केसी आन्दोलनको साईड इफेक्ट !

मिडिया र सामाजिक अभियन्ता मार्फत मेडिकल शिक्षाको सुधारक बनाइएका डाक्टर केसी फेरी एकपटक चर्चामा ल्याइएका छन । अनुपयुक्त अनशनको सिकार बन्दै कार्यकालको बीचमै आईओएमको डिनबाट जबर्जस्ती गलहत्याइएका डाक्टर शशी शर्मा न्यायालयको आदेश अनुसार चार दिनको निम्ती डिनमा पुनर्बहाली पाउँने आदेश आउने बित्तिकै डाक्टर केसी १४ औं अनशन बस्न तयार भए । सर्बोच्च अदालतको निर्णयलाई आफूले नमान्ने र सो फैसला गर्ने प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्ट , माफिया जस्ता बिभुषणले सुसोभित गर्दै राजिनामा दिन बाध्य पार्ने फर्मान जारी गर्न पुगे । डाक्टर केसीको हर्कतलाई नजिकबाट नियाली रहेको अदालतले उनलाई मानहानीको आरोपमा अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दियो । अदालतको आदेश अनुसार नेपाल सरकारले डाक्टर केसीलाई नियन्त्रणमा लिंदै अदालतमा हाजिर गरायो । डाक्टर केसीले अदालती बयानको क्रममा प्रधानन्यायाधीश पराजुली माथी ११ वटा संगिन आरोप लगाउँदै दिएको बयान पछी सर्बोच्व अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउँने आदेश दिंदै केसीलाई वकिलको जिम्मा लगाएको घटना मिडियामा "हट केक " बनिरहेको पाइन्छ ।

सरकारले जन्माएको केसी आन्दोलन :

सम्पुर्ण समस्याको दोष तात्कालिन दरबारलाई दिंदै ०४६ मा ल्याएको प्रजातन्त्रले देश र जनता प्रतीको दायित्वलाई भुल्दै पुर्ब अर्थमन्त्री रामशरण महतले भित्र्याएको आर्थिक उदारिकरण , निजिकरण र खुलाबजार अर्थ ब्यबस्थाको कारण देशमा नयाँ रोग जन्मिएको मान्नेहरु काफी छन । राज्यले ब्यापार गर्दैन ,निजी क्षेत्रलाई स्वागत गर्नु राज्यको मुलमन्त्र मानिनेछ भन्दै राजनीतिमा स्थापित हुँन पुगेका डाक्टर महतको नीतिले आफ्नो खुबी देखाउँदै छ । निजी लगानीको प्रतिस्पर्धा मार्फत गुणस्तर कायम हुन्छ भन्दै अनुगमन , नियन्त्रण र रोकथामलाई आँखा चिम्लिदा जन्म लिएको बेथिती न गनेर साध्य छ , न भनेर ! डाक्टर महतले लगाएको रोग क्यान्सर बनिसकेको बर्तमान अवस्थामा शिक्षा र स्वास्थ्यलाई " अनसन केमो " चढाउँन लागी परेको केसी आन्दोलन मिडिया र युबायुबतीको ध्यान खिच्न सफल भएको मानिदैछ । बिभिन्न कालखण्डमा शिर्ष नेतालाई प्रभाबमा पार्दै केवल नाफा मात्र हेर्ने सिमित ब्यक्तीले कब्जामा लिएको मेडिकल शिक्षा र स्वास्थ्य निकायले खडा गरेका खराब सुचकाङ्कहरु पुर्बाधार बिनाको मेडिकल कलेज, खडेबाबा डाक्टर , नाम मात्रको ल्याब , नक्कली बेड र बिरामी , शैक्षिक गुणस्तरको निकम्मापन साथै अनुपयुक्त ब्रम्हलुटको "मार्केटिङ" गर्दै डाक्टर केसी "हिरो" बन्न सफल भएका छन ।

उचित , सही , गुणस्तरिय , कुशल , नैतिक र क्षमतावान मानिसलाई राज्यका "नियामक " निकायमा नियुक्ती गर्ने , शिक्षा र स्वास्थ्य संग सम्बन्धित काउन्सिलहरुमा पारदर्शी ढंगबाट उत्कृष्ट ब्यक्तीलाई जिम्मेवारी दिने , दलिय भागबण्डालाई पुर्णतया निर्मुल गर्ने र समय सापेक्ष सुधार गर्दै पुरस्कार र दण्ड जरिबानाको ब्यबस्था गर्ने काम सरकारको रुचीको बिषय कहिल्यै बनेन । फलस्वरुप तीनै कमजोरीहरुलाई आन्दोलनको मसला बनाउँदै डाक्टर केसी आम जनताको मन जित्न सफल भए । सम्पुर्ण जनतालाई समान शिक्षा र स्वास्थ्यको अबसर दिनुको सट्टा राज्य नै पक्षपात पुर्ण जनशक्ती निर्माण गर्न लाग्नु , सिमित ब्यक्तीको घेराबन्दीमा पर्दै गर्नैपर्ने न्युनतम काम पनि नगर्नु , चरम बेथितीलाई कमाउ धन्दा बनाउँनु , नियामक निकायहरु ब्रीफकेससँग नाता गाँस्नु , आन्दोलनको आधारभूमी नियोजित रुपमा सिर्जना गरिनु , समस्याको उचित निकासको निम्ती " अफेन्सिभ " हुनुपर्ने सरकार आफै "डिफेन्सिभ " बन्दै डाक्टर केसी संग गरिएका वाचा कबुललाई अनेकौ बहानामा आलटाल गर्दै जाने सरकारी रबैया "मेडिकल शिक्षाको पिलो" मानिदैछ । देशभित्र रहेका तमाम समस्याको निदान गर्ने सरकारको शैली , ब्याबहार , कार्यक्रम र तौरतरिका बिगतमा माओबादी ध्वसंलाई नियन्त्रण गर्न चालिएको "अपरेशन रोमियो" , "किलो सेरा टु" भन्दा पृथक नदेखिएको प्रमाण छापामार शैलीमा केसी नियन्त्रणलाई लिइदैछ । अनेकौं हण्डर र ठक्कर खाँदा पनि नसुध्रेको सरकारको कदमबाट आक्रोषित जनताहरु डाक्टर केसीका जस्तो सुकै स्टण्टबाजी , बयान , गतीबिधीलाई चर्चायोग्य र लोकप्रिय मान्दैछन ।

सडकको सरकार बनाईदै डाक्टर केसी : १३ औं अनसनको राप र तापले जागेको डाक्टर केसीको शक्ती र महत्वकाँक्षा बर्तमानमा रहेको राजनैतिक दलहरुको शिर्ष नेताको भन्दा कम छैन । सडकबाट सरकारलाई झुकाउँन सकिन्छ भन्ने फर्मुलाको उपयोग डाक्टर केसीले दुरुपयोग गरेको पछिल्लो घटना सर्बोच्च अदालत र स्वतन्त्र न्यायपालिका माथीको धावालाई मानिदैछ । जनताले न्यायालयबाट फैसला भन्दा न्यायको अपेक्षा गरिरहेको हुन्छ भन्ने कुरातर्फ कमरुची देखाएको अदालती फैसला केसी आन्दोलनको "पेट्रोल" बन्दैछ । देशमा भैरहेको चरम पापाचार , दुराचारलाई सर्बोच्च अदालतबाट रोकथाम हुने अपेक्षा गरिरहेको बर्तमान समयमा जनताको सोच बिपरित निरन्तर आइरहेको कानूनी फैसलाहरुले न्यायालय र न्यायमुर्ती प्रती आक्रोस र नैरास्यता एकैसाथ पोख्न बाध्य भएका घटनाहरु बढदैछन । संबिधानको अन्तिम ब्याख्यता एबम न्यायकर्ता सर्बोच्च अदालतबाट पछिल्लो कालखण्डमा भएगरेका केही फैसलाहरु ( गोपाल खडका ,एनसेल करछली , चुडामणी शर्मा, डाक्टर शशी शर्मा ) लाई रुचाएको देखीएन । माथीको फैसलाबाट जनस्तरमा परेको अबिश्वासलाई डाक्टर केसीको अभियानन्ताहरुले सर्बोच्चको फैसलालाई टेकेर स्वतन्त्र न्यायापालिका माथी धावा बोल्न सफल भएका छन । केवल लेनदेनको आधारमा चल्ने बानी परेको सरकार र आफ्नो उत्तरदायित्व बाट कोसौं टाढा पुगी सकेका सरकारी निकायहरुको निकम्मापनको फाइदा उठाउँदै डाक्टर केसी सडक बाटै सरकार चलाई रहेको प्रमाणहरु नियुक्ती , सरुवा , बढुवा , राजीनामा , अध्यादेश र खतरनाक धम्कीहरुलाई लिन सकिन्छ ।

के डाक्टर केसी क्रान्तीकारी सुधारक हुँन ?

अबिबाहित डाक्टर केसी लामो समय देखी टिचिङ हस्पिटलमा कार्यरत छन । आफ्नो कामको दौरान उनले मेडिकल क्षेत्रको बेथिती देख्न र भोग्न पाए । देशको कुनै पनि क्षेत्र सही नरहेको बर्तमान समयमा आम जनताको सिधा सरोकार राख्ने शिक्षा र स्वास्थ्यको समस्यालाई उठान गर्ना साथ आम मानिस र मिडियाको आँखामा पर्न सफल भए । राजनैतिक अस्थिरताको आडमा स्वास्थ्य र शिक्षा क्षेत्र भित्र मौलाएको बेथितीलाई रोक्न आन्दोलनको एकरुप अनसनलाई लिन पुगे । डाक्टर केसीबाट उठान गरिएको बिषय बस्तुको सुक्ष्म अध्ययन गर्दा उनी आमुल परिवर्तनकारी होईनन भन्ने तथ्य फेला पर्दछ । आर्थिक उदारिकरण र निजी करणको अन्धाधुन्ध प्रयोग भैरहेको समयमा डाक्टर केसीको दिब्यज्ञान नखुलेको भित्री कारण बुझ्दा उनी पुँजीबादी ब्यबस्थाको समर्थक, ब्यबहारमा सामन्तबादी रहेको बुझ्न सकिन्छ । नेपालमा अहिले उत्पादन भैरहेको डाक्टर धेरै हुँदा डाक्टर बेरोजगार हुँने तर्क प्रस्तुत गर्दै गुणस्तर शिक्षा , सुधार , अनुगमन , नियन्त्रणको सट्टा केसीले चाहेको भन्दा बढी डाक्टर जन्मन नदिने अर्थात बन्ध्याकरणको बाटो उचित सम्झन्छन । यदी उनी साँच्चीकै जनताको स्वास्थ्य संग गाँसिएका मानिस हुन्थे भने शिक्षा र स्वास्थ्यको राष्ट्रीयकरण हुनु पर्ने माग तेसार्थे । त्यसैले भन्न सकिन्छ उनी समाजबादी सुधारक होईनन । सुधारको नाममा नियन्त्रक हुँन ।

अराजकतालाई संस्थागत गर्ने होडबाजीमा केसीका अभियन्ता र मिडियाबाजहरु : हत्या , हिंसा , भष्ट्राचार , बेथीती , अराजकता राज्यको अभिन्न अंग भैसकेको बर्तमान नेपालमा राजनैतिक दल , शिर्ष नेता , अदालत , प्रशासन , सरकारले गल्ती गर्न पाउने मैले किन नपाउँने भन्ने नयाँ मान्यतालाई जबर्जस्त स्थापित गर्ने कोशीस डाक्टर केसी र उनको समर्थनमा कस्सिएको मिडियाबाजहरु गर्दैछन । राजनीतिको आबरणमा भएका सबै किसिमको अपराधहरु र कानूनको आडमा भए गरेका तमाम गडबडीको छिनोफानो पछी मात्र डाक्टर केसी माथी कार्बाही गरिनु पर्छ भन्ने आन्दोलनको अभिप्राय भित्र लुकेको लक्ष भनेको असफल राज्यको जग निर्माण गर्नु हो भन्ने बुझ्न ढिला भैसकेको छ । डाई ( संबिधान ) टेढो बनाउँन मरिहत्ते गर्ने अहिले इट्टा सिधा भएन भनेर सडक तताउँने मिडियाबाज र केसी अभियन्ताहरु कानूनी राज्यको खिलापमा उत्रनुले अनिष्टको संकेत गर्दैछ । यो कुरो सत प्रतिसत साँचो हो । प्रजातन्त्र प्राप्ती पछी बनेका सरकारहरु ( अपबादमा मनमोहन सरकार ) ले जनतालाई केन्द्र बिन्दूमा राखेर काम गरेनन । सरकारमा बसेर जनता प्रती गरेको गद्धारीलाई ढाकछोप गर्नुपर्ने कुनै कारण छैन । सरकारको नालायकी पनको मजाक उडाउँदै डाक्टर केसीको देबत्वकरण गर्ने नाममा हुँदै गरेको अराजक गतिबिधीलाई मिडियाबाज र अभियन्ता मार्फत जबर्जस्त स्थापित गरिएका मान्यता लोकतन्त्रको निम्ती निकै महगो पर्ने कुरा भुल्नु हुँदैन ।

भडकिएको केसी आन्दोलन :

बिधी , प्रकृया , नियम , कानून , संसद , अदालत सबै मै हुँ । करीब तीन करोड नेपालीको जिम्मा मेरै हो ।मैले भने जस्तो हुनै पर्छ । नभए मर्दिन्छु । हैन भने हटाई दिन्छु भन्दै १३ औं अनसन कुशलता पूर्वक सम्पन्न गरिसकेका , १४ औं अनसन नाटकिय ढंगले समापन गरेका डाक्टर केसी आफूलाई "खुँखार " मेडिकल सुधारक ठान्दछन । आफ्नो पक्षमा आएको सबै कुरा हु-बहु लागु हुनु पर्ने तर आफ्नो बिपक्षमा भएका सबै कुरा "माफिया"ले गरेको देख्ने डाक्टर केसी अनसन वा सडकको बलमा मात्र सबै समस्याको समाधान देख्छन । सर्बोच्च अदालतको फैसलालाई (अस्पताल परिसरमा अनसन नबस्नु) लत्याउँदै मेडिकल शिक्षा सुधारको खाँतिर आफू मात्र सही बाँकी सबै खराब भन्दै राजिनामा मागिएका ब्यक्तीहरु अख्तियार प्रमुख , आईओएम डिन , त्रीबिबी उपकुलपती , स्वास्थ्य मन्त्री , शिक्षा मन्त्री हुँदै सर्बोच्चको प्रधानन्यायाधीश सम्म आइपुगेको बर्तमान अवस्था हेर्दा उनी सरकारी कर्मचारी कम राजनैतिक नेता ज्यादा देखिएको मान्नेहरु उनको आन्दोलन भडकिएको मान्न तयार छन ।

डाक्टर केसी कसरी सिमकार्ड बन्दैछन ?

मेडिकल शिक्षाको " महान सुधारक " डाक्टर केसीको आन्दोलनलाई सडकबाट साथ दिने सर्बसाधारण युबा युबतीको भाबनालाई भडकाउने पर्दा पछाडीको खेलाडी आम मानिसले चिन्नै पर्ने देखिन्छ । पश्चिमा लगानीमा नेपाल प्रबेश गरेका बिभिन्न संस्थाहरु , केसी आगोको तापमा राजनीतिको रोटी सेक्न लालायित रबिन्द्र मिश्र , गगन थापा , ओम प्रकाश अर्याल , अभिषेक राज सिंह , जीबन क्षेत्रीहरु सतहमै आइसकेका छन । पर्दा भित्रबाट केसी आन्दोलनलाई भडकाउने पूर्व प्रधानन्यायाधीशहरु , बिभिन्न स्वार्थ केन्द्र , पश्चिमा रणनीति अनुरुप मिडिया हाँक्ने "नेपाली मोबाइलहरुले" डाक्टर केसीलाई "सिमकार्ड " बनाएको मान्न सकिन्छ । केसी आन्दोलनलाई अनेक बहानामा भडकाउँदै नयाँ आन्दोलन उठाउँने खेल अन्तर्गत केसी अभियन्ताहरुले चुहाएको ओली लक्षित धारणा पछी डाक्टर केसी अनेक मोबाइलमा फिट गरिने "सिमकार्ड " बन्ने बनाइने खेल जोडतोडले चलीरहेको संकेत मिल्दैछ ।

अन्तमा , सम्पुर्ण नेपाली जनताको चाहानाहरु शान्ती , स्थीरता र समृद्ध नेपाल भित्र अनिबार्य मानिएको शिक्षा र स्वास्थ्य सर्बसाधारण जनताको पहुँच भित्र राख्ने कार्य सरकारको प्रमुख दायित्व भित्र पर्नु अनिबार्य भैसकेको छ । डाक्टर केसीलाई ढाल बनाएर अस्थिरताको खेती सपार्न तम्सिएका तमाम खेलाडीहरुको भित्री खेल संग स्वयम डाक्टर केसी जोगिनु नेपाली जनताको हितमा हुनेछ । बिगतमा सिमित पुँजीपतीको हितमा भएका गल्ती कमजोरीलाई सच्याउँदै आगामी दिनमा जनता लक्षित कार्यक्रम र नीतिहरु तर्जुमा गर्नु ,ब्यबहारमा उतार्नुको बिकल्प राजनैतिक दल र सरकार संग छँदैछैन । बिभिन्न स्वार्थ केन्द्रहरुको रणनैतिक खेलबाट निर्माण गरिने " देवत्वकरण र मतादेशको " आधारमा जन्मने , जन्माइने अतिबादहरु अन्तत लोकतन्त्रलाई अधिनायकबाद तिर धकेल्ने वा नेपालनै समाप्त पार्ने कारण बन्न सक्नेछ ।

बिधी , प्रकृया , नियम , कानून , संसद , अदालत सबै मै हुँ । करीब तीन करोड नेपालीको जिम्मा मेरै हो ।मैले भने जस्तो हुनै पर्छ । नभए मर्दिन्छु । हैन भने हटाई दिन्छु भन्दै १३ औं अनसन कुशलता पूर्वक सम्पन्न गरिसकेका , १४ औं अनसन नाटकिय ढंगले समापन गरेका डाक्टर केसी आफूलाई "खुँखार " मेडिकल सुधारक ठान्दछन । आफ्नो पक्षमा आएको सबै कुरा हु-बहु लागु हुनु पर्ने तर आफ्नो बिपक्षमा भएका सबै कुरा "माफिया"ले गरेको देख्ने डाक्टर केसी अनसन वा सडकको बलमा मात्र सबै समस्याको समाधान देख्छन । सर्बोच्च अदालतको फैसलालाई (अस्पताल परिसरमा अनसन नबस्नु) लत्याउँदै मेडिकल शिक्षा सुधारको खाँतिर आफू मात्र सही बाँकी सबै खराब भन्दै राजिनामा मागिएका ब्यक्तीहरु अख्तियार प्रमुख , आईओएम डिन , त्रीबिबी उपकुलपती , स्वास्थ्य मन्त्री , शिक्षा मन्त्री हुँदै सर्बोच्चको प्रधानन्यायाधीश सम्म आइपुगेको बर्तमान अवस्था हेर्दा उनी सरकारी कर्मचारी कम राजनैतिक नेता ज्यादा देखिएको मान्नेहरु उनको आन्दोलन भडकिएको मान्न तयार छन ।

डाक्टर केसी कसरी सिमकार्ड बन्दैछन ?

मेडिकल शिक्षाको " महान सुधारक " डाक्टर केसीको आन्दोलनलाई सडकबाट साथ दिने सर्बसाधारण युबा युबतीको भाबनालाई भडकाउने पर्दा पछाडीको खेलाडी आम मानिसले चिन्नै पर्ने देखिन्छ । पश्चिमा लगानीमा नेपाल प्रबेश गरेका बिभिन्न संस्थाहरु , केसी आगोको तापमा राजनीतिको रोटी सेक्न लालायित रबिन्द्र मिश्र , गगन थापा , ओम प्रकाश अर्याल , अभिषेक राज सिंह , जीबन क्षेत्रीहरु सतहमै आइसकेका छन । पर्दा भित्रबाट अनेक ढंगले केसी आन्दोलनलाई भडकाउनेहरु पूर्व प्रधानन्यायाधीशहरु , मिडिया टाईकुन नामका मोबाइलहरुले डाक्टर केसीलाई सिमकार्ड बनाएको मान्न सकिन्छ । केसी आन्दोलनलाई अनेक बहानामा भडकाउँदै नयाँ आन्दोलन उठाउँने खेल अन्तर्गत केसी अभियन्ताहरुले चुहाएको ओली लक्षित धारणा पछी डाक्टर केसी अनेक मोबाइलमा फिट गरिने "सिमकार्ड " बन्ने बनाइने खेल जोडतोडले चलीरहेको संकेत मिल्दैछ ।

अन्तमा , सम्पुर्ण नेपाली जनताको चाहानाहरु शान्ती , स्थीरता र समृद्ध नेपाल भित्र अनिबार्य मानिएको शिक्षा र स्वास्थ्य सर्बसाधारण जनताको पहुँच भित्र राख्ने कार्य सरकारको प्रमुख दायित्व भित्र पर्नु अनिबार्य भैसकेको छ । डाक्टर केसीलाई ढाल बनाएर अस्थिरताको खेती सपार्न तम्सिएका तमाम खेलाडीहरुको भित्री खेल संग स्वयम डाक्टर केसी जोगिनु नेपाली जनताको हितमा हुनेछ । बिगतमा सिमित पुँजीपतीको हितमा भएका गल्ती कमजोरीलाई सच्याउँदै आगामी दिनमा जनता लक्षित कार्यक्रम र नीतिहरु तर्जुमा गर्नु ,ब्यबहारमा उतार्नुको बिकल्प राजनैतिक दल र सरकार संग छँदैछैन । बिभिन्न स्वार्थ केन्द्रहरुको रणनैतिक खेलबाट निर्माण गरिने " देवत्वकरण र मतादेशको " आधारमा जन्मने , जन्माइने अतिबादहरु अन्तत लोकतन्त्रलाई अधिनायकबाद तिर धकेल्ने वा नेपालनै समाप्त पार्ने कारण बन्न सक्नेछ ।