२०८० फागुन १४ गत एनसिबिएलको टीमले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईसंग भेट गर्यो । टीमले उक्त अवसरमा नेपाल माईनमुक्त घोषणा भईसके पछि १०४ जना घाईते तथा २१ जनाको मृत्यु भएको, त्यो क्रम नरोकिएको, दुईदिन अगाडी सम्म पनि सडक निर्माण गर्ने क्रममा बिष्फोटनमा परी ४ जना घाईते भएको स्थिति प्रति ध्यानाकर्षण गर्यो । जोखिमलाई न्यूनिकरण गर्नको निम्ति सरकारले जोखिम शिक्षा, सन्धिहरु र त्यसका प्रावधानहरु लगायतका बिषयहरु बिद्यालय र बिश्वविद्यालयका पाठ्क्रमहरुमा अनिवार्य समाबेश हुनु पर्ने माग गर्यो । साथै बारुदी सुरुंग र बिष्फोटक पदार्थबाट प्रभावित बालबालिकाहरुको निम्ति १८ बर्ष उमेर सम्म मात्र नभई उच्चशिक्षा सम्म पनि छात्रबृत्ति उपलव्ध हुनु पर्ने कुरामा बिशेष जोड दिँदै पीडितहरुको तर्फबाट तयार भएको १७ बुँदे अपिललाई सरकारले लागू गर्नु पर्ने कुरामा समेत माग गर्यो ।

The NCBL team met with the Minister of Education, Science and Technology Honorable Ashok Kumar Rai on 26 February 2024. On that occasion, the team drew attention to the situation where 104 people were injured and 21 people were killed after Nepal was declared mine-free, and this process did not stop. Even two days ago, 4 people were injured in an explosion during road construction. In order to minimize the risk, the NCBL demanded that subjects such as risk education, treaties and their provisions should be included in school and university courses. In addition, the NCBL also demanded that the 17-point appeal prepared on behalf of the victims/suvivors should be implemented, with special emphasis on the fact that scholarships should be available for children affected by landmines and explosives not only up to the age of 18, but also up to higher education.