"म नेपालगञ्जमा बस्छु । म ८ वर्षदेखि नेपालगञ्ज र अत्तरीयाको बस पार्कमा चश्मा, घडी, पर्स बेच्दैछु । दिनमा ५०० देखि १००० सम्मको व्यापार हुन्छ । पहिले त यो भन्दा धेरै आम्दानी हुन्थ्यो, अहिले खासै मान्छेहरुले लिदैनन् । धनगढीबाट सामान बेच्न सुरु गरेको थिए । ५- ६ वर्ष उता व्यापार गरें, यता अत्तरीया आएको ३ वर्ष भयो । व्यापार भए नि न भएनी यही काममा रमाउँछु । नयाँ साथी बनाउँछु र दुई छाक जुटाउँछु ।" - बब्लु
फोटो: @pramin.osiris