"मैले १८ वर्षदेखि यहाँ वीरगन्जमा उखुको जुस बेच्दैछु । मेरो घर बारा, कल्याणपुर हो । एक कप उखुको जुसको २५ रुपैयाँ पर्छ । यहाँको गर्मीका कारण दिनमा १००० रुपैयाँसम्म कमाउन सकिन्छ । जाडोमा चाहीं म खेतीमा व्यस्त हुन्छु । आफ्नो काममा समर्पण र विश्वास नै जीवनलार्इ सार्थक बनाउँछ । मेरा साथीहरु कति विदेश गए तर यहाँ पनि मेहनत गरे जीवन सजिलै चलाउन सकिन्छ ।" - बाबु लाल पटेल