"मेरो जन्म खोटाङमा भएको थियो र म कक्षा १ मा प्रशान्ती स्कूलमा पढ्दै छु । म सानो हुँदा शरीरको तल्लो भाग आगोले जल्यो । अहिले मेरो दुइटै खुट्टा छैन । तर नाच्न र गाउन मलाई खुबै मन पर्छ । ३ वर्षको हुँदा मलाई मेरो परिवारले मलाई अनाथालयमा हालिदिनु भयो । अहिले म ८ वर्षकी भइसकें । कहिलेकाहीं आमालाई फोन गर्दा जहिले रुनु हुन्छ, किन हो कुन्नि ?"- भूमिका अधिकारी
फोटो: @pramin.osiris