विसं २००७ मा भोजपुरका राम प्रसाद राइ ले नेपाली सेनाको लप्टन पद छोडी मुक्ती बाहीनी नामक जनसेना वनाए र क्रान्तीको विगुल फुके।त्यस सेनाले राणा शासन को चौकी कव्जा गर्दै अगाडी वढ्यो।क्रान्ती विजय तर्फ अग्रसर भएपछि त्रिपक्षिय दिल्ली सम्झौता (१९५० को ) भयो र हतियार विसाउने निर्णय भयो। राम प्रसाद राइ र डा. के अाइ सिंहहरुले त्यस कामलाइ धोखा हो भनि हतियार वुझाउन इन्कार गरि सशस्त्र संघर्ष जारी राखे। र राम प्रसाद राइ गिरफ्तार भए।उनलाइ मुक्ती बाहीनिले जेलवाट मुक्त गरायो र शिंहदरवार कव्जा गर्ने क्रममा असफल भएपछि के अाइ सिंह र उनि उत्तर तर्फ लागे। राम प्रसाद को त्यसपछि कुनै पत्तो छैन तर के आइ सिंह चिन पुगे र एक वर्ष पछि फर्केर अाइ प्रधानमंन्त्री भए।उनै राम प्रसाद ले भोजपुरमा मुक्ती रेडियो शुरु गरे।राम प्रसाद का ९१ वर्षिय सहयोद्दा द्वय इन्द्र प्रसाद श्रेष्ठ र तुल्सि प्रसाद रेग्मीसंग