जन्मदै कुरुप जन्मीएका शिशुपालको मृत्यु भगवान श्रीकृष्णको हातबाट हुनेछ भन्ने भविष्यवाणी शिशुपालको माताले सुन्दा ९९ अपराध (गल्ती) सम्म जिबनदान पाउनेछौ भनी श्रीकृष्णसंग बचनलिन सफल भईन । ईन्द्रप्रश्थको राजसुयोग यज्ञमा शिशुपालले भगवान श्रीकृष्णको निन्दागर्दै अपराध नंबर १०० पुर्याउँदा श्रीकृष्णको हातबाट मृत्यु प्राप्तगरे भन्ने पढ्ने र सुन्नेहरु कलीयुगमा जन्मीएका अनेकौ शिशुपालको अपराधहरु गन्न बाध्यछन । बाबुरामलाई सत्ताबाट बिदादिने बहानामा लोकतन्त्रमा औंसा पार्ने भारतिय डिजाइनको नेपाली शिशुपाललाई खिलराज मार्फत बोक्न बाध्य बनाईएको कुरा उनका कुकर्म र अपराधको बिधिबत गन्ती संसदले आजबाट शुभारम्भ गर्नुले प्रमाणित गर्दैछ । श्रीकृष्णको भूमिकामा नेपालभित्र शिशुपाललाई दण्डितगर्न राखिएको नेपाली संसदबाट उनको अन्त्य हुने कुरामा कुनैसंका नभएपनि लोकमान नामको शिशुपालले आफ्नो अपराधलाई १०० सम्म गिनाउँदै समाप्त हुन्छन कि अख्तियार प्रमुखबाट राजीनामा दिँदै आत्महत्या गर्छन ? जनता हेर्न आँतुरछन !!!