प्रचण्ड झापडले रन्थनिएका शेर बहादुर !

प्रचण्डको बैशाखी टेकेर ओलीले उत्पात गरेको मोदी सत्ताले देखी सहेन । नाकाबन्दी जस्तो अस्त्रलाई भुत्ते बनाईदिने ओलीलाई सत्ता बाट बिदा गर्न चालिएको बाध्यात्मक कदम भित्र लुकेको अली कती लालच र अली कती डरको प्रयोग सफल हुँन पुग्दा प्रचण्ड दोश्रो पटक सिंहदरबारको कुर्षीमा बस्न सफल भए । क्याण्टोनमेन्ट काण्डबाट जेल जाने कि ओलीको साथ छोडने भन्ने दुबिधामा रुपचन्द्र बिष्टले भने जस्तो ढुङ्गा खाएर मर्ने कि इट्टाको कुटाइबाट मर्ने ? रोज्न बाध्य हुँदा काँग्रेस संग सत्ता साझेदारी गर्न पुगेको घटना कही कतै लुकेन । रुपमा काँग्रेसको सहयात्री जस्तो देखिन पुगे पनि सारमा भारतको कारिन्दा बन्न पुगेको प्रमाण भारत भ्रमण गर्दा नेपालको प्रधानमन्त्रीको हैसियत भारतिय राजदूत समान बनाउँने प्रचण्ड बाध्यताले उनको राजनैतिक भबिष्य दिन प्रतिदिन अनिस्चित बन्दै गइरहेको महशुस भर्खरै सम्पन्न स्थानिय तह निर्बाचनबाट गर्न पुगे ।

अल्पकालिन फाइदाको निम्ती काँग्रेस पार्टी संग चुनाबी गठबन्धन गर्दा आफ्नै जीतको सुनिस्चितता नभएको महशुश भरतपुर नगर कार्यपालिकाको अप्रत्यासित नतिजा पछी गर्न पुगे । एमाले संग बढदै गरेको तिक्तताको कारण आफ्नो पार्टीका केही पदाधिकारीकै राजनैतिक जिबन धरापमा परेको कारण प्रचण्ड माथी एमालेसंग चुनाबी एकता गर्नै पर्ने बाध्यता सिर्जना हुँन पुग्यो । आफ्नो फाइदाको निम्ती जस्तो सुकै अबसरबादी कदम चाल्न माहिर प्रचण्डले मौकामा चौका हान्दै निर्बाचन अघी कार्यगत एकता र निर्बाचन पछी पार्टी एकताको अप्रत्यासित कदम चाल्दै काँग्रेस र भारतलाई चक्मा दिन सफल भए । फलस्वरुप एमाले , माओबादी केन्द्र र नयाँ शक्तीको बीच निर्बाचन पुर्ब बाम तालमेल गर्ने र निर्बाचन पश्चात पार्टी एकता नै गर्ने घोषणाले नेपाली राजनीति अकस्मात तात्न पुगेको पाइन्छ । निर्बाचनको मुखैमा सत्ता सहयात्री दल माओबादी केन्द्रको अप्रत्यासित र अकल्पनिय निर्णयले मुर्छित काँग्रेस पार्टी र अझ त्यसमा पनि देउवा समुह बिक्षिप्त हुन पुगेको आभास नेपाली छापाहरुले दिइरहेका छन ।

इतिहासबाट कहिल्यै पाठ नसिक्ने देउवाले फगत कुर्षीको निम्ती भारतीय डिजाईन अनुरुप देशका प्रमुख राजनैतिक दलहरु एकै ठाउँ बस्दै सरकार चलाउन नहुने सिद्धान्त प्रतिपादन गर्न पुगे । देशले संबिधान भर्खर पाएको समयमा आफ्नै अति घनिष्ट छिमेकी द्वारा अनाहकमा लादिएको नाकाबन्दीको बिरुद्ध "चुँ" सम्म नबोली उल्टो ०४६ देखी प्रजातन्त्रको सहयात्री दल एमालेको बिरुद्ध घेराबन्दी गर्ने जुन घटिया खेलमा देउवा काँग्रेस फस्न पुग्यो । त्यस्को सजाय ढिलो चाँडो पाउनु नै थियो । जस्तालाई तस्तै भन्ने ओली सिद्धान्त सफल हुँदा देउवा लालचको कारण काँग्रेसका दोश्रो र तेश्रो पुस्ताको राजनीति धरापमा पुगेको मानिदैछ । सबै सिद्धान्त त्याग्दै अगाडी बढेको देउवा र प्रचण्डको मिलन केवल सत्ता, पैसा , पद , प्रतिष्ठा संग गाँसिएको बुझ्न नसक्ने बीपी भक्त काँग्रेसहरु आफ्नो पार्टीको उम्मेदवारलाई शहीद बनाउँदै प्रचण्ड पुत्रीलाई मेयर बनाउँन लोकतन्त्रको सबै सिमा नाघ्न तयार भएको सजाय बैगुनी प्रचण्डले बाम एकताको नाममा झापड मार्फत दिन सफल भएका छन । माओबादी ध्वसं कालमा आफ्ना चार हजार भन्दा बढी गाउँले कार्यकर्ताको कत्लेआम , हजारौं कार्यकर्ताको अंग भङ्ग , अर्बौ राष्ट्रीय सम्पतीको क्षति , सत्र हजार नागरिकको हत्यालाई बिर्सदै फगत पटके प्रधानमन्त्री बनेको सजाय प्रचण्ड जस्ता अस्थीर , भरोषा हिन ब्यक्तीलाई बिश्वास गरेको सजाय काँग्रेस पार्टीको निम्ती धेरै महंगो पर्ने निश्चित भएको प्रमाण भ्यागुताको धार्नी पुर्याउने लोकतान्त्रीक गठबन्धनको निर्माण गर्न बाध्य हुनुले पुष्टी गर्दैछ ।

भारतिय सत्तासंग भत्केको सम्बन्धलाई देउवाको बैशाखी टेक्दै सिंहदरबारको कुर्षीमा पुग्न सफल प्रचण्ड देउवासंग गरेको सहमती अनुरुप नौं महिना बोक्नुको साटो बीच बाटोमा अलपत्र बनाउँदै आफ्नो असली चरित्र देखाउन बाध्य भएका छन । लोकमान संग सेटिङ्ग मिलाउँदै अगाडी बढदा पनि नछोडेको भ्रष्टाचार काण्डले गर्दा महाभियोगको अस्त्र फाल्दा होस कि सामान्य प्रहरीको निम्ती शुशिला कार्कीलाई हटाउने खेलमा देउवालाई बदनाम बनाउँन सफल भएका हुँन । ओलीलाई देखाउँदै सबैखाले सुबिधा लिन माहिर प्रचण्ड पत्रकार महासंघमा धरी काँग्रेसको मत लिंदै आफ्नो झण्डा गाडन सफल भएको कुरा आज देउवाको निम्ती झापड भन्दा कम कसरी भयो होला र ? सत्तामा टिक्न प्रचण्डको गल्ती मात्र हैन आफ्नै बिगतलाई बिर्साउने काण्ड दोह्याउन तयार देउवा हिजो राजामा प्रजातन्त्र चढाउँदा जती बिक्षिप्त थिए त्यो भन्दा आज कम पिडाबाट गुज्रीएका छैनन भन्ने देखिदैछ ।

नेपालको लोकतान्त्रीक आन्दोलन बाम - प्रजातान्त्रीक शक्तीको संयुक्त प्रयास बाट सफल भएको बिर्सने देउवा काँग्रेस बिमलेन्द्र नीधी , रमेश लेखक , मिन बिश्वकर्मालाई सम्पुर्ण आकास देख्न पुगेको राजनैतिक घटना क्रमहरुले पुष्टी गरी रहेको पाइन्छ । नेपालको प्रजातान्त्रीक आन्दोलनमा एमालेको योगदानलाई भुल्दै एमाले बिरुद्ध गरिएको घेराबन्दीको सजाय बढ्दै गरेको राजनैतिक ध्रुबिकरणले अर्को दुर्घटना नित्याउने सल्लाह दिनेहरु देउवाको वरीपरी गोलबन्द हुने स्थीतीले अर्को अनिष्टको संकेत गर्दैछ । सत्तामा टिक्न जती गन्हाउन पनि तयार देउवा कार्यनीति जम्बो मन्त्री परिषद बनाउँदा पनि नचल्ने बिगत र बर्तमानबाट फेरी एकपटक प्रमाणित भएको छ । कम्युनिष्टहरु जुटन भन्दा फुटन जान्ने बिगतबाट ढुक्क देउवा प्रचण्ड जस्तो मानिस संग बिश्वास गर्दै ज्योतिषको भरपर्दै पाँचौ पटक प्रधानमन्त्री बन्ने सपना देखेको कारण आम काँग्रेसीहरुको भबिष्य धरापमा पार्न पुगेका छन । टुट , फुट , र गुटमा रमाउने नेपाली कम्युनिस्टहरु गाली पुराणलाई गायती मन्त्र बनाउँदै हिडेको कुरालाई मात्र देख्ने देउवा आँखा एकाएक प्रचण्डको छलाङ देख्दा हैरान भएका छन ।

अप्रत्यासित , अकल्पनिय र अनुपयुक्त गठबन्धन किन र कसले बनायो ? के यो गठबन्धन काँग्रेसको बिरुद्ध लक्षित छ ? बर्तमान गठबन्धन साँच्चीकै पार्टी एकता सम्म पुगेर टुँगिन्छ त ? बामपन्थी सिद्धान्तबाट मोह भङ्ग भएका बाबुराम समेत ओली , दाहालको समिप आइपुग्ने त्यस्तो के कारण आइपर्यो ? जस्ता अनेकौं आसंका र प्रश्नहरुले जन्म लिएको बर्तमान समयमा ओलीलाई डिजास्टर मान्ने भारतिय सत्ता के गर्दै होला ? भन्नेहरु अनेक ढंगले बिश्लेशण गर्ने कोशीस गर्दैछन । भारत बेष्टित मुलुक नेपाल भारतिय नाकाबन्दी पश्चात चीन संग पारबहन सन्धी गर्दै भारत निर्भरता बाट फुत्किने कोशीश गरी रहेको समयमा भारतको निगाहमा बाँच्न राजी दाहाल देउवा गठबन्धन अकस्मात भत्किन पुग्नुलाई भारत कै हात देख्नेहरु पनि प्रशस्त भेटिन्छन । बर्तमान नेपालको संबिधानलाई भारतले समर्थन नगरेको , भारतिय चाहाना अनुसार बनेको दाहाल देउवा सरकारले संसोधन गर्ने कोशीश एमालेको कारण असफल भएको , निकट भबिश्यमा हुने निर्बाचनमा जती घेराबन्दी गरे पनि कम्तीमा पनि एमाले एक तिहाई साथ जित्ने सुचना भारतले प्राप्त गर्नासाथ एमाले , माओबादी केन्द्र र नयाँ शक्तीलाई मिलाउँदै दुई तिहाई दिलाउने र भारतिय चाहाना अनुरुप संबिधान संसोधन गराउने चाल अनुरुप बर्तमान गठबन्धन निर्माण गरिएको हो भन्नेहरुको आसंकालाई नकार्न सकिदैन । एकथरी बिश्लेषकहरु चीनको ओबिओआर नीतिको बिरुद्ध भारत र जापानको गठजोड बढेको कारण भारतीय इसाई र चीनको नीति अनुरुप मोदी सत्तालाई नेपाल नीतिमा असफल गराउने नियतले बर्तमान गठबन्धनले आकार ग्रहण गरेको हो भन्नेहरु पनि पाइन्छन ।

सतहमा देखिएको बर्तमान गठबन्धनलाई लिएर गरिएको अनेकौं अडकल बाजीमा प्रष्ट देखिएको एउटा सत्य के पाइन्छ भने ओलीलाई डिजास्टर मान्ने भारतिय योजनाकार हरुको चाहाना अनुसार काँग्रेस र माओबादी केन्द्रलाई मिलाउँदै एमालेलाई एक्ल्याउने देउवा योजना जबर्जस्त रुपले असफल भएको पाइन्छ । बाम एकताको नाममा सबै ठुला पार्टीलाई घेराबन्दी गर्दै पहिला काँग्रेस सिद्धाउने त्यसपछी एमाले सक्ने र देश नै बिघटन गराउने इसाई रणनीतिले जरा गाडेको मान्नु उचित हुन्छ भन्ने पङतीकारको धारणा छ । सामान्य बिषय बस्तुमा समेत दशथरी धारणा बनाउने बामहरु आफ्नै स्वदेशी तागतमा एक भए भन्ने कुरालाई नेपालको राजनीतिले स्वीकार गर्नै सक्दैन । बिना पुर्बाधार , कुनै पनि दृष्टीकोणबाट जस्टिफाई नहुने एकताको हौवा भित्र केवल नारायण काजी , जनार्दन शर्मा , बामदेब गौतम र बिष्णु पौडेलको करामत मान्न नेपाली राजनीतिले कदापी इजाजत दिदैन ।

आफ्नै बलबुतामा बनेको संबिधानलाई अपुरो भन्दै तराई मधेष झरेका बाबुराम , भारतलाई देखाई दिने भन्दै लम्पसारबादी बनेका प्रचण्ड भित्र कुन त्यस्तो दिब्य ज्ञानले काम गर्यो ? जसको कारण काँग्रेसलाई झापड हान्न राजी भए । बर्तमान गठबन्धन बनाउँने घोषणा सभामा पटक पटक यो गठबन्धन काँग्रेसको बिरुद्ध लक्षित छैन भन्दै प्रष्टीकरण दिने बाध्यता कुन कारण ले उत्पन्न भयो ? सोही सभामा ओलीले किन दुई तिहाइ मागे ? के सामान्य बहुमतले बिकास , शान्ती र स्थीरता प्राप्त हुँदैन ? के ओली प्रचण्ड वा बाबुरामलाई कार्यकारी राष्ट्रपती बनाउँन दुई तिहाई माग्दैछन ? बाबुराम र प्रचण्डको बुई चढेर ओली कुन दुनियाको यात्रा गर्न निस्कन चाहान्छन ? नितान्त एमाले समाप्त गर्न जन्माइएको माओबादी ध्वसंको प्रयोग इसाईहरु फेरी गर्न तम्सेका हैनन भन्ने के आधार छ ? यी र यस्तै केही अनुतरित सवाल हरुको जवाफ नेपाली राजनीतिले नपाउञ्जेल नेपाली राजनीति सङ्लीने देखीदैन । एमाले माओबादीको कारणले हवात्तै बढाएको धुर्बीकरणले सही निकास नपाए प्रचण्ड मार्फत देउवा माथी हानिएको झापड ओलीलाई माध्याम बनाउँदै नेपाली जनतालाई लाग्न पुग्नेछ । फलस्वरुप नेपाली जनताको भबिश्य झनै दुखदायी र अन्धकारमय हुने निश्चित छ । माथीका तमाम संकालाई झुटो साबित गर्दै अगाडी बढन सफल भए नेपालीको भबिश्य उन्नत र उज्वल हुनेछ भन्न सकिन्छ ।