"मैले यो व्यापार चलाइ रहेको २० वर्ष भइसक्यो । मेरो उमेर अहिले ४५ वर्ष भयो । भक्तपुरलार्इ चिनाउने जुजु धौं पनि एक हो । काठमाडौंको दही र भक्तपुरको दहीको स्वाद नै फरक छ । काठमाडौंको दही डेरीको दूधबाट बनाउने गर्छन् । डेरीको दूधमा दूधलार्इ प्रशोधन गरेर सबै घ्यू निकाली सकेको हुन्छ त्यसैले दही स्वादिलो बन्दैन । तर भक्तपुरको दहीमा भने सही मात्रामा दूध राखिन्छ र उचित वातावरणमा राखेर ठिक समयमा बनाइन्छ । जाडोमा त ४ घण्टामै दही जम्दछ र स्वादिष्ट जुजु धौं तयार हुन्छ ।"- विष्णु भक्त सिन्तकला फोटो: @pramin.osiris