"म वुमन स्किल सेन्टरमा कार्यरत छु । वुमन स्किल सेन्टर निरन्तर समाजका महिलाको उत्थानमा लागिरहेका छन् । शिक्षाको अभाव र अज्ञानताका कारण यहाँका महिलाहरु पछि परेका छन् । यो पितृसत्तात्मक समाजले गर्दा धेरै कम महिलाहरुले आर्थिक अवसरहरू पाएका छन् । तिनीहरु आफ्नै परिवारका सदस्यहरूबाट अपहेलित हुन्छन् । त्यसैले यस संस्थाले समाजका प्रत्येक व्यक्तिलार्इ समानरुपमा बाँच्न जोड दिइरहेका छन् । अनुराधा कोइरालालार्इ म आफ्नो आदर्श मान्दछु । उहाँबाट धेरै सिकेकी छु ।" - चन्चला दास