डाक्टर केसीको नबौं तपश्या र गगनको उडान !
समाजमा स्थापित हुने दुई काइदा छन । एक सिर्जना र अर्को बिरोध । यो लेखमा सिर्जनाबाट को को स्थापित भए खोजी नगर्ने र बिरोधलाई प्रयोगगर्दै सेलेब्रेटी भएका दुई अनुहारको बारेमा नेपाली समाजले जान्नैपर्ने केहीकुरा राख्ने अनुमती माग्दछु । ५ अप्रिल २०११ मा भोकहडताल मार्फत जनलोकपाल विललाई लिएर अनशनबाट सेलीब्रेटी बन्न सफल भारतिय अन्ना हजारेबाट प्रभाबित नेपाली डाक्टर गोबिन्द केसि र उनको अभियानलाई रणनितिक रुपले समर्थन गर्ने बर्तमान स्वास्थमन्त्री गगन थापाको बारेमा लेख लेख्नैपर्ने केहि बाध्यता खडा भएकाछन । मिडिया र मिसन पत्रकारिताको भरपुर प्रयोग गर्दै डाक्टर केसिका अभियन्ताको घुर्काइ, धम्काई र थर्काइबाट अनुचित तबरले टिचिङ हस्पिटललाई नबौं पटक तपश्या स्थल बनाउने घोषणागर्ने केसीको तागत बिगतका नेपाल सरकारको अनुचित कुराको अगाडी झुक्ने हुतिहारापन र अनुचित मागलाई दबाबको भरमा स्विकारगर्दै वरदानदिने गलत निर्णयको सजाय स्वयं सरकार र नेपाली मेडिकल शिक्षाले भोग्दैछ र अझ केहिसमय भोगीरहने छ ।
जती जती डाक्टर केसीको तपश्याले नयाँचरण पार गर्दैगए त्यतीनै नयाँ- नयाँ माग थप्दैपनि गए । आठौं च्ररणको तपश्यामा उनको चर्चितमाग लोकमान लक्षित थियो । एकपटक उनका प्रमुख मागलाई स्मरणमा लिनेहोभने सबैप्रदेशमा एक -एक सरकारी मेडिकल कलेज , दशबर्ष सम्म काठ्माण्डौंमा कुनै मेडिकल कलेज खोल्न नदिने साथै प्रस्थाबित मनमोहन कलेजको बिधेयक फिर्ता लिनुपर्ने र लोकमानलाई महाअभियोग लगाउनुपर्ने थियो । सतही रुपले हेर्दा केसीको माग लोकमान बाहेक हेर्ने होभने उनि नेपाली मेडिकल शिक्षाका महान सुधारक जस्ता भएर प्रस्तुत भएकाछन । मेडिकल शिक्षाको नाममा निजीमेडिकल कलेज सन्चालकबाट भएको ब्रम्ह्लुटलाई उनि सुधारको नाममा दशबर्षसम्म लुट्नदिने अभियानका शारथी जस्ता देखिन्छन ।गुणस्तरयुक्त र सुबिधासमम्पन नयाँ कलेजलाई काठ्माण्डौ आउन रोक्ने उनको भित्री मनशायले सुईलाउन नजान्ने , भेडीगोठमा खडेबाबा डाक्टर खडागरी उत्पादन गरिएका तिनै डाक्टरबाट दशबर्ष सर्बसाधारण जनतालाई उपचार गराउन बाध्यपार्ने रणनितिक चालमा उनी कसरी प्रयोग हुँदैछन ? आजसम्म भएको सारा बेथितीको सजाय पाइपलाईनमा रहेका मेडिकल कलेजले भोग्नुपर्ने कस्तो न्यायिक परम्पराको जन्म दिंदैछन ? संधै थिती र नीतिको बखानगर्न नथाक्ने उनी आफूमात्र सही अरुसबै माफिया देख्ने दोषी चस्माले उनलाई पुराना नीति किन देखाउंदैन ? आफैले दोष लगाउने र आफै सजायदिने कुन लोकतान्त्रीक बिधीको बिकाश गर्दैछन ? कुनै सस्थाको सम्पती सो सस्थाको अनुपस्थीतीमा आफ्ना दूतलाई किनबेचको अधिकार कसरी दिन सक्छन ? उनको सबै हर्कत लोकमानको भन्दा कुन कुरामा कम छ ? यी सबै कामले अनन्त कस्लाई फाइदा पुगेको छ ? सबैले बुझ्नै पर्ने आजको मुद्धा हो ।
देशको भूगोलको राम्रोसंग अध्ययन गर्नेहो भने यूरोपबाट हवाईमार्ग हुँदै छिटो आईपुग्ने काठमाण्डौं नेपालकै भू-भागबाट यात्रागर्दा ढिलो आईपुग्ने तितो यथार्थ हाम्रोसामु छ । अझ एउटै जिल्लाको सदरमुकाम आईपुग्न ५ /६ दिन लाग्ने दुर्गम जिल्लामा मेडिकल कलेज खोल्नुपर्छ भन्दै मानबिय भाबनासंग खेलबाड गर्दै सस्तो लोकप्रियताको लागी उपत्यकामा धेरैभयो अब बाहिर खोल्नुपर्छ भन्ने आशयभित्र लुकेको मेडिकल शिक्षालाई धरासायी बनाउनेहरुको रणनीतिमा डाक्टर केसी फस्नु झनठुलो दुर्भाग्य नै हो ।तात्कालीन समयमा सुबिधा सम्पन्न , गुणस्तरिय कलेज काठमाण्डौंमा नखोल भन्नु , हुम्ला , जुम्ला, बझाङ , दाङ , उदयपुर वा धनकुटामा मेडिकल कलेज खोल भन्नु आफैमा नराम्रो भन्न मिल्दैन तर ती जिल्लाको जनसख्या , बाटोघाटोको अवस्था र अन्य पूर्वआधारलाई आँखा चिम्लनु, केवल शब्द र भावनामा मिठास बेच्ने केसीको भित्री मनसायलाई के भन्ने ? आफै कार्यरत टिचिङको ट्वाईलेट र उडुसको ब्यबस्थापन गर्न र गराउँन नसक्ने केसिले गरीब नेपाली जनताको स्वास्थ्य र शिक्षाको चिन्ता गर्दै नबौं तपश्याको तयारीगर्नु नेपाली मेडिकल शिक्षाको नियोजन गर्ने रणनितिक खेलको एकहस्ती होईनन भन्ने आधार के ? बिस्तारै सबैले थाहा पाउनेछन ।
डाक्टर केसिले बुझ्नैपर्ने एउटा उदाहरण हामीभन्दा सानो मुलुक क्यूवाले समाज बादी शिक्षानीति अनुसार १७० जना जनता बराबर एकडाक्टर पुर्याउँदै बिश्वको ७७ मुलुकमा आफ्ना गुण्स्तरिय मेडिकल उत्पाद्न ५० हजारभन्दा बढी निर्यातगर्दै देशको आर्थिक प्रगती गरिरहेको छ । हामीभन्दा अलिक ठुलो मुलुक बाङ्ग्लादेशले १५ बटा सरकारी र ४८वटा निजी मेडिकलले स्वदेशी र बिदेशी बिद्द्यार्थीलाई गुणस्तरिय शिक्षा बेच्दै देशसेवा गर्दैछ । राजनैतिक रुपमा पुँजीबादी शिक्षा र स्वास्थ्यमा समाजबादी मुलुक इटालीले उनीहरुकै भाषामा बार्षिक १० हजार डाक्टर उत्पादन गरीरहदा बिश्वमा सबैभन्दा बढी इटालियन जनताले डाक्टरको सेवा पाएकाछन । भाषाको समस्या बढ्दैजाँदा केहि डाक्टर बेरोजगार बन्नुपर्दा "डक्" बन्दै ट्याक्सी चलाउँदा अँग्रेजी भाषामा डाक्टर पढाउँने सुधारले बेरोजगारी समस्या समाप्तगर्दै देशले आर्थिक प्रगतीगर्ने उनिहरुको बिश्वास छ । किनकी ती देशमा डाक्टर केसी जन्मदैनन । सुधारको नाममा सिण्डिकेटको वकालत ती देशमा चल्दैन । समाजबादी, र पुँजीबादी मुलुकले सुधारको नाममा कसैलाई प्रतिबन्ध लगाउँदैन बरु गुणस्तर र प्रतिष्पर्धालाई कडाईकोसाथ लागु गराउँछ । हाम्रो देश नेपालमा पानी बेच्ने देखी सुन बेच्नेले सरकार झुकाएको देख्ने मानिसले केसीलाई माहान बनाउँनु के नै अनौठो मान्नु र ?
राजनैतिक अस्थिरताको कारणले बेथीती र बिसंगतीको चाङ लाग्दैजाँदा हरक्षेत्रमा पिडित जनता सामान्य बिषय बस्तुमा आकर्षित हुने बस्तुगत धरातलमा उठान गरिने जनप्रिय र कर्णप्रिय मुद्धालाई गगन थापाले समर्थनगर्नु कुन अनौठो कुरा भयो र ? जब कि उनको उदयनै बिरोधको जगमा भएको सबैले बुझेकैछन । जनताको पक्षमा सहमती र सरकारी काममा असहमतीको खेतीगर्दै मौलाएको बालीले प्राप्त लोकप्रियता केवल इस्टण्टबाजी मै सिमित हुन्छकी टालटुले र जालझेल निर्माणगर्दै नबौं संझौताको तयारी गर्छन ? सत्ताबाहिर खेलीने शाब्दिक खेतीको फाईदा यो पटक उनले प्राप्तगर्ने कुनै ठाँउ नपाउँदा डाक्टर केसीका समर्थक आइओएमका डाक्टरलाई देशका ३५ जिल्ला जहाँ बिना डाक्टर रोगपाल्दै दैनीकी गुजारी रहेकाछन, उनीहरुको सेवामा पठाउँन कडाइका साथ लागुगर्न सक्छन ? सबै जनतालाई स्वास्थ्यको पहुँचमा पुर्याउँने के त्यस्तो अचुक अस्त्रको जोगाडगर्न सक्छन सबैका आँखा त्यता मोडिदैछ ।
अन्तमा, सबैलाई थाहा छ न त डाक्टर केसी समाजबादी हुन ,न मन्त्री गगन नै । केसीले आफ्नो ८ पटके तपश्यामा कहिल्यै स्वास्थ्य र शिक्षालाई राष्ट्रीयकरण गर्नुपर्छ भनेनन । पटकपटक सिण्डिकेटको नारालाई फलाके । न त तीनै गगनले आजसम्म शिक्षा र स्वास्थ्य राज्यको मातहत राख्नुपर्छ भनेर वकालत गरेका छन । कहीकतै आफ्नो लोकप्रियताको लागी भन्नु अलग कुराहुन । यदी उनी समाजबादी हुनभने उनको अगाडी डाक्टर केसी भन्दा एककदम अगाडी बढ्दै रास्ट्रीयकणको प्रस्ताब क्याबिनेटमा लान के ले रोकेकोछ । होइनभने, संबिधानको तीन खम्बे अर्थनीति अनुसार निजी , सरकारी र सहकारीको माध्यमबाट स्वास्थ्य र शिक्षालाई पुर्णरुपमा खुलागर्दै देशको जुनसुकै भागमा बिना रोकतोक गुणस्तरिय सेवा लिन र दिनको निम्ती आबश्यकपर्ने पूर्वआधार ,लक्ष्य र नीति तत्काल निर्माणगर्दै नेपाललाई गुणस्तरिय मेडिकल शिक्षाको हब बनाउन ढिलो भइसकेकोछ । यी काम गर्नको लागी केसीलाई मनाउँने र ब्यक्तीबादी सोचमा बिना गन्तब्य उड्ने बानीमा सुधार गरेमा गगनको उडान सफल अबतरण हुनेछ अन्यथा केसीसंगै उनीपनि गगनमै हराउनेछन । आगे उनकै मर्जी!!!