यसकारण टिक्दैन नेपालमा संघीयता

आयातित एजेण्डाले भरिपूर्ण संविधान जारी हुने वित्तिकै जर्बजस्ती लादिएको नाकाबन्दीलाई पार गर्दै अगाडि बढेको मुलुक नयाँ द्वन्द्वमा फसी सकेको छ । राम्रोसँग नेपाली, अंग्रेजी र हिन्दी बोल्ने, विदेशीद्वारा जन्माइएका हुर्काइएका दाहाल सरकार नुनको सोझो गर्दै भारतीय सेवा गर्न लालायीत छन् । कटुवाल काण्डमा रिसाएका दाहाल भारतसँग उचित बदला लिने र त्यही बदलालाई अवसरमा बदल्दै सिंहदरबारको यात्रा तय गर्ने रणनीतिलाई सफल बनाउँदै भारतीय गुन तिर्न मरिहत्ते गर्दैछन् । त्यसैको प्रतिफल भारतीय सर्वस्वीकार्यताको नाममा नेपाली संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्दै नेपाली जनताको भविष्यमाथि कुठाराघात गर्दैछन् ।

५ वर्षको कलिलो प्रजातन्त्रले सबै विगार्यो भन्दै आफैंद्वारा पटक–पटक सरकार परिवर्तन गराउँदै बदनाम गराइएको र नेपाली अलोकतान्त्रिक नेताहरुलाई प्रयोग गर्दै अन्तरिम संविधान मार्फत घुसाइएको संघीयताको असली मकसद के थियो ? २०४६ पछि प्राप्त शिशु प्रजातन्त्रलाई ५ वर्ष मात्र प्रयोग गर्ना साथ २०५२ सालमा असफल बनाउने भारतीय र तात्कालिन दरबारको नीति अनुसार शुरु गराइएको माओवादी ध्वंशको असली मकसदमा दरबार पराजित भैसक्दा भारतीय दादागिरीको एकछत्र राज नेपालमा भैरहेको सबैले देखेकै हुन । ५ वर्षको कलिलो प्रजातन्त्रले सबै विगार्यो भन्दै आफैंद्वारा पटक–पटक सरकार परिवर्तन गराउँदै बदनाम गराइएको र नेपाली अलोकतान्त्रिक नेताहरुलाई प्रयोग गर्दै अन्तरिम संविधान मार्फत घुसाइएको संघीयताको असली मकसद के थियो ? करिब करिब छर्लङग भैसकेकै छ ।

के नेपाली समस्या समाधान हुन तराई मधेशमा दुई प्रदेश नै हुनु पर्ने हो ? के संघीयता नेपाली जनताको एक मात्र मुक्तिदाता हो ? के नेपालको सबै समस्याको जड संघीयता नहुनु नै हो ? संघीयताले नेपाल र नेपालीलाई कसरी एकजुट राख्न सक्छ ? जन्मदै कुरुप संघीयताले लिएर आएको रोगले हामी माझ केही अहम सवाल यसरी गर्दैछ के संघीयता नेपाली समस्या समाधान गर्ने अचुक अस्त्र हो ? के नेपाली समस्या समाधान हुन तराई मधेशमा दुई प्रदेश नै हुनु पर्ने हो ? के संघीयता नेपाली जनताको एक मात्र मुक्तिदाता हो ? के नेपालको सबै समस्याको जड संघीयता नहुनु नै हो ? संघीयताले नेपाल र नेपालीलाई कसरी एकजुट राख्न सक्छ ? हाल नेपालमा भइरहेका समस्या संघीयता नभएर हो कि संघीयताको कारण हो ? नेपालको राजनैतिक समस्याको जवाफ खोज्न एक पटक शाह वंशको उदयपछि हालसम्मको राजनीतिको जानकारी लिदा नेपालमा संघीयताको प्रयोग अत्यन्त कठिन, अनुपयुक्त र नयाँ षड्यन्त्रको बीउ हुनेछ भन्ने केही आधार पस्कने अुनमति माग्दछु ।

संघीयताः विश्वका २७ मुलुकमा अपनाइएको संघीयताको सफलतालाई हेर्ने हो भने केही मुलुक मात्र फेला पर्छन । अमेरिका, स्वीजरल्याण्ड, अष्टे«लिया, क्यानडा, अस्ट्रीया, ब्राजिल, जर्मनी, युनाइटेड अरब इमीरेटस, मेक्सिको र अर्जेन्टिना बाहेक अन्य संघीय मुलुकमा कुनै न कुनै लफडा जारी नै छन् ।

अमेरिकी संघीयताको पिताहरु अलेक्जेण्डर हयामील्टन, जेम्स म्याडिसन र जर्ज बाशिङटन हुन । बेलायती साम्राज्यले आफू बेलायत फर्किदा कायम गरिदिएको संघीयता र अमेरिकीहरुले विभिन्न झगडा मार्फत आफ्नो उपस्थिति कायम राख्न निर्माण गरिदिएको संघीयतामा खुद बेलायतीहरु संघीय शासन अपनाउन राजी भएनन् । विश्वकै झगडिया र महँगो प्रणाली संघीयता भारतीय आप्रवासी मार्फत नेपाल प्रवेश गराइनुको असली मकसद के थियो ? जान्न र बुझ्न हालको दाहाल सरकार निर्माण र सो सरकार मार्फत गर्न आँटिएको काम हेर्दा थाहा हुन्छ ।

संसारमा सफल संघीयताको प्रयोग गर्ने मुलुक अमेरिका हो । अमेरिकी संघीयताको पिताहरु अलेक्जेण्डर हयामील्टन, जेम्स म्याडिसन र जर्ज बाशिङटन हुन । बेलायती साम्राज्यले आफू बेलायत फर्किदा कायम गरिदिएको संघीयता र अमेरिकीहरुले विभिन्न झगडा मार्फत आफ्नो उपस्थिति कायम राख्न निर्माण गरिदिएको संघीयतामा खुद बेलायतीहरु संघीय शासन अपनाउन राजी भएनन् । यसरी हेर्दा संघीयताको सफल प्रयोग गर्ने अमेरिकी संघीयतालाई १७८९–१९४५ लेयर केक संघीयता, १९४५–१९६९ मार्वल केक वा कोपरेटिभ संघीयता र १९६९ मा रिचर्ड निक्सन (१९६९–१९७४)द्वारा राज्य र स्थानीय सरकारको केही अधिकार फिर्ता लिदै केन्द्र बलियो बनाउने ‘नयाँ संघीयता’ नै विश्वमा चर्चित संघीयताका मोडल हुन । सिद्धान्तत द्वन्द्व घटाउन प्रयोग गरिने व्यवस्था संघीयता व्यवहारद्वारा झन द्वन्द्व बढाउने हुन्छन भन्ने प्रमाण संघीय मुलुकका झगडा हेर्दा थाहा लाग्छ ।

नेपाली संघीयताः बि.स. २०६२÷०६३ को जनआन्दोलनपछि जारी अन्तरिम संविधानमा संशोधन गर्दै घुसाइएको राजनैतिक प्रणाली नै नेपाली संघियता हो । भारतीय इच्छा र चाहाना अनुसार रणनीतिक रुपमा अन्तरिम संविधानमा समावेश गरिएको संघीयता हाल नेपाली संविधानको अन्तरवस्तु भैसकेको छ । केन्द्रीकृत राष्ट्र नेपाललाई भारतीय चाहना अनुसार सीमांकन गर्ने उद्देश्यमा विघ्न बाधा पर्न जाँदा हाल देशले भोगिरहेको समस्या नै ‘संघीयता’ मार्फत भित्रीएको हो भन्ने सबैको जानकारी कै विषय हुन ।

नेपालको तराई मधेसले चाहेको संघीयताले खोज्नु पर्ने विषयहरु शक्तिको वर्गीकरण र वितरण, राष्ट्र र राज्यको अन्तर सम्बन्धको बीच कुनै माग नउठाउने केवल सीमांकन र जनसंख्या अनुसारको प्रतिनिधिमा केन्द्रीत गर्नुले संघीयता मार्फत भारतले चाहेको कुरा अरु नै छ भन्ने प्रष्ट भैसकेको छ ।

किन टिक्दैन संघीयता नेपालमाः नेपाली जनताको उन्नती, प्रगति, विकास, शान्ति र राजनैतिक स्थिरताको निम्ति संघीयता ल्याइएको हुँदै होइन । नेपालमा संघीयता भारतीय र इसाइहरुको स्वार्थ पूर्तिको निम्ती ल्याइएको हुनाले यो प्रणालीले नेपाली जनताको भलो चिताउदैन । त्यसकारण नेपालमा संघीयता नटिक्नुुका केही आधारहरु प्रस्तुत गर्नु अनिवार्य भैसकेको छ ।

१. क) नेपालको आन्तरिक राजनीतिः शाह वंशको उदयसँगै हत्या, हिंसा, धोखा—धडी, छलकपट अविश्वास र आत्मकेन्द्रीत राजनैतिक व्यक्तिबाट भैरहेको नेपाली राजनीतिले निम्त्याएको राजनैतिक अस्थीरता भनेको छिटो छिटो सरकार परिवर्तन नै हो ।

विश्वमा सबैभन्दा बढी अस्थीर सरकार भएको इटालीलाई समेत माथ गर्ने नेपाली राजनीतिको तीन काल खण्ड सन् १७९९ देखि १९५१ सम्म १७ जना प्रधानमन्त्री, १९५१ देखि १९६० सम्म ५ जना प्रधानमन्त्री

पञ्चायतीको काल १९६० देखि १९९० सम्म ६ जना प्रधानमन्त्री ; (तुलसी गिरी, सुर्यबहादुर थापा, किर्तीनीधि विष्ट, नगेन्द्र प्रसाद रिजाल, लोकेन्द्र बहादुर चन्द र मरिचमान श्रेष्ठ)

१९९० देखि २०१६ सम्म (४ अक्टोबार २००२ देखि ११ अक्टोबर २००२ सम्म ७ दिन र १ फेबु्रअरी २००५ देखि २५ अप्रिल २००६ सम्म ४४८ दिन, ज्ञानेन्द्र शाहले आफ्नै प्रत्यक्ष शासन गरेको बाहेक २३ पटक सरकार परिवर्तन हुनुले मुलुकमा राजनैतिक स्थीरता मुस्किल छ । विश्वकै झगडिया र महँगो राजनैतिक प्रणाली संघीयता अपनाउँदै संविधानमा समानुपातिक निर्वाचन प्रणालीलाई समावेश गर्नुले राजनैतिक स्थीरता असम्भव छ भन्ने प्रामाणित हुँदैन र ? अस्थीर मुलुकले संघीयता धान्न नसक्ने आफैंमा एक कारण हुन जाने निश्चित नै छ ।

अशिक्षाकै कारण कडा परिश्रम नगर्ने, नयाँ सोचमा कमि, छोटो बाटोबाट छिटो सफलता खोज्ने, आरोप लगाउन तम्सी हाल्ने जस्ता विविध कारण हाम्रा सामु उपस्थित हुदाँ संघीयता सफल हुन झन मुस्किल हुनेछ । १. (ख) अशिक्षाः गरिब मुलुक नेपालको अर्को ठूलो समस्या अशिक्षा हो । अशिक्षाको कारणले नेपालको राजनीति सधैं विदेशीको चपेटामा पर्दै गरेको त्यसमा सबैभन्दा बढि भारतीय प्रभाव रहेको तथ्य हाम्रो भौगोलिक अवस्थितिबाट नै थाहा लाग्छ । अशिक्षा कै कारण अवसरहरु कम हुन जाँदा हरेक कुरामा सजिलै प्रभावित हुने रोगले हाम्रो राजनीति सधैं अस्थीर रहदै आएको छ । अशिक्षाकै कारण कडा परिश्रम नगर्ने, नयाँ सोचमा कमि, छोटो बाटोबाट छिटो सफलता खोज्ने, आरोप लगाउन तम्सी हाल्ने जस्ता विविध कारण हाम्रा सामु उपस्थित हुदाँ संघीयता सफल हुन झन मुस्किल हुनेछ ।

संघीयताले धेरैभन्दा धेरै शिक्षित मानिसको माग गर्दछ । वकिल र कर्मश पढेका जनशक्ति पाइला पाइलामा चाहिने व्यवस्था संघीयताले कर र झगडालाई व्यवस्थापन गर्न नेपाल जस्तो देशमा करिब करिब असम्भव नै छ । हाम्रो देशमा संघीयता नटिक्ने सबैभन्दा दह्रो प्रमाण कर प्रणाली मार्फत भित्रिने झगडालाई व्यवस्थापन गर्ने शिक्षित जनशक्तिको अभाव हुनु पनि हो ।

१. (ग) विविधताः नेपाल एक बहुभाषी, बहुधार्मिक, बहुजाती, बहुसांस्कृतिक लगायत विभिन्न विविधताले सिंगारिएको मुलुक हो । नेपालको जन्मसँगै लिएर आएको हिमाल, पहाड र तराई बीचको अन्तरसम्बन्धमा खलल ल्याउने राज्यको पुनर्संरचना मार्फत गरिने सीमांकनले संघीयता टिक्ने आधार नै छैन ।

तीव्र भारतीय आप्रवासीको नेपालीकरण मार्फत नेपालमा राजनैतिक अस्थीरतालाई बढावा दिदै राजतन्त्रको पतन गराउन सफल भारतीय रणनीति मार्फत नेपाल प्रदेश गराइएको संघीयता नेपालमा नटिक्ने कारण भारतकै आन्तरिक नीति हो । २) बाह्य कारणः भारतीय नीति बेलायतीहरुको भारत फिर्तीसँगै भारतीय सत्ता आफ्नो सिमाना हिमालयसम्म कायम राख्न चाहान्छ । त्यसैको फलस्वरुप उनीहरु १९५० देखि निरन्तर आफ्नो रणनीतिमा कायम हुँदै अगाडि बढ्दा सिक्किम विलय, भुटानको त्वम शरणमपछि नेपाल केन्द्रीत हुँदैछन् ।

तीव्र भारतीय आप्रवासीको नेपालीकरण मार्फत नेपालमा राजनैतिक अस्थीरतालाई बढावा दिदै राजतन्त्रको पतन गराउन सफल भारतीय रणनीति मार्फत नेपाल प्रदेश गराइएको संघीयता नेपालमा नटिक्ने कारण भारतकै आन्तरिक नीति हो । उनीहरु नेपालमा संघीयता स्थापित होस भन्ने चाहदैनन । साथै अस्थीरताकै बीच आफ्नो स्वार्थ पुरा गर्न चाहान्छन् ।

काबेरी नदीको पानी तमिलनाडु र कर्नाटक जनतालाई बराबरी दिलाउन नसक्ने भारतीय सत्ता नेपालमा सबैलाई समान गराउ भन्नु कत्तिको सान्दर्भिक छ ? खुद आफ्नै गुजराती हार्दिक पटेलको आरक्षण मुद्दा समाधाान गर्न नसक्ने भारतीय सत्ता नेपाली सेनामा मधेसीको सामुहिक प्रवेशको कुरा गर्न कसरी सक्छ ? २. क) भारतीय समस्याहरुः भूगोल, जनसङ्ख्याले मात्र हैन अनेक समस्याले समेत ठूलो मुलुक भारत आफैं अनेकौं समस्याको सामना गर्दैछ । गरिबी, भष्ट्राचार, जातीय समस्या, कर्मचारीतन्त्र, विविधता, वैज्ञानिक तरिकाको कमी, शिक्षा ठूलो चुनौतिको रुपमा खडा भएका छन् । हाल भारतीय सत्ताले भोगिरहेको चर्को समस्यामा पानीको समस्या, बेरोजगारी, सीमित स्रोत र साधन, आर्थिक असमानता, अविश्वास, आउटडेटेड शिक्षा प्रणाली, सामाजिक सुरक्षाको कमि, लैगिंक असामनता र आतंकवादले गर्दा नेपालमा उसले चाहेको जस्तो हुनै नसक्ने दरिलो आधारहरु हुन । जसको कारण उनीद्वारा नेपालमा जन्माइएको, हुर्काइएको तराई मधेशका दलहरुको चरित्रसमेत संघीयता सफल नहुने अर्को आधार हो ।

आफैं भारतीय सेनामा राई, लिम्बु, मगर, तामाङ, क्षेत्रीलाई लिएर गोरखा राइफल स्थापना गर्ने भारत के अर्को सम्झौता नेपालसँग गरेर तराई मधेस राइफल निर्माण गर्दै झा, यादव, ठाकुर, महतो, मिश्र, कायस्थहरुलाई लिएर काश्मिरको सुरक्षार्थ खटाउन तयार छ ?

२. ख) भारतीय द्वैध चरित्रः नेपाली संविधानलाई सर्वस्वीकार्य बनाउन पटक–पटक दबाब दिने भारतको द्वैध चरित्र उनीहरुकै आन्तरिक समस्या हेर्दा प्रष्ट झल्किन्छ । काबेरी नदीको पानी तमिलनाडु र कर्नाटक जनतालाई बराबरी दिलाउन नसक्ने भारतीय सत्ता नेपालमा सबैलाई समान गराउ भन्नु कत्तिको सान्दर्भिक छ ? खुद आफ्नै गुजराती हार्दिक पटेलको आरक्षण मुद्दा समाधाान गर्न नसक्ने भारतीय सत्ता नेपाली सेनामा मधेसीको सामुहिक प्रवेशको कुरा गर्न कसरी सक्छ ? खुद आफैं भारतीय सेनामा राई, लिम्बु, मगर, तामाङ, क्षेत्रीलाई लिएर गोरखा राइफल स्थापना गर्ने भारत के अर्को सम्झौता नेपालसँग गरेर तराई मधेस राइफल निर्माण गर्दै झा, यादव, ठाकुर, महतो, मिश्र, कायस्थहरुलाई लिएर काश्मिरको सुरक्षार्थ खटाउन तयार छ ?

आफ्नो देशको पञ्जाब समस्या (खालीस्तान), आसाम बोडोल्याण्ड समस्या समाधान गर्न नसक्ने भारतले नेपालमा सबैलाई मिलाएर सहमति कायम गर्दै संविधान संशोधन गर भन्न कति सुहाउँछ ? अनि उनीहरुको दबाबले हुने संशोधनले संघीयता कसरी टिक्न सक्छ ? संघीयता नटिक्ने यो बाहेक ठूलो आधार अरु के नै चाहियो र ?

सन् १८१२ मा गर्भनर एलब्रीज जेरीले आफु चुनाव जित्न अपनाइएको हथकण्डाहरु क्रयाकिङ्ग, प्याकिङ्ग, हाइज्याकिङ्ग र किडन्यापिङ्ग सीमांकनलाई जेरी म्यान्डरीङ्ग भनिन्छ । हाल नेपालमा भारतीय स्वार्थलाई सम्बोधन गर्न दाहाल सरकार मार्फत गर्न लागिएको सीमांकन त्यही जेरी म्यान्डरीङ्ग सिद्धान्तमा आधारीत छ । ३) अन्य कारणहरुः जेरी म्यान्डरिङ्ग सीमांकन

gerimendaring नेपालमा संघीयता नटिक्ने चर्को र दह्रो आधार जेरी म्यान्डरिङ्ग सीमांकन हो । आफ्नो पार्टी र व्यक्तिगत फाइदाको लागि गरिने सीमांकनलाई जेरी म्यान्डरिङ्ग सीमांकन भनिन्छ । सन् १८१२ मा गर्भनर एलब्रीज जेरीले आफु चुनाव जित्न अपनाइएको हथकण्डाहरु क्रयाकिङ्ग, प्याकिङ्ग, हाइज्याकिङ्ग र किडन्यापिङ्ग सीमांकनलाई जेरी म्यान्डरीङ्ग भनिन्छ । हाल नेपालमा भारतीय स्वार्थलाई सम्बोधन गर्न दाहाल सरकार मार्फत गर्न लागिएको सीमांकन त्यही जेरी म्यान्डरीङ्ग सिद्धान्तमा आधारीत छ । यस्तो तरिकाले गरिने सिमांकनले अन्ततगोत्वा असफल हुने भनेको संघीयता नै हो ।

३. क) नेपाली राजनैतिक दल र अलोकतान्त्रिक छवी नेपालमा हाल भैरहेका राजनैतिक दलहरु केवल मुखले मात्र लोकतान्त्रिक छन् । उनीहरुको व्यवहार र क्रियाकलाप अति नै अलोकतान्त्रिक हुनाले नेपालमा संघीयता नटिक्ने अर्को कारण हुन । आफूमात्र सही अरु सब गलत भन्ने सोंचले ग्रस्त नेताहरु जीवनमा आफूले मात्र खान पाउनु पर्छ भन्ने व्यवहार प्रदर्शीत गरिरहदा सबैभन्दा बढी शिक्षित, नरम, भद्र, नैतिकवान र राष्ट्रवादी छवी खोज्ने व्यवस्थाले हाम्रो देशमा जरो गाड्छ भन्नु दिवास्वप्न नै हो भन्नु पर्ने देखिन्छ । बिजुली चाहिन्छ तर मेरो बारीमा पोल गाड्न पाउँदैनस् भन्ने जनताको सोंचसँग मिल्दो जुल्दा नेता भएको मुलुकमा संघीयता टिक्दैन भन्न कति आधार चाहियो र ?

जब हाम्रो छिमेकी मुलुक भारतको रणनीति नै अस्थीरताको निम्ती संघीयता छ भने नेपाल स्थिर भएर संघीयता टिक्छ भन्नु केटाकेटी पन नै हैन र? भारतीय र इसाइहरुले आफ्नो स्वार्थको निम्ती लादिएको कुरुप संघीयताले नेपाल र नेपालीको भलो गर्दैन भन्ने आधार संविधानका अन्तरवस्तुबाटै थाहा लाग्छ । हाल भैरहेको सबै गडबडीले यो व्यवस्था कतिको लाभदायक छ भन्ने काफी छैन र ?

कुनै समय अफ्रिकी नेतृ विन्नी मण्डेलाले भन्ने गर्थिन ‘हिजो हाम्रो हातमा जमिन थियो, उनीहरुसँग बाइबल । आज हाम्रो हातमा बाइबल छ उनीहरुसँग जमिन ।’ भने जस्तै स्थिति आइलाग्दैछ । भारतकै आदेशमा सबैथोक हुने भारतवेष्टित मुलुक हाल सार्वभौम मुलुकबाट भारतभौम मुलुक बनाउने अन्तिम कोशिस दाहाल सरकार मार्फत गरिदैछ । दाहाल सरकारले मानेका कुरा खुद विहारी नेता लालु यादवले समेत नमान्ने जनसंख्याको आधारमा प्रतिनिधित्वले भारत निर्मित संघीयताको पार्टपूर्जा, इन्धन र मिस्त्रिहरु भारतबाट आइसकेको प्रमाण रन्जीत रे को करामत, मधेसी मोर्चाको स्वीकारोत्ती र राप्रपाको मलिनो स्वर सुने थाहा भैहाल्छ । कुनै समय अफ्रिकी नेतृ विन्नी मण्डेलाले भन्ने गर्थिन ‘हिजो हाम्रो हातमा जमिन थियो, उनीहरुसँग बाइबल । आज हाम्रो हातमा बाइबल छ उनीहरुसँग जमिन ।’ भने जस्तै स्थिति आइलाग्दैछ । हिजो शान्त र एकजुट मुलुक हामीसँग थियो भने उनीहरुसँग अस्थीरता र संघीयता थियो ।

आज हामीसँग संघीयता र खण्डीत मुलुक छ भने उनीहरुसँग हाम्रै तराई मधेसको भूभाग भन्ने दिन आउने त होइन ? भन्दै बस्नु पर्ने स्थिति आइलागेको छ । खराब नियत र मनसायबाट जन्माइएको संघीयता नेपालमा टिक्न नसक्ने भएकोले नेपालको आन्तरीक समस्या भन्दा बढी भारतीय र इसाइहरुको समस्या प्रभावशाली हुदै गएकोले नेपाल झनै अस्थिर मुलुक हुन जाने पक्का–पक्की नै छ । नेपालको सुन्दर भविष्य र तराई मधेस समस्याको समाधानको एक मात्र विकल्प अगृकित संघीयतालाई स्थगन गर्नु अनिवार्य भैसकेको छ ।

- See more at: http://nepalpati.com/bichar/dipendra-pan…