"हामी भक्का बनाउने गर्छौ । यो चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलार्इ कपडामा बेरेर गोलो आकार बनाउँछौं र तातो पानीको बाफमाथि राखेर केही मिनेट राख्छौं । भक्का पहिलेदेखि हामी राजवंशीले बनाउँदै आएका हौं । मैले पनि मेरो आमाबाट भक्का बनाउन सिकेकी हुँ । यो त्यति स्वादिलो हुँदैन । भातमा पनि त्यति स्वाद हुँदैन तर पनि सबैले खान्छन् । त्यसरी नै यो भक्का पनि सबैले खान्छन् । यो प्रति पीस १० रुपैयाँमा बिक्छ ।" - अग्नि राजवंशी ( दमक, झापा ) फोटो: @pramin.osiris