देशको बिकास नेकपा एमालेले मात्र गर्न सक्छ पूर्व अर्थमन्त्री सांसद सुरेन्द्र पाण्डेको भनाई

सन्तोष भण्डारी चितवन माघ २२ नेकपा एमाले कालिका वडा नं. ७ को आज शनिबार कार्यकर्ता प्रशिक्षण तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सांसद सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँले अब नेकपा एमालेले मात्र देशको उन्नती प्रगती तथा बिकास गर्न सक्ने बताउनु भयो । उहाँले अबको ३ बर्ष पछि सबै क्षेत्रमा स्वास्थ्य बिमा गर्ने बिद्यार्थीहरुलाई प्राबिधिक शिक्षा तर्फ आर्कषण गर्ने बृद्धा सम्रेक्षण गर्ने बताउनु भयो । उहाले हिन्दी भाषालाई नेपालको राष्ट्रिय भाषा बनाउनको लागे हँदा यसको नेकपा एमालेले घोर बिरोध गरि रहेको समेत बताउनु भयो । सो कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी ज्ञवाली, नेकपा एमालेका क्षेत्रीय इन्चार्ज गोपी श्रेष्ठ, सचिवालय सदस्य विनोद रेग्मी, नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) का जिल्ला उपाध्यक्ष दिपक अधिकारी, वडा सचिव हरिप्रसाद दंगाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा अध्यक्ष होमबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।