"मैले यो चिया पसल खोलेको २० वर्ष भइसक्यो। मेरो पसल बिहान ५ बजेदेखि राती ९ बजेसम्म खुल्छ । दिनको कम्तीमा १००० कप जति बिक्छ । म भारतको राजस्थानबाट आएको हुँ । मेरा ३ छोरा ५ नाती छन् । मैले नेपाली नागरिता लिएको छैन तर यहाँका नागरिकले मलाई कहिल्यै पराया ठानेनन् । मेरो चियामा विशेष मसला राखिएको छैन, यो मायाले मीठो भएको हुन्छ । त्यसैले यहाँ ग्राहक कहिल्यै खाली हुँदैन ।" - राम निवास शर्मा