नेपालमा हरेक दिन को प्रधानमन्त्री हुने र त्यसअन्तर्गत को को मन्त्री हुने भन्ने बहस, छलछाम, छिनाझपटी भैरहेको त सुन्न पाएकीछु । जनताले हरेक दिन भोगिरहेका जटिल समस्याहरूलाई समाधानको लागि के गर्ने भन्ने विषयमा सरकार, सदन र राजनीतिक पार्टीहरूमा कुनै दिन बहस छलफल भएको भए राम्रो हुने थियो । यही कुराको अभावले गर्दा करिब ११ वर्षमा ५७,९२० जनाले आत्महत्या गरेको भयंकर तस्बिर हाम्रो सामुछ । यो समस्या न्यूनीकरणको लागि सबै पक्ष जिम्मेवार बनौँ ।