हाम्रो भनाई

पञ्चायतकालिन व्यवस्था भएको बखत ( बिसं २०१७ देखि २०४६ सालसम्म) नेपाली जनताहरुले बोल्न, लेख्न, सभा, संगठन गर्न पूर्ण रुपमा बर्जित थियो । यदि नागरिकहरुले यसो गर्ने साहस गरेमा या गरेको कि भन्ने शंका मात्र भएको खण्डमा पनि जेल, नेल हुने खतरा हुन्थ्यो । त्यसतो बेला पनि नेपाली जनताहरुले राजनीतिक अधिकार प्राप्तीको जागरणको लागि हातैले लेखेर जन साहित्यको प्रचार प्रसार गर्दथे । खास खास बेला राजनीतिक कर्मिहरु, सहयोगी र सुभेच्छुकहरु माथि चरम दमन हुन्थ्यो र घर घरमा खान तलासी हुन्थ्यो । त्यस्तो अवस्थामा ती हस्तलिखित जनसाहित्यहरु जोगाउन मुश्किल पर्दथ्यो । तर नेता, कार्यकर्ता र जनताहरु ती साहित्यहरु आफ्नो जीवनभन्दा पनि प्यारो ठानी जोगाउने प्रयत्न गर्दथे । सामाग्रीहरुलाई एउटा सेल्टरबाट अर्को सेल्टरहरुमा बिरालोले बच्चा सारे जसरी सार्दथे । त्यसरी सुरक्षित गरिएका केही हस्तलिखित साहित्यहरु फेला परेकोछ । त्यसलाई ईतिहासको रुपमा जोगाउन प्रयत्न गरिएकोछ र ती सामाग्रीहरुलाई जस्ताको जस्तै क्रमशः प्रकाशनमा ल्याउने प्रयत्न गरिएकोछ । सुरक्षाको लागि कतिपयले आफ्नो नाम फेरिएर लेखेकाछन् । त्यसतो साहित्य कस्को हो भन्ने अहिले पत्ता लगाउन पनि गाहारो भएकोछ । यो साहित्य प्रकाशन गर्दा कसैले त्यो साहित्य प्रकाशन नगरिदिए हुन्थ्यो भन्ने लागेमा तुरुन्त यहि पेजमा कमेन्ट गर्नु भएमा हामीले त्यसलाई तुरन्त हटाई दिनेछौं । ती साहित्यहरुलाई अहिलेको सन्दर्भमा भन्दा पनि कुनै कालखण्डको ईतिहासको रुपमा बुझिदिन हुन पनि सबैमा हार्दिक अनुरोध गर्दछौं ।हाम्रो भनाई