संकटमा काँग्रेस र शेरबहादुर नैतिकता !

स्थानिय तह निर्बाचनको बिचमै राजिनामा गर्न बाध्य पारिएका तात्कालिन प्रधानमन्त्री प्रचण्डलाई धन्यबाद दिंदै नैतिकवान, लोकतान्त्रिक, परिपक्व र राजनेताको बिभुषणले सुशोभित गर्ने बर्तमान प्रधानमन्त्री देउवा आफ्नै अडान र छबीलाई बिर्सने अभियानमा लागी परेका छन । पुरानो बाचा कबुललाई बिच बाटोमा मिल्काउँदै हिंडेका प्रचण्डको आशिर्बादले सत्तामा टिकिरहेका देउवा नैतिकता संग नाता गाँस्न अनिच्छुक हुँदै गर्दा देशकै पुरानो लोकतान्त्रीक पार्टी काँग्रेस अलोकतान्त्रीक गतीबिधीको दल दलमा फस्दै गरेको चर्चा यत्रतत्र सुनिदैछ । सरकार र काँग्रेस पार्टीको प्रमुख एउटै ब्यक्ती भएको बर्तमान अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेतालाई फोन बाटै दिन सकिने बधाईलाई करीब एक महिना पछी धकेल्दै प्रमुख नेताको अनुपस्थीतीमा बधाई दिने कार्यले उनी अत्यन्त गरीब नेतामा दरिएका छन । लोकतन्त्रमा नैतिकताको महत्व कती हुन्छ ? बुझेर पनि बुझ पचाएका प्रधानमन्त्री देउवा संबिधानको बाध्यात्मक निर्बाचन सम्पन्न गर्दा पनि काँग्रेस पार्टी र लोकतन्त्रलाई धनी बनाउँन असफल भएका छन । जन्मदै लिएको लोकतान्त्रीक सिद्धान्तलाई क्षणिक सत्ता स्वार्थको निम्ती बली चढाउँने देउवा हर्कतले भबिश्यको काँग्रेस पार्टी लोकतन्त्रको पेटेण्ट राइट फिर्ता लिन पुन : परिक्षामा बस्नु पर्ने मानिदैछ ।

अनेकौं कठिनाई र संकालाई परास्त गर्दै सम्पन्न निर्बाचन पश्चात जनादेशलाई सम्मान गर्दै राजिनामा दिने अपेक्षालाई झुटो साबित गर्ने प्रधानमन्त्री एबं पार्टी सभापती देउवा कदमले एउटा सुन्दर अबसर गुमाएको मानिदैछ । ०४८ साल देखी ०७४ साल सम्म बिभिन्न बहानामा हुँदै आएका तमाम बिकृतीलाई बिसर्जन गर्दै लोकतन्त्रले नयाँ मार्ग स्थापित गर्ने अबसर खेर फाल्न पुगेका देउवा कदमले लोकतन्त्र बादीहरु निरास बन्दैछन । आफ्नो पार्टीको राजनैतिक भबिश्य अनिस्चित बनाउँदै लोकतन्त्रलाई मजबुत बनाएको श्रेय समेत लिन चुक्दै गरेको देउवा कार्यकाल अनौठो नजिर निर्माण गर्न लागी पर्दैछ । लोकतन्त्रमा बिधी , प्रकृया , परम्परा र संस्कारको ठुलो महत्व रहन्छ भन्ने कुरालाई सुन्न पनि नचाहाने शेर बहादुर प्रधानमन्त्री पद लम्ब्याउन संबिधानको छिद्र खोज्ने सस्तो कदमले " नैतिकता " कोमामा पुगेको मानिदैछ । संबिधानको बाध्यात्मक निर्बाचनलाई कुशलता पूर्वक सम्पन्न गरेको जस लिंदै राजिनामा मार्फत काँग्रेस पार्टी र लोकतन्त्रलाई मालामाल बनाउँन चुकेका देउवा सिंहदरबार कुर्षीको दुरुपयोग गर्न मरी हत्ते गर्दैछन । नयाँ सरकार निर्माणमा देखिएको संबैधानिक अडचनलाई बाधा अडकाउ मार्फत फुकाउँदै जनादेशको सम्मान गर्न हतारिनु पर्ने शेर बहादुर अनेक बहाना बाजी गर्दै प्रचण्डको हितमा लागी पर्दा भबिश्यको लोकतन्त्र र काँग्रेसले देउवा ऋण भरमार तिर्ने निस्चित मानिदैछ ।

भाबी सरकारको निम्ती चुस्त दुरुस्त अर्थतन्त्र र प्रशासन छोडेर जाने प्रचलनलाई लोकतन्त्रमा सामान्य रुपमा लिइन्छ । निर्बाचन पश्चात प्रष्ट रुपमा मिली सकेको जनादेश पश्चात कुर्षीको दुरुपयोग गर्दै आर्थिक बितरण , नियुक्ती र दुरगामी निर्णय गर्ने प्रयत्नले लोकतन्त्रमा नराम्रो नजिर स्थापित गर्ने जमर्को शेर बहादुर मार्फत गरिनु भबिश्यको काँग्रेसको निम्ती गलगाँड बन्नेछ । सरकार काम चलाउ अवस्थामा पुगेको समयलाई छोप्दै निजी क्षेत्रबाट मच्चाइएको ब्रम्हलुटको साक्षी , सहयोगी र भागिदार बन्दै गरेको देउवा कार्यकालको ऋण काँग्रेस पार्टी र लोकतन्त्रले कसरी र कहिले सम्म तिर्नु पर्ने हो रोचक सवालले जन्म लिइसकेको ठोकुवा गर्न सकिन्छ । अनियन्त्रीत बजार भाउ , अनुपयुक्त बन्द हडताल र फितलो दैनिक प्रशासनको जिम्मेवार देउवा सरकारको बिरुद्ध काँग्रेसको भबिश्य मानिएको तमाम लोकतान्त्रीक शक्ती मौन रहनुले अनिष्टको संकेत गर्दैछ । रातारात समाप्त पारिएको शेयर बजार ,पुँजी पलायन र आर्थिक बिचलनको भारीलाई देखाउँदै आगामी सरकारले भबिश्यको काँग्रेस नेतृत्व माथी गर्ने प्रहारलाई बर्तमान युवा काँग्रेसले चुपचाप हेर्दै रमिते बन्नुले केवल ब्यक्ती बदलिएको , आचरण र संस्कार नबदलिएको प्रमाणित हुँदैछ । देश र लोकतन्त्रलाई गौण मान्दै आफूलाई केन्द्र भागमा राख्ने राजनीतिलाई स्थापित र प्रोत्साहित गर्न कुनै कसर बाँकी नराख्ने देउवा कार्यकाल नमिठो याद छोडेर जान मरिहत्ते गर्दैछ ।

"कुनै पनि नैतिक नियम प्राकृतिक हुनै सक्दैन " भन्ने तथ्यलाई मनन गर्ने हो भने सर्बभौम नैतिकता केवल एक कल्पना मात्र मान्न सकिन्छ । त्यसैले निरपेक्ष नैतिकता संग सम्झौता गर्नेहरु हाम्रो समाजमा सफल मानिदै र पुजिदै आइरहेको मानिन्छ । राजनीतिमा लागेर नैतिकता प्रदर्शन गर्ने पुर्ब प्रधानमन्त्रीहरु कृतीनिधी बिष्ट , कृष्ण प्रसाद भट्टराई , माधब नेपालको नाम बर्तमान प्रधानमन्त्री शेर बहादुरको निम्ती घाँडो हुनु स्वभाबिक मान्नु पर्दछ । राजिनामा र नैतिकता संग भेटघाट गर्न अनिच्छुक सभापती देउवा आफूबाट भए गरेका कुनै पनि कामको जस अपजस लिन तयार नभएको प्रष्टै बुझ्न सकिन्छ । निर्बाचनमा जीत हारको जिम्मा ब्यक्तीगत दायित्व सम्झने प्रधानमन्त्री देउवा केवल दुई चार जनाको स्वार्थ पुर्तीको निम्ती नैतिकता र संसदिय परम्परालाई घाइते बनाउँन मरिहत्ते गरिरहेको सजाय भबिश्यमा लोकतन्त्र र काँग्रेसको निम्ती धेरै ठुलो जोखिम बन्न सक्ने छ । काँग्रेसलाई निर्बाचन जिताउन काम नलागेका शेर बहादुर बाणीहरु कम्युनिष्टले चुनाब जिते रुन पनि नपाइने , अधिनायक बाद लादिने वा आउने , यो नै अन्तिम चुनाब हुने जस्ता अफबाहहरु पाँच बर्ष पछी वाम गठबन्धनको पुँजी बन्ने खतरा देउवाकै कारण बन्दै गरेको मानिदैछ । लोकतन्त्रको न्युनतम मापदण्ड र मर्यादालाई लत्याउँदै सत्तामा टासिने शेर बहादुर काइदाले भबिष्यको वाम सरकारलाई सिंहदरबार बाट हटाउन मुस्किल पर्ने नजिर शेर बहादुरकै कारण बन्दै गरेको बर्तमान काँग्रेसको निम्ती अर्को दुर्भाग्यको कारण बन्न सक्नेछ ।

एमाले भित्रको आन्तरिक समिकरण , प्रचण्डको रणनीतिक चाल र भू-राजनीतिको कुटिल खेलको अल्पकालिन फाइदा शेर बहादुरको हिस्सामा परे पनि भबिश्यमा काँग्रेस पार्टीले भुक्तान गर्नु पर्ने दिब्यज्ञान बीपी चेलाहरुले जती छिटो बुझ्छन त्यती नै छिटो देउवा बिदाईको बाताबरण बन्नेछ । ०५२ सालमा हेलिकप्टर दुर्घटना बाट बालबाल बाँचेका तत्कालिन मनमोहन सरकारलाई भदौ १२ को फैसला पछी बिदाई दिन गरिएको हतार आज स्वंम देउवाको निम्ती घाँडो भईरहेको बुझ्न सकिन्छ । जनादेश पश्चात प्राप्त नतिजालाई अनेक बहानामा आलटाल गर्दै लिएको ऋण भबिश्यमा काँग्रेस पार्टीले पटक पटक तिरिहरनु पर्नेछ । देशको राजधानी दिल्ली पुर्याएर प्रदेशको राजधानी बनाउँन जनता सडकमा उतार्ने शक्ती केन्द्रको आदेश शिरोपर गर्ने देउवा - प्रचण्डको सहकार्य आज सम्म जारी रहनुले बर्तमानको काँग्रेस कती सम्म गरीब हुन पुग्ला ? मन्थन गर्ना साथ प्रचण्ड , भू -राजनीति र इसाईहरुको रणनीतिमा काँग्रेसको स्थान कहाँ हुनेछ , युबा काँग्रेसले देख्नेछन । नेपालको राजनैतिक अस्तित्वलाई समाप्त पार्ने गुरुयोजना अनुरुप भैरहेको तमाम प्रयोग अनुरुप शेर बहादुर कार्यकालमा सुरु गारिएको प्रचण्ड ध्वंस देखी बर्तमान सत्ता सहकार्य सम्मको मुल लक्ष भनेको अस्थिर नेपाल नै हो । सोही प्रयोजनको निम्ती गर्नै पर्ने कामहरु देश भित्रका स्थापित संस्था , संगठन , कानून , भाषा , धर्म र परम्परालाई समाप्त गर्नु हो । कानून र बिधीको शासन भन्दा सडकको शासनलाई स्थापित गराउँदै नब प्रयोग गर्न तम्सिएको तीनै शक्तीको नयाँ औजारहरु अनेक रुपमा देखा पर्दै शेर बहादुर कार्यकालको नाङ्गो फाइदा लुटदैछन । लोकतन्त्र र काँग्रेस पार्टीलाई समाप्त गर्न गिरिजाबाबु बाट सुरु गरिएको अभिभारा पार्टी सभापती एबं प्रधानमन्त्री देउवाले कुशलता पूर्वक सम्पन्न गरी दिएको पुरस्कार निकट भबिश्यमा संयुक्त रुपमा प्रचण्ड र देउवालाई दिलाईए कुनै अनौठो मानिने छैन ।

प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले शेर बहादुरबाट काँग्रेस पार्टीको भबिश्य सुरक्षित हुने आधार समाप्त भैसकेको बर्तमान अवस्थामा उनको सम्मान पूर्वक बिदाई गर्नु ढिला भैसकेको मानिदैछ । लोकतान्त्रीक अभ्यासको दौरान मच्चाइएको सबै काण्डहरुको एकछत्र अधिपती बनी रहने देउवा सोचलाई रोक्नु बर्तमान काँग्रेस पार्टीको प्रमुख अभिभारा हुनेछ । वाम गठबन्धनलाई आन्तरिक रुपमै पुनर्गठित र सुदृढ बनाउँन देउवाले लगाएको गुन सर्बप्रथम काँग्रेसले चुक्ता गर्नु पर्नेछ । देउवा द्वारा सम्पन्न गरिएका सम्पुर्ण काण्डहरुको पुरस्कार मतपत्र मार्फत मिली सकेको बर्तमान अवस्थामा अझै नयाँ काण्ड जन्माउँने प्रयासको सिको आगामी वाम सरकारले गरे काँग्रेसले बिरोध गर्ने शब्द समेत नपाउँने स्थीतीमा लोकतन्त्रको हबिगत साँच्चिकै हेर्न लायक हुनेछ । इतिहास साक्षी छ , नेपाली राजनीतिको अभिन्न अस्त्र छलकपट र धोखाधडी हुँन । तीनै अस्त्रहरुको भरमार प्रयोग मार्फत सिंहदरबार छिर्न सफल प्रचण्डको ब्यबस्थापन गर्ने खेल अन्तर्गत देश , जनता र लोकतन्त्रले तिरेको ॠणको अल्पकालिन फाइदा प्रधानमन्त्री देउवाको भागमा केही समय पारी राख्ने प्रचण्ड खेल बुझ्न माओबादी केन्द्रका बिनाबिभागिय मन्त्री काफी छन । आफ्नो राजनैतिक स्थानको निम्ती निर्बाचन आयोग र प्रधानमन्त्री देउवालाई प्रयोग गर्ने प्रचण्ड रणनीतिको सिकार लोकतन्त्र र लोकतान्त्रीक नैतिकता भबिष्यको काँग्रेसले पाँउने आधार देउवाले हदै सम्म बिकृत गरिदिएका छन । कमरेड प्रचण्ड र ओली बिच पावर सेरिङ्गमा सहमती जुटना साथ निस्कने निकास कुर्दै तमाम बदनामी सहन राजी देउवाको कारण रक्षात्मक बनेको काँग्रेस कसरी तङ्ग्रीने छ ? देउवाको बिदाई पछी मात्र भन्न सकिनेछ ।