बज्रबाराही मकवानपुर मकवानपुरको सदरमुकाम हेटौंडाबाट उत्तरदिशामा पर्ने यो मनमोहन ठाउको नाम हो बज्रबाराही। विभिन्न भाषाभाषी र संस्कृतिको धरोहर मानिएको एस सुन्दर स्थान प्रकृतिको एउटा अनुपम बरदान पनि लाग्दछ। चारैतिर बाट अग्ला होचा पहाडले घेरिएको र बिचमा समथर कतै त कतै जमिन उठेको यस ठाउँको हावापानीले बिरलैको मन नलोभ्याउला भन्न सकिन्छ। सीजन अनुसार उत्पादन हुने विभिन्न किसीमका तरकारी, फलफुल र अन्नबालीहरु नेपाल भरीनै नाम चलेका छ्न। सरसर्ती हेर्दा नेवार समुदायको बाहुल्यता रहेको पाइएता पनि यस ठाउमा अरु जातजाति सौहार्द बाताबरणमा बसेको पाइन्छ। कर्म गर्न पछि नहट्ने यस ठाउका किसान र उर्बर भुमी यहाँको एतीहासीक खम्बाहरुहुन। दामन, सीमभन्ज्याङ,पालुङ,कुलेखानी,चीत्लाङ को छिमेकको रुपमा रहेको यस स्थान धेरै नै पर्यटकीय महत्त्व बोकेको स्थानहो। सदियौ देखिका पुराना राजाका घरहरु र सीलालेखहरु अझै उस्तै अवस्थामा रहेका छ्न। कुन्छाल गाउँ नमुना गाउँको रुपमा देख्न सकिन्छ। बाराही देबिको मन्दिर बज्रबाराहीबासीको आस्थाको केन्द्र बनेको छ भने बज्रबाराही उपत्यका भित्रै तिनवटा शक्तिपिठ हरु पनि छन। उपत्यकाको बिचमा एउटा ठूलो उच्चमाध्यामिक बिधालय पनि छ, जुन बिधालय मकवानपुरको उत्तरी भेगमा सबैभन्दा राम्रो नतीजा ल्याउने बिधालयमा पनि चीनीएको छ। मलाइ लाग्छ हावापानी,समाज,शिक्षा,एकता संस्कृति र बिकास को दृष्टीकोणबाट हेर्दा बज्रबाराही एक उज्वल भबिस्य भएको ठाउँ हो।