"म भगवानपाउँमा ५२ वर्षदेखि व्यापार गर्दैछु । यहाँ पसल थाप्ने म नै पहिलो व्यापारी हुँ । म यही सियो र धागोको प्रयोग गरेर कपडामा बुट्टा भर्छु । मेरो घर जनकपुरमा हो र काठमाडौंमा म १५ वर्ष हुँदा आएको थिए । अहिले आफन्तबाट सिकेको मिथिला कलाले दिनचर्या चलिरहेको छ । पुरै जीवन यसैमा काम गर्न चाहन्छु र सिक्न आएकालार्इ पनि सिकाउनेछु । यस्तै नमूनाको बुट्टा भर्न लगभग २-३ दिन लाग्छ ।" - चण्डेश्वर पाण्डे
फोटो: @pramin.osiris