छेपाराहरुको पेटेण्ट राइटको लडाई !

छेपाराहरुको सम्मेलन हुँदै थियो । देश भरिका छेपाराहरुको प्रतीनिधी सम्मेलन हलमा उपस्थित भैसकेका थिए । सम्मेलनको उदघाटनको निम्ती प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथीको आसन ग्रहण गराइ सकिएको थियो । छेपाराहरुको नेताले मन्चबाट भाषण सुरुगर्दै भन्न थाले । छिन छिनमा कुरा फेर्ने , गर्छु भन्ने तर जिबन भर नगर्ने , सँधै रस रङ्गमा रमाउने , सँधै हतारको कुरा गर्ने तर फुर्सदमा रह्ने , हाम्रो जातीको पहिचान हो । आज हाम्रो पहिचान माथी धावा बोलिएको छ । जान अन्जानमै हाम्रो पहिचान अपहरण गरिएको छ ।त्यसैले अपहरण भैसकेको पहिचान फिर्ता लिन हरेक मोर्चाबाट संघर्ष गर्नु ढिला भैसकेको छ ।

धाराप्रबाह रुपमा भाषण गर्ने छेपाराहरुको नेताले आफ्ना कथा ब्यथा सम्मेलनमा राख्दै थियो ।छेपारो हुनु भनेको वा छेपारो प्रबृती भनेको "गर्छु भन्ने तर कहिल्यै नगर्ने" हो भन्ने हाम्रो मुलमन्त्र आज चोरी भएको छ, अपहरणमा परेको छ ।त्यो हाम्रो मौलिक पनलाई जोगाउन , हाम्रो खोसिएको "पेटेण्ट राइट " लाई स्थापित गराउन कस्तो लडाइको तयारी गर्ने भन्ने निचोड निकाल्न हामीहरु यस सम्मेलनमा उपस्थित भएका छौ र हौ ।

सभामा उपस्थित एक सोझो छेपारो प्रतीनिधीले सोध्यो ।हाम्रो पेटेण्ट राइट कस्ले खोस्यो ? वा कसले अपहरण गर्‍यो ? छेपारोको नेताले मन्चमा आसिन प्रधानमन्त्री पुष्पकमल तिर हेर्दै भने, सबैले बुझी सके । चिनी सके । प्रधानमन्त्री ज्युले । छेपारो प्रतीनिधीले भन्यो । कुन नौलो कुरा भयो र ? देशका प्रधानमन्त्रीको काम नै त्यही हो । लिनु हो , दिनु होइन । उनले कमसे कम हाम्रो नाम र काम लिएका छन ।अनी देश बिदेशलाई धोका । उनी प्रधानमन्त्री भएकै नगर्ने सर्तमा हो ।उनी हाम्रा चेला हुन । हैन हैन , उनी हाम्रा अपहरणकारी चेला हुन । माग्ने त उनको बानी नै छैन । उनी पूर्व अपहरणकारी हुँन । उनले कस्ता कस्ता कुरा अपहरण गरे । जाबो हाम्रो पेटेण्ट चोर्नु वा अपहरण गर्नु कुनै नौलो र ठुलो कुरा हैन र रहेन ।

हाम्रो देशमा गर्नेहरु टिक्दैनन ।इतिहासले त्यही भन्छ ।गर्छु भनेर सुरसार कसेकाहरु कुर्षीमा पुग्ने बित्तिकै हटाइएका उदाहरण बिपी , मनमोहन हुँदै केपी सम्म हेरे पुगी हाल्छ । यी सबै कुराबाट शिक्षा लिंदै आजकल हाम्रो देशका प्रधानमन्त्री स्वदेशी काम नगर्ने, बिदेशी काम गर्ने सर्तमा कुर्षीमा बिराजमान छन ।उनको काम सम्बिधानको कार्यान्बयन नगर्ने, चुनाब नगर्ने, स्थानिय तह पुनर्संम्रचना आयोगको रिपोर्ट शुरुमा बुझ्न आनाकानी गर्ने , बुझेपछी लागु नगर्ने र त्यसै थन्काइ दिने लगायत थुप्रैछन ।उनले पाएका काम नै नगर्ने हो । जसको पुरापुर धर्म छेपारोबाट सिक्दै निभाइ रहेका छन ।

सभामा उपस्थित अर्को छेपारो ले सोध्यो । हैन ,यो पेटेण्ट राइट भनेको के हो ? बौद्धिक सम्पतीको रुप हो पेटेण्ट । कुनै चिजको खोज पछी आफ्नो खोजको दावालाई सुरक्षित गर्ने कार्य नै पेटेण्ट राइट अन्तर्गत पर्दछ ।कुनै ब्यक्ती , समुदाय र देशले प्राप्त गरेको खोजको दावालाई ब्यापारिक प्रयोगमा उसको अग्राधिकार कानुनी रुपले सुरक्षित गराउने कार्यलाई संसारमै पहिलो पटक कानुनले संबोधन गर्ने मुलुक ग्रीक (हालको ग्रीस ) हो । छेपाराहरुको सबाल र जबाफले चिन्तित प्रमुख अतिथीको अनुहार हेर्न लायक हुँदै थियो । सम्मेलनमा बाँडिएको आरोपहरुको पर्चा आफ्नो हातमा लिंदै पढी रहेका प्रधानमन्त्री आफ्ना छेपारे कृयाकलापहरुलाई बुँदागत रुपमा यसरी पाइरहेका थिए ।

१)बिभिन्न शक्ती केन्द्रसंग आफुले सक्ने नसक्ने बाचा गर्दै प्रम कुर्षीमा बसेका दाहाल हरेक दिन मिति सार्दै र आफ्नो वचनलाई टार्दै पटक पटक रङ्ग फेरेको अनेकौं प्रमाण हाम्रै सामु छन । महिना दिन भित्रै , १५ दिन भित्रै , ७ दिन भित्रै , मसान्त भित्रै , एकाध दिन भित्रै , भारत जानु आगाडी नै , भारतबाट फर्के पछी , भारतिय राष्ट्रपती आउनु अगाडी नै , राष्ट्रपती जाने बित्तिकै, उज्यालो हुने बित्तिकै , वा साँझ पर्नु अगाडीनै को शैलीमा मधेषी मोर्चाको माग भारतिय चाहाना अनुसार संबोधन गर्ने बाचा छेपाराको रङ्ग फेराइ भन्दा चर्को महशुस हुँदा आफ्नो पेटेण्ट राइटको लडाइ लडन बाध्य भएका छौं ।

२)गंगा गए गंगादास , जमुना गए जमुना दास भनेजस्तो एमाले भेटे मदन भण्डारी , काँग्रेस भेटे बिपी, राप्रपा भेटे राजा महेन्द्र , मधेषी मोर्चा भेटे साक्षात मोदीनै बन्ने प्रबृतीले उनी भित्र जागेको भारतबाद देख्ने अबशर पाएका हामीहरु (छेपारा हरु) दाहाल कलाबाट दिग्भमित हुन बाध्य छौं ।

३)जन्मदा छबिलाल नामले सुसोभित भएका बर्तमानका प्रचण्ड धादिङ्गको रिचोकटारमा जन्मीएका चितवनलाई कर्मथलो बनाएका राजकृष्ण कडेंलबाट पुष्पकमल नाम प्राप्त गरे भन्ने सुनिन आएको हो । राज्यसत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने माओको सिद्धान्तबाट प्रभाबित मोहन बैध्यबाट प्रचण्ड बनाईएका हुँन भन्ने सुनेकै हो । बर्तमान प्रधानमन्त्री ब्रम्हाको जस्तो तीन टाउकोले बोल्न सक्ने कलानै सिहदरबारको कुर्षी भारतबाट प्राप्त हुन्छ भन्ने उद्घोषमा पुगी सक्दा छिटो छिटो रङ्ग फेर्ने हाम्रो अधिकार दाहालले सदा सदा आफैसंग राख्छन भन्ने हाम्रो दाबी छ ।

४)जुनजाती भेटे उसैलाई आफ्नो समर्थन र साथ छ भन्ने दाहाल आजकल छेपाराले पनि आफ्नो जात प्रती नगरेको गद्धारी गर्ने सुरसार टुँडिखेलमा गुरुङ्ग जातीको महान चाड ल्होसारमा "म अरु जस्तो बाहुँन हैन" भनेको सुन्दा हामीहरु ( छेपाराहरु) खुसीले झुम्दैछौं ।आफुहरुबाट अकस्मात खोसिएको पेटेण्ट राइट पुन्: हामी हरुमै आउने सम्भाबना देख्दा रमाएका हामीहरु उनको बिगत र बर्तमान संम्झिदा रमाइ हाल्ने स्थीती नआइ सकेको हाम्रो बिश्लेषण छ ।

५)हामी कसैको एस म्यान हैनौं भन्ने दाहाल एस जयशंकरलाई माथगर्ने शैलीमा भारतिय राष्ट्रपतीको सेवामा लाग्ने निर्णय (भारतिय राष्ट्रपती मुखर्जी नेपाल आँउदा सार्बजनिक बिदा दिने घोषणा ), आँउदै नआउँने चिनियाँ राष्ट्रपतीको बिदा घोषणा आफै गर्दै जनताको ब्यापक बिरोधपछी त्यो प्रस्ताब मेरो थिएन ।बिपक्षी कै थियो भन्ने केटाकेटी कुराले हामीहरु लज्जित छौं । संबिधान संसोधनको प्रस्ताबमा सिमाङ्कनको प्रस्ताब आफै ल्याउँने ५ नम्बर प्रदेशका जनताको बिरोध पछी त्यो प्रस्ताब ओली कै थियो भन्ने काइते कुराले भोलीका दिनमा म त प्रधानमन्त्रीको कुर्षीमा बसी दिएको मात्र हो सबै काम भारतबाटै गरिएको थियो भनी दिए भने हाम्रो काम , नाम , एजेण्डा र इज्जत सबै दाहालका हुनेछ भन्ने पिडाले तर्षित छौं ।

६)मंसिर २३ मा तीन दलको बैठकमा अब एक दुई दिनमा चुनाबको घोषणा गरिन्छ भन्ने दाहाल मंसिर २५ मा मधेषी मोर्चासंग संबिधान संसोधन नगरि चुनाब घोषणा गरिदैन भन्न पछी पर्दैनन । तीनै दाहाल नौ महिनाको लागी भारतिय डिजाइनमा प्रधानमन्त्री बन्दै गर्दा मधेषी मोर्चासंग तीन बुंदै संझौता गर्दा छिट्टै उनीहरुको मागको संबोधन गर्ने बाचा भुल्दै पुष १२ गते तीन दलसंग अब ढिलो गर्नु हुँदैन्, एकसाता भित्रै चुनाबको घोषणा गरिन्छ भन्दै थिए ।दाहालको बचनले झस्कीएका मधेषी मोर्चासंग पुष १६ गते भने ,ढुक्क हुनुस ।संबिधान संसोधन नगरी चुनाब घोषणा गरिन्न । यती छिटो छिटो रङ्ग फेर्ने काम हामीहरुले (छेपाराहरुले ) समेत गर्न नसक्ने काम दाहालले कसरी गर्न सक्छन ? हाम्रो घोर आपत्ती छ, दाहालको रङ्ग फेराइ संग ।

पर्चामा दाहाल प्रती लागाएका आरोपबाट आक्रोशित छेपाराहरु प्रधानमन्त्री दाहालबाट अपहरणमा परेको आफ्ना अधिकार (पेटेण्ट राइट ) फिर्ता लिन कस्सिएका छेपाराहरु माझ दाहाल जबाफ दिन आउन करै लाग्यो ।छेपाराहरुको आरोपबाट मर्माहत दाहाल केही बोल्न मन्चमा आउँदै गर्दा मन्च तल बसेका छेपाराहरुको नारा जुलुसले आंतकित बन्दै थिए । अचानकै उनी माथी भएको छेपाराहरुको हमलाले तर्सिदा खुलेको निद्राले प्रधानमन्त्री दाहालको अल्पकालिन इज्जत जोगियो । प्रधानमन्त्रीको रुपमा बाँकी उनको कार्यकाल छेपारेपनको नहोस भन्ने कामना गर्दै मस्तसंग सुतियो ।