मैले स्वास्नी किन कुटिन्!

म अध्ययन प्रिय मानिस होईन । मेरो मान्यता यो रहेको छ कि अध्ययनले मानिसको स्वतन्त्रता खुम्चिन्छ । रुटिन बाहिर गएर कहिलेकाँही अपबादमा अध्ययनगर्ने बानीले मलाई केहि प्राप्त नहुँदापनि केहि गुमाउँनु परेकोछैन । अक्सर कसैको उपहारमा प्राप्तहुने किताबले मलाई केहि गुनभने लाएकै छ ।आज अचानक त्यस्तै संयोग मिल्दा टेबलमा पल्टिएको किताब "संघर्षका पाईला"मा असारेकाका ईश्वरी प्रसाद दाहालले नभनी दिनुपर्ने कुरा भनिदिंदा चितवनको भिमसेननगर बस्ने पुष्पकमल दाहालले सोही स्थान बस्ने आफ्नै श्रीमती सीता दाहाललाई केवल ८ हजार रुपैयाको निम्ती छाताको डाँठले कुटेका पंङ्तीमा नजर पर्दा यो लेखलेख्न बाध्य भएं ।

मुलरुपमा जनजाती र दलितको सहयोगमा क्षेत्री र बाहुनले बृहतनेपाल निर्माण गरेभन्दा हालका अंगिकृत तराईबाशीलाई मनपर्ने कुरै भएन । तराईमा बसोबास गर्ने आदिबाशीलाई तात्कालिन समयमा राजनीतिक नेतृत्वले मानिस नै नमान्ने वस्तुगत स्थितिलाई अतिरन्जित गर्ने ध्यय पनि यो लेखको होईन । जब देश निर्माण नै कुट्पिटबाट गरिएको तितो इतिहास कृतिपुर आइपुग्दा नेपालीले सदाको लागी नबिर्सने गरी स्विकार गरेकै हुन ।

कुटपिटमा षडयन्त्र समेत मिसाउँदै कुँवरहरुले थापा , पाँडे र बस्नेतलाई तह लगाउँदा शाहहरु १०४ बर्ष राणाहरुको निगाहमा दरबारिया जेलबस्न बाध्य भएको इतिहास पढ्ने मानिसहरुले स्वंम ३० बर्ष पन्चायतको कुटपिटमा पर्दैगर्दा नेपाली जनतामा जागेको प्रजातन्त्रको प्रेमले सबै कुटपिटको मुक्ती चाहाँदै सडकबाट प्रजातन्त्र स्थापित गरेकै हुन । अब त कुटपिटबाट सदाको निम्ती मुक्त भइयो भन्ने नेपाली सोचमा ग्रहण लाग्दा ०४८ देखी ०५१ सम्म प्रजातन्त्रको आबरणमा गिरिजाको नेतृत्वमा पन्चायती भूतलाई कुटपिट मार्फत फेरी जगाईयो ।

ठुलाले सानालाई ,धनीले गरीबलाई ,मालिकले मजदुरलाई, सरकारले जनतालाई , लोग्नेले स्वास्नीलाई (नेपाली समाजले प्रयोगगर्ने बिभत्सशब्द स्वास्नीमान्छे) कुटपिट गरेको बच्यैदेखी देखेका पुष्पकमलले ०५१ सालमा स्वास्नी कुटे । मानिसले किन कुटपिटको सहारा लिन्छ ? जवाफ खोज्दा अनेक सवाल जन्मीने खतरालाई बिटमार्दै पुष्पकमलको स्वास्नी कुटाईमा मात्र ध्यान केन्द्रीतगर्दा नितान्त आफ्नो कमजोरीलाई लुकाउन र छिपाउन मानिसहरु आफ्ना स्वास्नी कुट्छन भन्ने निचोडमा पुगेको छु । आफूसंगैको वामपन्थी साथीहरु राजनीतिको मुलधारमा प्रबेश गरेको आफ्नै आँखाअगाडी घुम्न थालेपछी क्रान्तीको भूतले सताईएका पुष्पकमल मनले क्रान्तीगर्ने निर्णय गर्न पुग्दा पार्टीनिर्णय अनुसार आफ्नो हिस्सामा परेको ८ हजार बुझाउँन नसक्ने उनको हैसियतमा सीता दाहाल जग्गा बेच्न नमान्ने सतिसाले निर्णयले स्वास्नी कुटन बाध्य भएको असारे काकाको भोगाई र लेखाईले तात्कालीन अवस्थाको उनको सास्कृतीक ,बैचारिक र आर्थीक अवस्था झल्किन्छ ।

सुरुवात नै निम्न वैचारिक चिन्तनबाट भएको तात्कालिन माओबादी कुटपिट पुष्पकमल र सीतामामात्र सिमित हुने कुरै थिएन । आत्माआलोचना र माफीबाट सुरु गरिएको कुटपिटे युद्धले पुष्पकमल र सीताको मनमा लुकेको द्रब्यमोह ( धन ,जग्गा र सुन्) भिमसेननगर देखी लाजिम्पाट दरबारको यात्राले हिन्दी फिल्मको कहाँनी जस्तै बनाउँछ । धन जोडनकै निम्ती कुटपिटको सहारामा फिल्मी शैलीकै चन्दाआँतक भोग्ने मानिसहरु पुष्पकमल नामको फिल्मबाट वाक्क दिक्क भएकै हुन । देशका तमाम ब्यबसाय टाटपल्ट्ने केवल पुष्पकमल ब्यबसायले रेकर्ड तोड्ने पुष्पकमल बिरासतले लाजिम्पाट दरवारमा बसेर सुमार्गी नामको अबैध कालोधनको खोजतलास गर्नु ०५१ सालदेखीकै सुनियोजीत द्रब्यमोहको लक्ष्य थियो भन्नेकुरा अब कसैको संकाको बिष्य बस्तुनै रहेन ।

अन्तमा, सोझा र निर्दोश जनतालाई रुमानी सपना देखाउँदै ८ हजारको लागी श्रीमती सीतालाई पिट्दै सुरुगरिएको पुष्पकमल ध्वस्ंले देशको आर्थिक क्षति मार्फत आफ्नो ढुकुटीभर्न सफल पुष्पकमलको लक्ष्य सबैले बुझ्दैगर्दा सोही ध्वस्ंको कारणले आज खाडी मुलुकमा पसिना बेच्न बाध्य यूवाहरु भन्दैछन । यदी ०५१ सालमै स्वास्नी कुट्न सकेको भए म पनि आज कुनै न कुनै दरबारको मालिक हुने थिएं । प्रधानमन्त्री नै नभएपनी मन्त्री त पक्कै हुंने थिए । आज पुष्पकमल सीताको आर्थिक छलाङ हेर्दा आफैले आफैलाई बार- बार प्रश्न गर्छ ,,, मैले स्वास्नी किन कुटिन ?