"माटोको भाडा बनाउन प्रयोग हुने कालो माटो नरम पार्न २ घण्टा भन्दा पनि बढी लाग्छ । मेसिनबाट पेलिसकेपछि फेरि हातबाट नरम पारेर मात्र भाडो बनाउन सुरु गर्छु । म ९ वर्षको हुँदा यो काम सुरु गरेको थिए । अहिले म ६७ वर्षको भए । यसमा धेरै फाइदा त छैन तर यो परपम्परागत पेशा लोप हुनबाट बचाउन यस पेशालार्इ निरन्तरता दिन मन छ ।" - गणेश कुमार प्रजापति
फोटो: @pramin.osiris