सुरु गर्नुअघि एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थप्दै ओलीले मधेशी र थारु जनतामा नयाँ उत्साह थपि दिएका छन । सरकारमा हुँदा होस कि प्रतिपक्षी हुँदा होस देश र जनताको निम्ती दृढ र अबिचलित विचार झन परिस्कृत गर्दै एमाले, देश र आफुलाई हाँक्दै छन ।
नित्सेको भनाई छ, ‘जब हामी थाक्छौ, तब हामी तिनै बिचारद्वारा आक्रमणमा पर्दछौ । जसलाई हामीले धेरै पहिला जितिसकेका थियौ ।’ जस्तो अवस्थामा रहेको मधेशी मोर्चा राजनीति, बिबेक र तर्क भन्दा हिंसा र भावनामा ज्यादा भरोशा गर्ने स्थीतीमा पुगेको छ । आफ्नो भबिश्य अनिश्चित बनाई दिने एमाले र ओलीको तराई मधेश आगमनले नयाँ द्वन्द सिर्जना गर्नेछ भन्ने हरुको आशंकालाई जमिन मिली रहेको छ ।
सत्ताबाहिर बसेर लोकप्रियताको शिखर चढदै गरेका ओली संबिधान कार्यान्वयनको एकसुत्रीय नारा साथ मेची महाकाली अभियान लिएर मधेश पुगी सकेका छन । लोकतन्त्रका मुल्य मान्यता बाहिर गएर कुनै सम्झौता नगर्ने मनस्थीतीमा पुगेका ओली मधेशी जनतासंग साक्षात्कार गर्दैछन । उनीहरुको उन्नती र प्रगतीको हिस्सा बन्ने नयाँ संकल्प साथ जुटेका छन । मधेशी जनताको नाममा भैरहेको अराजक प्रबृतीको बिरुद्ध मधेशी जनताकै साथ लिदै अगाडी बढने ओली रणनीति सकारात्मक सन्देश लिएर आउनेमा ढुक्क छन ।
कसैप्रती अनुचित बैरभाव नराख्दै केवल संबिधान र जनताको आदेश मान्ने भन्दै तराइ मधेश ओर्लिएका ओली प्रष्ट भाषामा खुलेका छन । पृथ्बीनारायण शाहले भूगोलको एकीकरण गरे । अब सम्पुर्ण जातजाती, क्षेत्र, लिङ्ग, वर्ग, भाषा, परम्परा, संस्कृती र राष्ट्रियताको एकीकरण एमालेको नेतृत्वमा गरिने छ भन्दै जनताको घर आँगन पुगेका छन ।उनको कदमबाट आत्तिएका मानिसहरु अनेकौं गडबडीको तानाबाना बुन्दैछन । भारत र मधेष्शी मोर्चाको अनुपयुक्त मागलाई मधेशी जनताको माग मान्न राजी नभएका ओली मधेशी जनताको जायज मागको सम्बोधन गर्न तयार छन ।
एमाले र ओलीप्रती आक्रामक मधेशी मोर्चाका अराजनीतिक गतिबिधी प्रती लक्षित गर्दै ओलीले भने, ‘मैदान नछाड्नु तर भिड्न नजानु ।’ राजबिराजमा एमाले जिल्ला नेतालाई मोर्चाद्वारा कालो मोसो दलिएको, शम्भु यादबको १४ हजार लुटिएको, एमाले कार्यक्रमलाई लक्षित गर्दै राजबिराज बन्द, जनकपुर बन्द, रौतहट बन्द जस्ता मोर्चाको गतिबिधीलाई गैरराजनीतिक हर्कत मान्दै आफ्नो यात्रा कुनै हालतमा नरोकिने जानाकारी गराई सकेका छन । मेची महाकाली अभियानमा कसैले अवरोध गर्न खोजे त्यसलाई हटाउँदै अघि बढ्ने ओलीले चेतावनी दिएका छन ।
‘म यस कारण दुखी छैन कि तिमीले झुटो बोल्यौ ।म यस कारण दुखी छु कि अब तिमी माथी बिश्वास गर्न सक्दिनँ ।’ भन्ने नित्से कै भनाईको अवस्थामा मधेशी मोर्चालाई पुर्याउन आफ्ना सारा शक्तीसाथ तम्सिएका छन । संबिधानसभाबाट संबिधान जारी गरेपछी प्रधानमन्त्री बन्दै गर्दा सुशिल सरकारको दोष समेत ओलीको थाप्लामा हाल्ने मधेशी मोर्चाको गतिबिधीलाई शान्त राख्दै तराई मधेशका जनता माझ सहकार्य, सदभाव र एकता फैलाउन सके उनको दोस्रो इनिङ्ग इतिहासमा अंकित हुनेछ । ततपश्चात बिजय कुमारको भनाई मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओली एमालेकै मात्र सम्पती नभै देशकै हुनेछ भन्ने दिन नजिकिएको मान्नु पर्ने हुन्छ ।
युवा विश्लेषक पाण्डेले राजविराज घटना घट्नु भन्दा अगाडि नै लेखेको यो लेख उनको नियमित स्तम्भ अन्र्तगत आज प्रकाशन गरेका छौँ । -सम्पादक
- See more at: http://nepalpati.com/bichar/pandey-dipen…