"झापामा इ-रिक्सा ३ वर्ष अगाडि आएको थियो । मैले चलाउन थालेको २ वर्ष भइसक्यो । म पहिले माछा बेच्ने गर्दथें । तर अहिले यही चलाउँदैछु । इ-रिक्सा चलाउन सजिलो छ । प्रदूषणरहित पनि छ । एकचोटी चार्ज गरेर झण्डै ३० किलोमिटर जति चल्छ। यस रिक्सामा ८ जना अटाउँछ । यसमा दमक वरिपरि यात्रा गरे प्रति व्यक्ति २० रुपियाँ तिनुपर्छ । दमकभन्दा बाहिर १ किलोमिटर वा त्यो भन्दा बढी किलोमिटरको यात्रा गरेबापत भाडा बढी तिर्नुपर्ने हुन्छ । यो इन्धनबाट चल्ने गाडीभन्दा धेरै राम्रो छ ।" - राजन धिमाल ( उल्लाबराइ, झापा ) फोटो: @pramin.osiris