सागादावा (बुद्ध जयन्ती)को उपलक्ष्यमा लुम्बिनीमा मोलम पूजा

बोधी संवाददाता लुम्बिनी, रुपन्देही, जेठ १३ । सागादावा (बुद्ध जयन्ती)को उपलक्ष्यमा लुम्बिनी पवित्र उद्यानमा करीब दुइसय लामा भिक्षु तथा भिक्षुणीहरुको सहभागितामा विश्वशान्तिकाे कामना सहित तीनदिने प्रथम श्रामनेरिका महाप्रणिधान मोलम पूजाको आरम्भ भएको छ । हिमाली बुद्धधर्मको प्रचलन अनुसार यो महिना भरीलाई महत्वपूर्ण महिनाको रुपमा मनाएर आउँदो सोमबारको जेष्ठ पूर्णिको दिनमा बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महानिर्वाण भएको शुभदिनको रुपमा पूजाआजा तथा शुभकार्य गरेर मानउने चलन छ ।

कार्यक्रमका संयोजक एवं नेपाल बौद्ध लोटस श्रामणेरिका संघका अध्यक्ष डोल्मा छेरिङले बोधी टेलिभिजनसँग कुरा गर्दै यो पूजा संसारमा रहेका सबै प्राणीहरुको सुख होस् तथा विश्वमा शान्ति छाओस् भन्ने प्रार्थना सहित गर्न लागेको बताउनुभयो ।

तीन दिनसम्म दिनहुँ पवित्र मन्त्रोच्चारण सहित पुजा गरिसेपछि अन्तिम दिन १५ गते अर्थात् पुर्णिमाको दिन वज्रयान, थेरवाद भिक्षु भिक्षुणी सहित विभिन्न देशका गुम्बा मन्दिरहरुमा बसिरहनुभएका धर्मगुरुहरु समेतको उपस्थितिमा उहाँहरुकै भाषाबाट प्रार्थना गराएर बुद्धको जन्म जयन्ती मनाइने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।

मुगसाङ कुचेन रिम्पोछेको पनि उपस्थिति हुने यस पूजाका लागि काठमाडौं लगायतका विभिन्न स्थानबाट करिक १७० आनीहरु, २० जना लामागुरुहरु समेत गरी २०० भन्दा बढी सहभागी हुन आएका छन् ।