अब कहाँ फुल्छ राप्रपाको कमल !

नेपाली राजनीति ‘कोमा’ मा पुगेको बुझ्ने मानिसहरु लाजनीतिबाट हैरान छन, नयाँ नेपालमा । लाजनीतिको मजाकिया रुप राप्रपा एकता महाधिबेशनमा कमल थापाले लोकतन्त्रवादी र गणतन्त्रवादीहरुलाई पढाएको दिव्यज्ञान सुने थाहा लाग्छ । ‘आफ्नो माग पुरा गर्न जंगल जानु पनि पर्दैन, नाकाबन्दी पनि गर्नु पर्दैन ।’ भन्दै पाठ पढाउँदा पनि उनको बिगत (ज्ञानेन्द्र सरकारको गृहमन्त्री) न कसैले उनलाई सम्झाए, न आफँै सम्झे । केवल सुनीरहे । थापाद्वारा खेपिएको दुर्दान्त घटनामा पनि लोकतन्त्र देखी रहे । आफ्नो अनुहारको कुरुप रुप देखाउँदै नाङ्गो हाँसो हाँसीरहे ।

संसदीय प्रजातन्त्रको जननी काँग्रेस पार्टीको बुई चढेर प्रजातन्त्रको इज्जत लुटन देउवा सरकारको मन्त्री बन्दै सुरा सुन्दरीको उपभोग गर्न पछी परेनन । शरिरमा लुतो पनि नआएको अवस्थामा सरकारको बिरुद्ध अबिश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्नेमा बेलामा उपचारको नाममा दश लाख पचाउँदै बैंकक जाने राप्रपाका मन्त्रिले संसदीय प्रजातन्त्रलाई पटक पटक बलात्कार नै गरे ।

साम्यवादी प्रचण्ड भारतवादी भएको देशमा राजावादी कमल थापा लोकतन्त्रवादी भएको देख्न राजी जनताहरु राप्रपाको एकता महाधिबेशन देख्न तयार नहुने कुरै भएन । गत मंसिर ६ गते दुई पार्टी राप्रपा र राप्रपा नेपाललाई एकीकरण गर्दा नै तय गरिएको (फाल्गुन ६ – ९) एकता महाधिबेशन पछीको राप्रपाको भबिश्य कस्तो होला ?

राप्रपा नेपालले बिगतमा उठाएका बिचारहरु संबैधानिक राजतन्त्र, सनातन हिन्दू धर्म र एकात्मक राज्य (संघियतारहित राज्य) जस्ता बिचारलाई वर्तमान राप्रपाले कसरी व्यवस्थापन गर्ला ? पञ्चायती पृष्ठभूमीबाट आएका नेताहरुले लोकतन्त्र र गणतन्त्रमा आफूलाई कसरी समाहित गर्लान वा पृथक राख्लान ? सत्ता र शक्तीको निम्ती जे पनि गर्न तयार विगतको छवीलाई कसरी नयाँपन देलान ? एकीकृत राप्रपाको राजनैतिक हैसियत अब के होला ? जस्ता तमाम बिषयमा जागेको जनताको कौतुहलता नै लेख लेखीने आधार हुन ।

सामान्य परिचय :

पञ्चायती व्यवस्थाको पतनको केही समय पश्चात २०४७ साल जेठ १५ गते जुम्ल्याहा पार्टी राप्रपाको (राप्रपा चन्द र राप्रपा थापा) जन्म भएको हो । पञ्चायतका दुई धार लोकेन्द्र बहादुर चन्द र सुर्य बहादुर थापाले नेतृत्व गरेको राप्रपाको मार्गदर्शक सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र उदारवाद थियो ।

चन्द र थापाले समयको पदचापलाई बुझ्दै फेरी चुल्हो जोडन राजी त भए तर कमल थापाको महत्वकाँक्षा लाई रोक्न नसक्दा राजाको शासनले फेरी राप्रपा पार्टी बाटै राप्रपा नेपाल जन्मिन पुग्यो । राप्रपा र राप्रपा नेपालको टुटफुटको इतिहासलाई एकपटक बिराम लगाउने एकता महाधिबेशन कहाँसम्म जान्छ ?

चन्द राप्रपाले चुनाव चिन्ह हलो र थापा राप्रपाले गाई लिएर २०४८ सालको पहिलो संसदीय चुनावमा भाग लिँदा नसोचेको हार व्यहोर्न पुगे । सम्मानजनक मत मिल्दा पनि सांसद संख्या केवल ४ सीट मात्र प्राप्त गर्दा पार्टी एकता गर्न दुबै नेतामाथी चर्को दवाव पर्न गयो । फलस्वरुप पार्टी एक बनाउँदै २०५१ को मध्यावधी चुनावमा अप्रत्यासित सफलता प्राप्त गरयो । तात्कालिन समयमा कुनै राजनैतिक पार्टीको बहुमत नभएको संसदमा २० सीट संसद सदस्य सहित तेश्रो स्थान मिल्नु नै कालान्तरमा पार्टी फुटको कारण बनिदियो ।

सत्ता र शक्तीको पछी दगुर्ने लोभीपापीको जमात बन्दै काँग्रेस र एमालेको लुछाचुडीमा पर्दा लोकेन्द्र र सुर्य बाहादुरलाई प्रधानमन्त्री बनाउन सफल राप्रपा संगठन र पार्टी जीवन सग्लो राख्न असफल भयो । फुटकै बीच २०५६ को चुनावमा केवल ११ सीटमा चित्त बुझायो भने चन्द समुहले खाता नै खोल्न सकेन । चन्द र थापाले समयको पदचापलाई बुझ्दै फेरी चुल्हो जोडन राजी त भए तर कमल थापाको महत्वकाँक्षा लाई रोक्न नसक्दा राजाको शासनले फेरी राप्रपा पार्टी बाटै राप्रपा नेपाल जन्मिन पुग्यो । राप्रपा र राप्रपा नेपालको टुटफुटको इतिहासलाई एकपटक बिराम लगाउने एकता महाधिबेशन कहाँसम्म जान्छ ? कुर्नु सिवाय अर्को बिकल्प छैन ।

०४८ देखी २०७० सम्मको जनाधार :

काँग्रेस र कम्युनिष्ट बन्न नसकेका वा नरुचाएका पूर्व पञ्चहरुको राजनैतिक जनाधारलाई आँकलन गर्ने प्रमुख आधार उसले प्राप्त गरेको मतलाई मान्दा यस्तो पाइन्छ ।

साल समुह मत प्रतिशत सिट संख्या २०४८ राप्रपा चन्द ४७८६०४ ६,५६ ३ राप्रपा थापा ३९२४९९ ५,३८ १ २०५१ राप्रपा १३६७१४८ १७,९३ २० २०५६ राप्रपा थापा ८९९५११ १०,४४ ११ राप्रपा चन्द २९३९५२ ३,४१ – २०६५ राप्रपा २६३४३१ २,४५ ८ राप्रपा नेपाल ११०५१९ १,०३ ४ २०७० राप्रपा २६०२३४ २,७५ १३ राप्रपा नेपाल ६३०६९७ ६,६६ २४ प्रथम संसदीय निर्वाचनमा बिभिन्न प्रतिकुलताको बाबजुद दुबै राप्रपाको मत जोडदा सम्मानजनक (८७११०३ मत ) रहे पनि पहिलो हुने निर्वाचन पद्धतिको कारण सभासद नजित्नुलाई फुट नै मान्नु पर्ने देखिन्छ । पार्टी एकीकरण पछिको पहिलो मध्यावधी निर्वाचनमा ४९६०४५ मत बढाउँदै संसदको तेस्रो शक्ती बन्न पुग्नु एकताकै असर हो भन्ने प्रस्ट देखिन्छ । ०५६ को चुनावमा फुटकै कारण आफ्नो सभासद संख्या मात्र होईन, मत पनि २०५१ को तुलना मा १७३६८५ कम ल्याउदै चित्त बुझायो ।

आफ्नै पार्टीका प्रधानमन्त्री र आफैलाई अबिश्वास गर्ने राप्रपा मन्त्रीहरुका नेता कमल थापाहरुलाई ब्यंग गर्दै तात्कालिन प्रधानमन्त्री चन्दले संसदमा भनेको ‘मुसा प्रबृती’ले उनीहरुको अनुहारमा कालो पोतिएको स्पष्ट नै छ । कमल थापाप्रती कटाक्ष गर्दै चन्दले भनेका थिए, ‘मुसाहरु आफू चढेको जहाजमा प्वाल पार्छन । जहाजमा पानी छिर्न सुरु गरे पछी बाँच्ने आशमा समुन्द्रमा हाम फाल्छन । सबैभन्दा पहिला आफै डुब्छन अनी जहाजलाई पनि डुबाउँछन ।’

०६५ को संबिधानसभाको चुनावमा माओवादी दव-दवा र पार्टी छिन्न भिन्न हुँदा पनि ३७३९५० मत सहित समानुपातिक तर्फ दुबै राप्रपाको सीट संख्या १२ हुनु राप्रपाको पुरानो सम्पती नै मान्नु पर्छ । माओवादी र मधेशी मोर्चाको प्रचण्ड जीत हुँदा पनि संबिधान निर्माणमा अनावश्यक मुद्धालाई स्थापित गर्ने रणनीतिको चेपुवामा पहिलो संविधानसभा पर्यो । जसले गर्दा दोश्रो संबिधानसभा चुनाव हुन पुग्यो । सो चुनावमा राप्रपाको समानुपातिक मत करीब करीब २०४८ कै हाराहारी पुग्न गयो । दुबै राप्रपाको मत र ३७ सभासद संबिधानसभामा उपस्थीत गराउन सक्नुले राप्रपाको जनाधार खस्केको मान्ने हरुलाई एक पटक गहिरो चिन्तन गर्नु पर्ने अवस्थामा पुर्याउँछ ।

राम्रो छैन बिगत :

इतिहास पढदा थाहा लाग्छ, काँग्रेस असन्तुष्ट राणाहरुको पार्टी हो भने राप्रपा राजासंग सन्तुष्ट हुनेहरुको पार्टी हो । निर्दलीय पञ्चायती व्यवस्थाको लिगेसीबाट हुर्केका राप्रपाका नेताहरु आफुलाई सगौरव पूर्व पञ्चहरुको पार्टी स्वीकार्न तयार नै छन । संसदीय प्रजातन्त्रको जननी काँग्रेस पार्टीको बुई चढेर प्रजातन्त्रको इज्जत लुटन देउवा सरकारको मन्त्री बन्दै सुरा सुन्दरीको उपभोग गर्न पछी परेनन । शरिरमा लुतो पनि नआएको अवस्थामा सरकारको बिरुद्ध अबिश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्नेमा बेलामा उपचारको नाममा दश लाख पचाउँदै बैंकक जाने राप्रपाका मन्त्रिले संसदीय प्रजातन्त्रलाई पटक पटक बलात्कार नै गरे ।

जनआन्दोलन एकका दमनकर्ता गृह राज्मन्त्री निरन्जन थापा र जनआन्दोलन दुईका दमनकर्ता गृहमन्त्री स्वंम (कमल थापा) एकीकृत राप्रपामा एकसाथ हुनुले राप्रपाको अनुहार झल्किन्छ । आफ्नो बिगत पुराना पञ्चको छबी, मुसा प्रबृती, शाही सत्ताको कालोपनलाई पखाल्न नयाँ राप्रपाका नेता थापाले धेरै मेहनत गर्नु पर्नेछ ।

२०५१ सालको सुरुवाती अवस्थामा राप्रपालाई अछुतको ब्यवहार गर्ने एमाले पनि काँग्रेसको सिको गर्दै देउवा सरकारलाई बिदा गर्न लोकेन्द्र बहादुर चन्दलाई बोक्न राजी भयो । आफ्नै पार्टीका प्रधानमन्त्री र आफैलाई अबिश्वास गर्ने राप्रपा मन्त्रीहरुका नेता कमल थापाहरुलाई ब्यंग गर्दै तात्कालिन प्रधानमन्त्री चन्दले संसदमा भनेको ‘मुसा प्रबृती’ले उनीहरुको अनुहारमा कालो पोतिएको स्पष्ट नै छ । कमल थापाप्रती कटाक्ष गर्दै चन्दले भनेका थिए, ‘मुसाहरु आफू चढेको जहाजमा प्वाल पार्छन । जहाजमा पानी छिर्न सुरु गरे पछी बाँच्ने आशमा समुन्द्रमा हाम फाल्छन । सबैभन्दा पहिला आफै डुब्छन अनी जहाजलाई पनि डुबाउँछन ।’

तिनै मुसा प्रबृतीका नायक कमल थापा एकीकृत राप्रपाको अध्यक्ष बन्दै गर्दा राप्रपाको बिगत राम्रो छैन भन्ने कुरा उनी आफैँ जान्दछन । जनआन्दोलन एकका दमनकर्ता गृह राज्मन्त्री निरन्जन थापा र जनआन्दोलन दुईका दमनकर्ता गृहमन्त्री स्वंम (कमल थापा) एकीकृत राप्रपामा एकसाथ हुनुले राप्रपाको अनुहार झल्किन्छ । आफ्नो बिगत पुराना पञ्चको छबी, मुसा प्रबृती, शाही सत्ताको कालोपनलाई पखाल्न नयाँ राप्रपाका नेता थापाले धेरै मेहनत गर्नु पर्नेछ । दम्भी, एकल काँटे र सानो स्वार्थी समुहको घेरामा रमाउने स्वाभावका थापाले पार्टीलाई कसरी लोकतन्त्रमा समाहित गर्छन ? साथै बिगतमा उनीबाट भएका कमजोरी सच्याउदै पार्टीलाई कसरी लोकतान्त्रीकीकरण गर्छन भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन ।

खोजीएको सिद्धान्त र बाइप्रोडक्ट कार्यक्रम

राजाबादी हुनाले राष्ट्रबादी होलान कि भन्ने सोच महाकाली सन्धिमा काँग्रेस, एमालेसंगै राप्रपा उभिनुले राष्ट्रियताको टयाग पनि त्यतिबेला नै खोसियो । पद, पैसा, प्रतिष्ठा, र कुर्सीका भोका उनीहरु उदारबादको नाममा जे पनि गर्न तयार हुनुले साँच्चीकै उदारबादी नै भैदिए ।

पञ्चायती ब्यबस्थाको पतनसंगै नयाँ राजनैतिक पार्टी खोल्न पर्ने बाध्यताको बीच राप्रपा जन्मिएको नजान्ने मानिस कमै छन । बाध्यताबश हतारमा पार्टी खोल्न राम्रा कुराको खोजी गर्नु उसको राजनैतिक बाध्यता पार्टीको मार्गदर्शक सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र उदारबाद हेर्दा प्रष्टै बुझिन्छ । जन्मदै थापा र चन्द हुनुले उनीहरुको आन्तरिक प्रजातन्त्रको धोती सुरुमै फुस्केको नबुझ्ने को नै छ होला र ?

राजाबादी हुनाले राष्ट्रबादी होलान कि भन्ने सोच महाकाली सन्धिमा काँग्रेस, एमालेसंगै राप्रपा उभिनुले राष्ट्रियताको टयाग पनि त्यतिबेला नै खोसियो । पद, पैसा, प्रतिष्ठा, र कुर्सीका भोका उनीहरु उदारबादको नाममा जे पनि गर्न तयार हुनुले साँच्चीकै उदारबादी नै भैदिए । एमाले, काँग्रेस र माओवादीले छोडेका एजेण्डालाई राजनैतिक कार्यक्रम बनाउँदै ‘बाइ प्रोडक्ट कार्यक्रममा’ पार्टीको नवजीवन देख्ने राप्रपा राजनीति नेपालको नीम्ती ‘लाजनीति’बन्ने पक्का नै छ ।

सत्तामा पुग्न हिंसा नगर्ने तर सत्ता मार्फत जे पनि गर्ने सोचले ग्रस्त राप्रपा राजनीति बडो बिचित्र भेटिन्छ । २०४७ पछी जन्मेका मानिस नै ठिटो भैसक्दा पनि राप्रपा ठिटो हुन नसक्नु उसको बाइ प्रोडक्ट कार्यक्रम (धर्म, राजसंस्था जस्ता आत्मकेन्द्रीत र अनुपयुक्त राजनैतिक एजेण्डा) ले गर्दा हो भन्ने बुझ्नु जरुरी भैसकेको छ । लोकतन्त्रको लागि लडने काँग्रेस, एमाले र माओवादी पार्टीहरुको छबी राम्रो नहुँदा राप्रपाको राजनैतिक आयु लम्बिएको हो ।

काँग्रेस, एमालेसंग हाराहारी कै स्थीतीमा पुग्ने उनको आँकलन ओली सरकारमा उनले बनाएको लोकप्रिय छबीलाई एकीकृत राप्रपाको पुँजीमा रुपान्तरण गर्न सक्छु भन्ने अठोट नै हो ।

एकता पछी कमलको राप्रपा :

संघियतालाई राजनैतिक बाध्यता को रुपमा स्वीकार गर्ने तर हिन्दू राष्ट्र र राजसंस्थाको मुद्धा लाई चुनावी नारा बनाउने कमल थापाको सोच भोट बटुल्ने नारा मान्न कमल थापा तयार छन । प्रजातान्त्रीक मुल्य र मान्यताको ठिक ढंगले अवलम्बन गर्ने हो भने निरंकुशता जन्मन सक्दैन भन्ने थापा राजसंस्थालाई मतपत्र मार्फत स्थापित वा बिस्थापित गर्न राजी भएका छन । जनताको सर्वोच्चता, आवधिक निर्वाचन र बिचार स्वतन्त्रताले सबै निरंकुशतालाई ठिक ठाउँमा ल्याउन सकिन्छ भन्ने नयाँ दिब्यज्ञान छर्दै गर्दा राजनीतिमा उनी छिप्पीएको मान्नु पर्ने देखिन्छ ।

राष्ट्रबादको ओली जुवा एमाले तिर ढल्कने चुनावमा आफ्नो दाउ हिन्दूत्वले चम्कन्छ भन्ने उनले आँकलन गरेको हुनुपर्छ । उनले देख्न नचाहेको सत्य के हो भने नेपालका हिन्दू मतदाता अल्छी छन ।तमाम ॐ कार परिवारका हिन्दू मतदाता हिन्दूत्वको कुरा त गर्छन तर कट्टरता साथ प्रस्तुत नहुँदा हिन्दूत्वको जुवामा केही च्याँखे भने अवश्य पर्नेछ । काँग्रेस, एमालेसंग हाराहारी कै स्थीतीमा पुग्ने उनको आँकलन ओली सरकारमा उनले बनाएको लोकप्रिय छबीलाई एकीकृत राप्रपाको पुँजीमा रुपान्तरण गर्न सक्छु भन्ने अठोट नै हो । २०४७ अघीको मतदाता घटदै जानु र त्यसपछीको मानिस राजनीतिबाट टाढा भाग्दै जानुले राप्रपा राजनीतिले कमाल नै गरी हाल्ने स्थीती देखीदैन ।

बिगतमा माओवादीलाई सजाय दिने चुनावी नारा (एक भोट दाईलाई अर्को भोट गाइलाई)ले आफ्नो वर्तमान बनेको राम्रो संग बुझ्दछन । उनी निकट भबिश्यमा एमालेद्वारा लाग्ने चुनावी नारा ‘काँग्रेस हाफ माओवादी साफ’ ले आफ्नो भाग्य चम्कनेमा ढुक्क छन ।

संसदीय राजनीतिलाई कसरी ब्यक्तीगत लाभमा प्रयोग गर्न सकिन्छ भन्ने बिषयका डाक्टर विजय गच्छदारले ओलीलाई पहिलो देख्ने र ओलीले कमल थापालाई दोश्रो बन्न सक्ने सतही चाहानामा बर्तमान संबिधानको समानुपातिक निर्वाचन पद्धती सहयोगी हुनेछ । कसैको बहुमत नआउने निर्वाचनले बर्तमानमा काँग्रेस मधेश ताक्ने, मधेशी मोर्चा भारत ताक्ने, नयाँ राप्रपा (कमल थापा) प्रधानमन्त्री ताक्न पुग्नुलाई राजनीति कम ‘लाजनीति’ बढी भन्नु उचित हुनेछ ।

लोकतन्त्रको घर जीवनमा कहिल्यै नबनाएका थापा कांग्रेस एमालेले बनाई दिएको लोकतान्त्रिक घरको रङग रोगन बिगार्न माहिर मानिन्छन् । अवसरवादको जगमा आफ्नो भबिश्य चम्काउने थापा सोच लोकतान्त्रिक अभ्यासमा खरो उत्रीन हम्मे हम्मे पर्ने देखिन्छ । । बिगतमा माओवादीलाई सजाय दिने चुनावी नारा (एक भोट दाईलाई अर्को भोट गाइलाई)ले आफ्नो वर्तमान बनेको राम्रो संग बुझ्दछन । उनी निकट भबिश्यमा एमालेद्वारा लाग्ने चुनावी नारा ‘काँग्रेस हाफ माओवादी साफ’ ले आफ्नो भाग्य चम्कनेमा ढुक्क छन ।

फेरीपनि हिन्दूत्वको जगमा जनतासंग नम्र, भद्र र शालिन हुँदै प्रस्तुत हुने र प्राप्त संसद सिटको साथ कांग्रेस एमालेसंग बार्गेनिङ गर्ने उनको योजनामा एकीकृत राप्रपाको भूमी मिल्न जाँदा उनी जताततै फुले भने एकीकृत राप्रपा भने उर्जा बिहिन हुनेछ ।

- See more at: http://nepalpati.com/bichar/dipendra-pan…