मैले नकमाएको कालोधन !

धनीहरुको बिरोध गर्नेहरु छयास -छयास्ती भेटिन्छन तर धनको बिरोध गर्ने मुश्किलले भेटिन्छन ।उखानै छ, " धन भने पछी महादेबको पनि तीन नेत्र " । कैलाशबाशी महादेबलाई समेत प्रभाबित गर्न सक्ने धनले पृथ्बीबाशी मनुश्यलाई प्रभाबित नगर्ने कुरै भएन । अहिलेको बैश्ययुगमा धनले नपिरोलेको क्षेत्र र मानिस भेटनु भनेको स्यालको सिङ मिले जस्तै हो भन्छन्, भुक्तभोगी बृद्धहरु ।उपभोक्ताबादी संस्कृती हाबी हुँदै गएको मानब समाजमा धनको कती महत्व छ भन्ने कुरा धन हुनेहरुले मात्र जान्दछन र बुझ्दछन । सर्बसाधारण मानिस आफ्नो दैनिक गुजाराको निम्ती ब्यस्त भैरहेको बर्तमान समयमा धनको बारेमा सोच्ने, बुझ्ने र गुन्ने न ल्याकत राख्छन न हिम्मत नै ।

मानिसहरु किन धनको पछी लाग्छन ? धनले मानिसलाई किन र कसरी आकर्षित गर्छ ? जती मानिस त्यती नै जवाफ हामी सामु उपस्थित नै छ ।भन्छन्, संसारमा लाखौं प्राणी बसोबास गर्छन ।मानिस मात्र त्यस्तो प्राणी हो जसले पेट भर्न मात्र खादैन ।त्यसैले संधै खेती गर्ने तर भोकै बस्ने प्राणी मानिसलाई भोकको आधारमा बर्गीकरण गर्दा ४ आधार मा समेट्ने कोशीश गरेको छु ।प्रेमका भोका, नामका भोका, धनका भोका र सत्ताका भोका ।प्रेमका भोका मानिसलाई धनले त्यती पिरोलेको भेटिदैन बरु प्रेममा धन , दौलत , नाम , सत्ता गुमाएका दृष्टान्त भेटिन्छन ।नाम कमाउन अनेक हत्कन्डा र स्टन्ट बाजी गर्नेहरु हाम्रै समाजमा बिगबिगी छदैछन । अझकेही मानिस कला मार्फत त केही रुप , यौबन र स्क्यान्डल बाट पनि नाम कमाउन ब्यस्त छन । प्रेम र नामका भोकाहरुलाई सामान्य रुपमा लिने हो भने धनका भोका र सत्ताका भोका हरुको अचाक्लीले आजकल समाज अति नै प्रताडित हुँदैछ ।तीनै धनका भोका र सत्ताका भोका हरुको खेलले कष्टकर जिबन बिताउँन बाध्य जनताहरु राजनैतिक नेताहरुको जनप्रिय र कर्णप्रिय कुरा र भाषणका पछी लाग्दा बिश्वले थुप्रै नाम चिन कालोधनका मालिक भ्रष्ट राष्ट्रप्रमुखको शासन भोगी सकेका छन ।

कालोधनले पिडित बिश्व राजनीतिमा ती माहान भष्ट्र जसले संसारलाई गिजोले साथै आफ्ना शिस्य बनाएर समग्र राजनीति लाई दुर्गन्धीत बनाउने कलाको बिजारोपण गरे उनीहरुलाई एकपटक नसम्झीनु उनीहरुको कुकर्मको अपमान हुने देखिन्छ । मोहम्मद सुहार्तो (१९६७-९८) इण्डोनेसिया राष्ट्रपति, फर्डिनान्ड मार्कोस (१९७२-८६) फिलिपिन्स राष्ट्रपति, मोबुतु सेसे सेको (१९६५-९७) जायर राष्ट्रपती ,सानी अबाच्चा (१९९३-९८) नाइजेरिया राष्ट्रपति, सोबोदान मिलोसेभिच (१९८९-२०००) सर्बिया /युगोस्लाभिया राष्ट्रपति, जं कलाउड डुभालिर (१९७१-८६) हाइटी राष्ट्रपती ,अल्बेर्टो फुजीमोरी (१९९०-२०००) पेरु राष्ट्रपती ,पाभ्लो लाजारेन्को (१९९६-९७) प्रधानमन्त्री युक्रेन , अर्नोल्डो आलेमान (१९९७-२००२) निकारागुवा राष्ट्रपती, जोसेफ एस्ट्राडा (१९९८-२००१) फिलिपिन्स राष्ट्रपती । माथीका भ्रस्ट रास्ट्रपतीहरुको कालो इतिहास जान्नेहरु नै आज सत्तामा बस्दै कालोधनको खेती गर्दैछन । कालोधनको शक्तीले नै होला बिश्वभरका भष्ट्रहरुको निर्मम अन्त्य भएको देख्दा पनि बर्तमान मा त्यही कालोधन जम्मा गर्न लाग्नेहरुमा कमी न आउनु बुझी नसक्नु भएको छ ।

सिध्दार्थ गौतम राजकुमार थिए । उनी धन र सत्ता कुरेर बसेनन ।ज्ञान प्राप्तीको भोकले उनी कठिन मार्ग चयन गर्दै अन्तत बुद्ध बन्न सफल भए ।धन र सत्ता गुमाएर पनि उनी सबै भन्दा धनी हुन पुगे ,ज्ञानीको रुपमा ।मोहनदास करमचन्द गान्धी २ अक्टोबर १८६९ मा पोरबन्दर गुजरात भारतमा जन्मीए ।उनको बाबु पोरबन्दर कै मुख्य मन्त्री थिए । सबै रुपले सम्पन्न गान्धी न धनको पछी लागे न सत्ताको पछी ।उनी पनि आफ्नो लण्डन अध्ययनको सदुपयोग गर्दै भारतिय जनताको मुक्तीको निम्ती सिर्फ माहात्मा पदबी मै सन्तुष्ट भए ।गान्धीले धन बटुलेनन तर जनताले धनको रुपमा लिने रुपैँया मै बस्न सफल भए । उनकै प्रभाबले हुनुपर्छ , दक्षिण अफ्रीकी जनताका मुक्तीदाता नेलशन मण्डेला पनि धनको पछी लागेनन ।१० मे १९९४ देखी १४ जुन १९९९ सम्म अफ्रीकी जनताको सेवा गर्न जनता कै पुरस्कार रास्ट्रपती पद लिन राजी भए ।आफ्नो कार्यकाल मा उनी कालोधन जम्मा गर्ने कुमार्ग मा लम्केनन ।फलस्वरुप सारा अफ्रीकी जनताको ढुकढुकीमा बस्दै ९५ बर्षको उमेरमा सबै जनतालाई रुवाउँदै यस धर्तीबाट बिदा लिए । माहान युग पुरुष हरु बुद्ध , गान्धी र मण्डेलाले धनलाई तुच्छ बस्तुको रुपमा हेरे जसले गर्दा उनीहरु अमर हुन पुगे ।हाम्रै सामु भएका यीनै युग पुरुषलाई प्रेरणाको रुपमा लिदै अगाडी बढ्नु पर्ने राजनीति दुर्भाग्यबस माथी उल्लेख भएका दश भष्ट्रहरुको मार्गमा लम्किंदा आज संसार अक्रान्त छ, कालोधन मार्फत ।

कालोधनले आज संसारलाई पिरोलेको छ ।अझ हाम्रै छिमेकी देश भारत कालोधनबाट आक्रान्त थियो र छ भन्ने प्रमाण नोभेम्बर ८ तारिखको दिन अचानक भारतिय रुपैँया ५०० र १००० का नोट प्रतिबन्ध लगाएको खबरले बिश्व नै चकित हुँदा हामी अछुत हुने कुरै भएन ।भारतको मोदी सरकारले लिएको ठुला नोट प्रतिबन्ध नीतिले पारेको प्रभाब बिस्तारै मिडिया मार्फत सार्बजनिक हुँदैछन ।कुनै समय ५-१० रुपैँया मात्र देख्न पाउने मन्दिरहरु आजकल ५००, १००० दर्शनले मालामाल भैरहेका छन ।दाइजो प्रथाले सताएको भारतियहरुको जनजिबनमा बिबाहको मौसममा भएको नोटबन्दीले गरीब परिवार लाई केही राहत मिलेकै छ ।छापामा आएका "चेक दाइजो" को नयाँ चलनले दाइजो पनि अब कालोधन बाट हैन सेतोधनबाट हुन शुरुभएको संकेत मिल्दैछ ।कतै कतै त धन तह लगाउन समस्या पर्ने हुनाले दाइजो लिन नै इन्कार गरिएको खबरले दाइजो बिरोधीहरुलाई उत्साहित बनाएको छ । सिमा ब्यापार ,हुण्डी कारोबारी , सुन ब्यापारीहरुको रुवाई देख्दा लाग्छ अब भारतिय राजनीति आँशिक रुपमै भएपनी सुध्रदै छ ।

माहात्मा गान्धीको आदर्शलाई कुल्चदै जम्मा गरिएको कालोधन आज भारतिय रेलको पटरी, खोला र झाडीमा भेटिनु ले फेरी पनि उनकै फोटो अंकित नोटकै अपमान हुँदैछ ।जम्मागर्दा होस कि फाल्दा होस गान्धीकै अपमान हुने नोट पद्धतीलाई बिस्थापन गर्न बैज्ञानिक प्रबिधीको प्रयोग गर्नुपर्ने र नोट बिस्थापन नीति अप्नाउनु पर्ने आबाजलाई लत्याउँदै मोदी सरकारले २००० का नोट बजारमा ल्याउनुलाई नराम्रो मान्नेहरु क्रमश बढ्दैछन ।बैकिङ कारोबार मार्फत देशको अर्थतन्त्र पारदर्शी र सेतो बनाउनु पर्ने युबायुबतीको चाहाना र अर्थशास्त्रीहरुको मागलाई मोदीले अनदेखा गर्नुको मतलब तीनै कालोधन राख्ने मानिसहरु प्रती उनको फेरिएको नीति भित्रको राजनितिक चालबाजी हो भन्नेहरुको कुरालाई नै आधार मिलीरहेको छ ।

कालोधन र नक्कली भारुलाई नियन्त्रण गर्ने मोदी सरकारको राजनैतिक निर्णयले थुप्रै भारतिय राजनैतिक ब्यक्तीको पसिना छुटाउन सफल मोदी कलालाई साथ दिनेहरु हाइहाइ छन तर सर्बसाधारणलाई दिएको दुख र ९१ बर्षकी आफ्नै बुढी आमालाई लाईनमा राखेर पैसा सटाउने स्टण्टबाजी प्रती लज्जित पनि छन ।आज भारतमा मोदी कदमको बारेमा जनमत बुझ्दा , के तपाई मोदी कदमबाट पिडित हुनुहुन्छ ? बडा तकलीफ छ । के तपाई खुशी हुनुहुन्छ ? बडा खुशी छौ । एक साथ दुखी पनि खुशी पनि कसरी ? उनीहरु भन्छन्, हामीले कालो पैसा नकमाएर दुख पायौ ।उनीहरु जो संग लाखौ करोडौ कालो धन सेतो बनाउन नपाएर दुख पाउँदैछन । मोदी कदम पछी उनीहरु पनि हामी जस्तै भएका छन । किन खुशी नहुने ?

मोदीले कालोधन रोक्ने नीति लिए तर कालोधन राख्नेलाई कार्बाही गर्ने नीति लिएनन । मोदीलाई राम्रोसंग थाहा छ । उनले गर्नसक्ने अधिकतम यही नै हो । कालोधन गुमाएर मुक्ती पाउने कालोधन वालाको मुक्तीदाता मोदी सरकार र करोडपती सडकमा आउँदा रमाउने भारतिय जनताको प्रबृतीले के कुराको संकेत गर्छ भने हामी सबैको राम्रो बनाएर खुशी हुने मार्गमा हैन सबैलाई दुखी बनाएर खुशी हुने मार्ग निर्माण गर्दैछौ । यही नै हाम्रो पछौटेपनको कारण हो । समाज परिवर्तन आमुल परिवर्तनबाट मात्र सम्भब छ ।टालटुले नीतिबाट हैन भन्ने कुरा न भारतिय जनता बुझ्न चाहान्छन न भारतिय मोदी सत्ता बुझाउन चाहान्छ ।त्यसैको प्रतिफल हो आज पुरा भारतका कालोधन वालाहरु पिडित हुँदापनि एक जनाले आत्महत्या गरेनन तर सर्बसाधारणले मोदी कदमबाट त्राण पाउन नसक्दा ४७ जनाले ज्यान गुमाउन पुगे । कालोधन जम्मा गर्ने भारतिय हुन कि नेपाली कसैले पनि आत्महत्या गर्न नपर्ने अनि ती सोझा गरीब भारतिय हुन कि नेपाली जीबन धान्न नसक्दा आत्महत्या गर्नु पर्ने यो कस्तो लोकतन्त्र ?

भारतिय नोटबन्दीको बाछिटाले घायल प्रधानमन्त्री दाहाल खुद भारतिय प्रधानमन्त्री मोदीसंग फोन सम्पर्क गर्दापनि त्राण पाउन नसकेको चर्चा बडो बिचित्रको छ । दाहाल सरकार कै गृहमन्त्री निधीपुत्र फोनमार्फत बाबुसंग आइसि नोट कसरी साट्ने ? भन्ने खबरले बजार तताउँदा जिबन धान्न दिल्लीमा कुल्ली काम गर्ने हुन कि नेपाली बजारमा तरकारी र चनाचटपटे बेच्नेहरुको हालत के होला सजील्यै बुझ्न सकिन्छ ।यी तमाम घट्नाले हामीलाई भन्न बाध्य पार्दैछ । कमाएको धनले भन्दा नकमाएको कालोधनले ज्यान लिने खतरा बढी छ । हिजो कालोधनको बिगबिगी हुँदा बजार भाउ अनियन्त्रीत थियो । सर्बसाधारण पिडित थिए ।आज सामानको बिजक मुल्य अनुसार भन्सार तिर्दा झन महगो पर्ने भयो ।फेरी पनि हामी नै पिडित । यो कस्तो कालोधनको ब्यापार ? जसो गर्दा पनि सोझा, सिधा , निमुखा र निर्बाह मुखी जनता नै पिडित हुनुपर्ने । मैले नकमाएको कालोधनले मलाई बारबार प्रश्न गरिरहन्छ ।के आत्महत्या नगरि बाँच्न कालोधन कमाउनै पर्ने हो ?