८ मार्च अन्तराष्ट्रि महिला दिवस २०२६ भव्यताका साथ मनाऔं

अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्र संघले “अधिकार,  न्याय,  कार्य; सबै महिला र छोरीहरूका लागि" को नारा तय गरेकोछ । त्यसको आधारमा महिला विकास समाजले आफ्नो अक्षर कार्यक्रम मार्फत सन् २०२६ को लागि “शिक्षाको अधिकार कागजमा होइन, व्यवहारमा लागु गर — हरेक छोरीलाई शिक्षा देऊ, उनको न्याय सुनिश्चित गर।” नारा अन्तर्गत विभिन्न कार्यक्रमहरू तय गरेकोछ । नेपालमा सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षा घोषणा गरिएता पनि वास्तविक रूपमा निःशुल्क हुन सकेको छैन । सरकारले शिक्षामा गरेको न्यून लगानीको कारण कतिपय गरीब बालबालिकाहरू शिक्षाबाट विमुख हुनु परेकोछ । उनीहरू गरिबी र सामाजिक विभेदको कारण स्कुलमा भरना हुन नसक्ने, बिचमा छोड्नु पर्ने र उच्च शिक्षाको ढोका बन्द हुने स्थिति बनिरहेको छ । महिला विकास समाजले नेपाली छोरीहरूले शिक्षाको लागि भोगिरहेको चुनौतीहरूलाई उजागर गर्न र सरकारको नीति निर्माण तहमा ध्यानाकर्षण गर्नेछ । महिला विकास समाजले गरिने विभिन्न गतिविधिहरूले महिलाहरू, अपाङ्गता भएका महिलाहरू र व्दन्दपीडित महिलाहरू र बालिकाहरूको पक्षमा नीति निर्माण गरी उनीहरूलाई न्याय दिलाउन बल पुर्‍याउने अपेक्षा गरिएको छ ।