१०० भाई कौरबका एक्ली बहिनी दुशलाका पती (सिन्धु राजकुमार्) जयद्रथ आफ्नो पिताको आशिर्बादले गर्दा जसले उनलाई मार्ने कोशीश गर्छ उसकै मृत्यु हुनेछ भन्ने शक्तीको दुरुपयोग गर्दै अर्जुनपुत्र अभिमन्यूलाई मार्न चक्रब्युहको रचयिताको भूमिकामा प्रश्तुत हुनाले अर्जुनमार्फत उनको शिरछेदन गर्दै उनकै पिता सिन्धु नरेशको काखमा राखीदिंदा पितापुत्र दुबैको इहलीला समाप्त भयो भन्ने कहाँनीलाई नजर अन्दाज गर्दै नेपाली राजनीतिले बाबुरामलाई सत्ताबाट बिदागर्न तात्कालिन समयमा एमाले , काँग्रेश र एमाओबादी शिर्षनेताले भारतिय "र्" को स्वार्थ अनुसार खिलराज रेग्मीको बाईप्रोडक्ट लोकमानलाई अख्तियार प्रमुखमा स्विकार गरेकाहुँन । जबसारा नेपाली जनता लोकमानको बिरुद्धमा थियो शिर्षनेताहरु लोकमानलाई ब्यक्ती मान्थे । आज भारतिय आशिर्बादले लोकमान जयद्रथको भूमिकामा प्रस्तुत हुँदैगर्दा तीनै नेताहरु लोकमान प्रबृती भन्दैछन । भारतिय रणनीति अनुसार नेपाली लोकतन्त्रलाई अभिमन्यू बनाउँने गुरुयोजना साथ बिदेशी भूमीमा लामोबिदा मनाएर नेपाल फर्केका लोकमानलाई नेपाली जयद्रथ बनाउँदै भारतिय दूताबासको काखमा उनको शिरराख्न शिर्षनेता चुकेभने उनीहरुको हालत अभिमन्यूकै जस्तो हुनेछ!!!