नेपालमा मृगौला तस्करी

भर्खरै Al Jazeera TV मा नेपालको मृगौला बेचबिखन सम्बन्धि ब्रित्तचित्र हेरे । सारै दुःख लाग्यो। काभ्रेको एउटा गाउँको लगभग हरेक घरको एक सदस्यले म्रिगौला बेचेको रैछ। तस्करहरूले महीनाको १०,००० रूपैया दिन्छु भन्दै भारतको कल्कत्ता लगेर शल्यकृया गराउदा रहेछन । म्रिगौला बेच्ने कसैले, थाहा भएर बेचे, कसैले थाहा न भएर बेचे। बेच्नेको ज़िन्दगी त नर्क नै हुंदो रैछ। कुनै काम गरे चाँडो थाक्ने, धेरै बिरामी पर्ने। अनि मृगौला लिने मान्छे पनि धेरै वर्ष भने न बाच्ने। aljazeera ले जस्तै नेपाली पत्रपत्रिका र टेलिविज़नबाट पानी यस्तो रिपोर्ट प्रशारण गरे धेरै नेपालीहरू सम्म पुग्न सक्थ्यो। अहिले यहाँ नयाँ न्युजमा यो खबर बांडेर गाऊँ गाऊँ सम्म न पुग्ला तर गाऊँमा पुराउन सक्ने मानिसहरू सम्म पुग्ला की भन्ने आस गर्दछु। यो लिंकमा भएको भीडीयो एक चोटी हेर्नुहोला। http://www.aljazeera.com/programmes/101e…