बजारहल्ला अनुसार डाक्टर केसी "मुसा" , प्रधानमन्त्री दाहाल "बिरालो" अनि लोकमान "बाघ" रे !मिडियाले डाक्टर केसीलाई सोध्यो रे, किन चुपचाप ? बाघको डरले हो ? स्वघोसित रोगी मुसाको जबाफ पत्रकारले यसरि पायो रे । मुसालाई बाघको के डर । बाघसंगको डरले बिरालाको छटपट्टी देख्नु भा'छैन ? फेरी मुसालाई सोधियो , बिरालोको डर लाग्दैन त ? मुसाले हाँस्दै जबाफ दियो रे । टिचिङ हस्पिटलमा अनशन नामको दुलो देख्नुभएन ? निलम्बित बाघ अमिलो मनले मुस्कुरायो !!!