"मैले रिक्सा चलाइरहेको लगभग २० वर्ष भइसक्यो । मेरो मूल घर मधुवनी, सर्लाही हो । मेरा परिवार मुम्बईमा बस्छन् । तर म यहाँ वीरगन्जमा एक्लै बस्छु । राती रिक्सा राख्ने ग्यारेजमै सुत्छु । मेरो रिक्सामा चढ्ने सबैलार्इ एकै दरले भाडा लिन्छु । जबसम्म शरीरले सक्छ तब सम्म काम गर्नेछु ।" - निकुन्क विहारी