महिला विकास समाजले लामो समय देखि निरन्तर रुपमा जनताको सेवामा काम गर्दै आउन सक्नुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय दाताहरुको अविस्मरणीय ईतिहास रहेकोछ । यसको साथै केही दशकदेखि नै स्वयंसेवकको रुपमा कार्यरत दर्जनौं सहयोगीहरुको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेकोछ । सुदर्शना मानन्धर यसका ज्वलन्त उदाहरण हुन्, जसले संस्थाको निम्ति तीन दशक भन्दा बढी स्वयंसेवकको रुपमा संस्थालाई योगदान गर्नु भयो । यो संस्थाले वहाँहरुको सम्मानको लागि यही अक्टोवर १३ मा एक कार्यक्रमको आयोजना गरेको थियो । त्यसको केही झलकहरु समावेश गरेकाछौं ।