"म बिहेमा बाजा बजाउने काम गर्छु । हाम्रो छुट्टै ब्याण्ड पनि छ । मैले यो पेशामा लागेको झण्डै १२ वर्ष भइसक्यो । बिहेमा मात्र बाजा बजाउने भएकोले अरु बेला खेती गर्छु । खेतैमा फलाएको तरकारी बजारमा पनि बेच्छु । मलार्इ तुरही बजाउन लगभग १५ वर्ष अगाडि मेरो साथीले सिकाएको थियो । अहिले हाम्रो भेटघाट त हुँदैन, तर उसले तुरही सिकाएकोमा म धेरै आभारी छु ।" - हृदय राम