रुकुमको रुकुमकोट मा रहेको कमल ताल ,यो तालको वारेमा रहेको किंम्वदन्ती यस्तोछ - जोगीको भेषमा भगवान विष्णुले गैरा गाउं मा वास माग्न पुगे, तर गाउंलेले वास दिएनन्। अनि उनि एक वृद्दाको घरमा पुगे । ति वृद्दाले वास दिइन्। ति जोगीले गाउंलेलाइ श्राप दिए। श्राप वाट गाउं डुव्यो। तर ति वृद्दाको घर भने डुवेन।अहिलेपनि यस तालको दक्षिण तर्फको विच भागको किनारामा रहेको मन्दीर छेउको तालभित्र पर्खाल रहेकोछ। तर यसको पुरातात्वीक अन्वेषणहुन वांकीछ।