"३१- ३२ वर्षको हुँदा मैले मेरो श्रीमानलार्इ गुमाए । त्यसपछि घरमा धेरै अपहेलना सहनु परेकोले मैले आफ्नो बच्चाहरु च्यापेर घर छोडें । खाने, लाउने ठेकान नभएकाले बच्चाहरुलाई अनाथालयमा राखेको थिए । तर कुन अनाथालयमा छोडें, पछि याद नै गर्न सकिनँ । छुटेको १७ वर्ष भइसक्यो, अहिलेसम्म तिनीहरुको अवस्था के छ थाहा छैन । धेरै समय घर-घरमा लुगा धुने, सफा गर्ने काम गरें । अहिले ८ वर्षदेखि भगवानपाउमा फुल बच्दैछु ।" - गीता वाइबा
फोटो: @pramin.osiris