मेरो चुनाव चिन्ह

हाम्रो घरतिर आज एक जना स्वतन्त्र उमेदवारको चुनाव चिन्ह देखे, चिन्ह थियो "पेंचिस" (pliers) । उमेदवार पनि सुन चाँदीको काम गर्ने रैछ। राम्रो चुनाव चिन्ह छानेको रहेछ, एक जना सदस्य पेंचिस चलाउने नै जाओस न त भनेर सुनार, मेकानिक, सिकर्मी, इलेक्ट्रिसियन जति सबले भोट दिन बेर छैन। अनि मेरो मनमा के आयो भने घरमा काम गर्ने आइमाई जतिको भोट तान्नु छ भने "डाडु पन्यु" चिन्ह राख्दा उपयुक्त हुने रैछ।

यसो सोचे काठमाडौँवासी पुरै को मत लिने हो भने त सबै भन्दा राम्रो चुनाव चिन्ह त "नाकबंदी" (mask) नै हुने रैछ। मेरो हजुरआमा जिउदो छँदा 'भोट त सुर्य भगवानलाई नै दिन पर्छ' भनेर गोलो सुर्यमा स्वस्तिक छापे जस्तै अहिले पनि चुनाव चिन्ह हेर्दै भोट हाल्ने न होला भन्न सकिन्न। अब मसाल, waistcoat ले चै मतदाताको मस्तिस्कमा के असर गर्छ चै थाहा भएन।

५ वर्ष अघि फिनल्याण्डको स्थानीय चुनावमा भोट दिदा त उमेद्वारको नम्बर नै कागजमा लेखे थे, त्यो पनि सजिलै मेट्न मिल्ने पेन्सिल ले। नेपालमा चै अझै कुन्नि कति प्रतिशत अशिक्षित भएकोले होला नम्बर भन्दा पनि अलि गतिलो चुनाव चिन्हले अझै अर्को २०-३० वर्ष मतदातालाई आकर्षित चै गर्नेछ।

#चियागफ