खेलकुदको अवस्था र सरोकारवालाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न,

खेलकुदको अवस्था र सरोकारवालाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न, अतिक्रमणको चपेटामा रहेको नारायणी रंगशालाको जग्गा संरक्षण गर्न वक्ताहरुको आग्रह वीरगंज,असार ११ राकेश कुमार साह पर्सा जिल्लामा खेलकुदको अवस्था र सरोकारवालाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समिती पर्साका अध्यक्ष सुदिप पौडेलको बिशेष पहलमा संघको सभाहलमा सो अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियाको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथी पुर्व खेलकुद मन्त्री एवं बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलले पर्सा जिल्लाको खेलकुदको अवस्था एकदम दनिय रहेको बताए । राजनितीक खिचातानी र कर्मचारीहरुको अनावश्यक राजनितीक हस्तक्षेपले खेलकुद बिकासमा समस्या उत्पन्न भएको बताए । भौतिक पुर्वाधारको हिसावले राजधानि पछि पर्सा जिल्ला सवैभन्दा बढी समृद्ध भएता पनि यसको उचित संरक्षण नगर्दा भौतिक संरचनाहरु जिर्ण बन्दै गएको र खेलकुद गतिबिधी पनि हुन छोडेको बताए । कार्यक्रममा विशिष्ट अतिथी पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले पर्सा जिल्लाको खेलकुद बिकास र यसका भौतिक संरचनाहरु संरक्षण गर्नको लागि सहयोग समिती निर्माण गरी अगाडी बढनुपर्नेमा जोड दिएका थिए । यसका लागि पुर्व खेलाडी ,उद्योगि व्यापारी,जिल्ला बिकास,नगरपालिका ,राजनितीक दल सम्मिलत टोली गठन गर्नुपर्ने सुझाव दिएका थिए । यादवले अतिक्रमणको चपेटामा परेको नारायणी रंगशालाको जग्गा जोगाउन तुरुन्त कदम चाल्न सुझाव दिएका थिए । वीरगंजको गौरवको रुपमा रहेको नारायणी रंगशाला, आर्दशनग रगंशाला लगायतको सम्पति समयमै संरक्षण र सम्र्बद्धन नगरे खेलकुदमा वीरगंजको भबिष्य अन्धकार हुने खतरा रहेको बताउदै यसका लागि छिटै सरोकारवालाहरु सम्मिलत वृहत छलफल गर्न सुझाव दिएका थिए । अन्र्तक्रिया कार्यक्रममा अतिथीहरु पुर्व सभासद ओमप्रकास शर्मा, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल केडिया, सहसचिव अरविन्द अमात्य , एमालेका युवा नेता एवं प्रचार प्रसार विभागका केन्द्रिय सदस्य अरबिन्द सिंह ,जिल्ला खेलकुद बिकास समिती पर्साका अध्यक्ष सुदिप पौडेलले आ आफनो धारणा राखेका थिए । कार्यक्रममा नेपाल चेस संघका केन्द्रिय सदस्य रामकिसोर सिंह पराग,कान्तिपुर टेलिभिजनका पंकज श्रेष्ठ, एनपीडेलीका राकेश साह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगंज उद्योग वाणिज्य संघका प्रतिनीधी मनोज उपाध्यायले गरेका थिए ।